Wednesday 8 Bhadra, 2073 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

पूर्व राजपरिवारले प्रशासन रोहोवरमा राहत वितरण गर्ने

  • शुक्रबार ११ श्रावण, २०७०
  • दिलबहादुर छत्याल
  • Be the first to comment!
(0 votes)
धनगढी - पूर्व राजा ज्ञानेन्द्र शाह तथा हिमानी कोषले बाढीपीडितलाई जिल्ला प्रशासनको रोहबरमा राहात वितरण गर्ने भएका छन्। प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकले राहत आफैँ वितरण नगर्न निर्देशन दिएपछि उनीहरुले जिल्ला प्रशासनको रोहोवरमा राहात वितरण गर्ने भएका हुन्। राहात वितरणका लागि पूर्व राजा धनगढीबाट टीकापुर गइसकेका छन् भने जिल्ला प्रशासनबाट प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरे गएका छन्।
nepali-patro-june
'पूर्वराजालाई आफैँ राहात वितरण नगर्नुहोस, हामीलाई राहत सामाग्री दिनुहोस। भर्पाइ बनाइदिन्छौं भनेका छौं,' प्रमुख जिल्ला अधिकारी लेखकले भने, ' राहत वितरण गर्ने बेला उनीहरुको कुनै एक जना उपस्थित हुन दिने भनिएको छ।'
पूर्वराजाका सचिवसँग कुरा भएको र उनीले आफैँ राहत वितरण नगर्ने, जिल्ला प्रशासनका प्रतिनिधी मार्फत राहत वितरण गर्नेमा सहमति जनाएको प्रजिअ लेखकले बताए।
प्रमुख जिल्ला अधिकारी लेखकका अनुसार जिल्ला प्रशासनका घिमिरेले राहत वितरण गर्ने छन् भने पूर्व राजपरिवारका एक जना सहभागी हुने छन्।
पूर्वराजाका सचिव फणेन्द्र पाठकले जिल्ला प्रशासनसँग समन्वय गरेर बाढीपीडितलाई राहत वितरण गरिने बताए।
'राहात वितरणका लागी पूर्व राजा टीकापुर सवारी भएको छ। जिल्ला प्रशासनसँग समन्वय गरेर राहत वितरण गरिन्छ,' उनले भने।
यसअघि बुधवार दार्चुलामा पूर्वराजाको सहभागितामा हिमानी शाहले आफैँ राहत वितरण गरेकी थिइन्।
निर्वाचन आचारसंहिता लागु भइसकेकाले जिल्ला प्रशासन मार्फत मात्र राहात वितरण गर्न निर्देशन आएपछि आज जिल्ला प्रशासनको रहोवरमा राहत वितरण गर्न थालिएको हो।
यस अघि पत्रकार सम्मेलन गरि हिमानी कोषका पदाधिकारीले आचारसंहिता विपरित नहुने भन्दै आफैँ राहत वितरण गर्ने जनाएका थिए।

प्रतिक्रिया

उपराष्ट्रपतिका छोरा सवारी जाममा परेपछि यसरी पोखे आक्रोस

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो चीन भ्रमणबाट फर्कंदै थिए। उनीको सवारी हुने भएपछि सदा झैं सुरक्षाकर्मीले बाटो खाली बनाएका थिए। त्यहि बाटोहुँदै उनका छोरा दिपेश पुन माइक्रोमा कतै जाँदै थिए।

संविधानपछि एमाले आर्थिक विकासमा केन्द्रितः नेता नेपाल

तनहुँ– एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)ले देशमा आर्थिक विकासमा केन्द्रित भएर काम गर्ने बताएका छन्।

तीन अाेटै निर्वाचन यही सरकारले गराउँ छः मन्त्री राई

भक्तपुर– सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले अहिलेको केपी ओली सरकारको विकल्प नभएको बताएका छन्। यही सरकारले नै समस्याहरु हल गर्दै तीन अाेटै निर्वाचन गराउने तयारी थालेको उनले...

आयोगको प्रतिवेदन नआउँदै चुनाव गराउन मिल्दैनः सभापति देउवा

नेपालगन्ज– नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निकायको निवाचनका विषयमा सरकारले 'विरोधाभासपूर्ण' कुरा गरिरहेको बताएका छन्।  

सरकारमै बसेर संविधान उल्लंघन

काठमाडौं- नयाँ संविधान कार्यान्वयन गर्ने शपथ खाएर सरकारमा गएका दलका नेता तथा मन्त्री नै संविधानको मर्मविपरीत अभिव्यक्ति र क्रियाकलापमा संलग्न देखिएका छन्। उनीहरू सात दशकको चरम संघर्षपछि संविधानसभाबाट जारी संविधानका...

न्यायाधीशका नाममा असुली

काठमाडौं- 'ढकाल श्रीमान् (न्यायाधीश) सँग कुरा भएको छ, नहटाउनुस् (पेसी) भन्नुहुन्छ,' अधिवक्ता सञ्जयराज अधिकारी आफ्ना सेवाग्राहीस"ग मोबाइलमा भन्छन्। 'हुन्छ भन्नुभा छ? हुन्न भने बरु कसैलाई बिरामी भनेर (पेसी) हटाउनुपर्ला,' सेवाग्राही...

उजुरी दिने समय थप

उजुरी दिने समय थप

काठमाडौं- द्वन्द्वकालमा घटना अनुसन्धान गरी दोषीलाई कारबाही सिफारिस गर्ने अधिकार पाएका सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरी दिने समयसीमा एक महिना थप गरेका छन्।

२०७४ माघ ७ भित्र सबै निर्वाचन

काठमाडौं- मधेसवादी दलले संविधानप्रति असन्तुष्टि जनाइरहेका बेला सरकारले २०७४ माघ ७ गतेभित्र स्थानीय निकाय, प्रदेश र संसदीय निर्वाचन सम्पन्न गर्नेलगायत नयाँ संविधान कार्यान्वयनको कार्ययोजना पारित गरेको छ।