Tuesday 11 Ashwin, 2073 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

शनिबारदेखि कांग्रेसको प्रशिक्षण

(0 votes)
काठमाडौं– नेपाली कांग्रेसले संविधान सभा निर्वाचनलाई केन्द्रीत गरेर शनिबारदेखि राजधानीमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ। उपसभापति रामचन्द्र पौडेलको संयोजकत्वमा रहेको प्रशिक्षण प्रतिष्ठान विभागको अयोजना शनिबार बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुने कांग्रेसले जनाएको छ।
nepali-patro-june
२४० निर्वाचन क्षेत्रमा पार्टीको नीति तथा कार्यक्रमका बारेमा जनतालाई सुसूचित गर्नेका लागि प्रशिक्षण कार्यक्रम राखेको उसले जनाएको छ। १४ गतेसम्म चल्ने प्रशिक्षणमा समसामयिक राजनीतिक सबालमा पार्टीको दृष्टिकोण, अन्य दलबीचको सैद्धान्तिक र व्यवहारिक भिन्नताका साथै निर्वाचन तयारी र नयाँ संविधानको विषयवस्तु प्रशिक्षण दिनेछ।
७५ जिल्लाका झण्डै तीन सय नेता तथा कार्यकर्ता सहभागी हुने उसले जनाएको छ। प्रशिक्षण लिगेका नेता तथा कार्यकर्ताले पार्टीले तोकिएको जिल्ला एवं क्षेत्रमा प्रशिक्षण संचालन गर्ने उसले जनाएको छ।

प्रतिक्रिया

उपराष्ट्रपतिका छोरा सवारी जाममा परेपछि यसरी पोखे आक्रोस

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो चीन भ्रमणबाट फर्कंदै थिए। उनीको सवारी हुने भएपछि सदा झैं सुरक्षाकर्मीले बाटो खाली बनाएका थिए। त्यहि बाटोहुँदै उनका छोरा दिपेश पुन माइक्रोमा कतै जाँदै थिए।

संविधानपछि एमाले आर्थिक विकासमा केन्द्रितः नेता नेपाल

तनहुँ– एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)ले देशमा आर्थिक विकासमा केन्द्रित भएर काम गर्ने बताएका छन्।

तीन अाेटै निर्वाचन यही सरकारले गराउँ छः मन्त्री राई

भक्तपुर– सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले अहिलेको केपी ओली सरकारको विकल्प नभएको बताएका छन्। यही सरकारले नै समस्याहरु हल गर्दै तीन अाेटै निर्वाचन गराउने तयारी थालेको उनले...

आयोगको प्रतिवेदन नआउँदै चुनाव गराउन मिल्दैनः सभापति देउवा

नेपालगन्ज– नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निकायको निवाचनका विषयमा सरकारले 'विरोधाभासपूर्ण' कुरा गरिरहेको बताएका छन्।  

सरकारमै बसेर संविधान उल्लंघन

काठमाडौं- नयाँ संविधान कार्यान्वयन गर्ने शपथ खाएर सरकारमा गएका दलका नेता तथा मन्त्री नै संविधानको मर्मविपरीत अभिव्यक्ति र क्रियाकलापमा संलग्न देखिएका छन्। उनीहरू सात दशकको चरम संघर्षपछि संविधानसभाबाट जारी संविधानका...

न्यायाधीशका नाममा असुली

काठमाडौं- 'ढकाल श्रीमान् (न्यायाधीश) सँग कुरा भएको छ, नहटाउनुस् (पेसी) भन्नुहुन्छ,' अधिवक्ता सञ्जयराज अधिकारी आफ्ना सेवाग्राहीस"ग मोबाइलमा भन्छन्। 'हुन्छ भन्नुभा छ? हुन्न भने बरु कसैलाई बिरामी भनेर (पेसी) हटाउनुपर्ला,' सेवाग्राही...

उजुरी दिने समय थप

उजुरी दिने समय थप

काठमाडौं- द्वन्द्वकालमा घटना अनुसन्धान गरी दोषीलाई कारबाही सिफारिस गर्ने अधिकार पाएका सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरी दिने समयसीमा एक महिना थप गरेका छन्।

२०७४ माघ ७ भित्र सबै निर्वाचन

काठमाडौं- मधेसवादी दलले संविधानप्रति असन्तुष्टि जनाइरहेका बेला सरकारले २०७४ माघ ७ गतेभित्र स्थानीय निकाय, प्रदेश र संसदीय निर्वाचन सम्पन्न गर्नेलगायत नयाँ संविधान कार्यान्वयनको कार्ययोजना पारित गरेको छ।