Wednesday 12 Shrawn, 2073 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

भिड्ने तयारीमा दुई माओवादी

  • आइतबार १३ श्रावण, २०७०
  • देवेन्द्र बस्नेत
  • Be the first to comment!
(0 votes)

दाङ — संविधानसभा निर्वाचनको पक्ष र विपक्षमा रहेका दुई माओवादी एकअर्काको 'प्रतिवाद'को रणनीति सहित गाउँ केन्द्रित अभियानमामा लागेका छन्। नेकपा माओवादीले चुनावी प्रचार प्रसार गर्न नदिने भन्दै प्रतिकारको चेतावनी दिएको छ भने एनेकपा माओवादीले चुनावी प्रचारका क्रममा प्रतिकार गरिए त्यसको प्रतिवाद गर्ने तयारी थालेको छ। यसअघि शनिवार एमाओवादीका अध्यक्ष पुष्पकमल दहालले काभ्रेमा वाइसिएल लगाएर वैद्य पक्षको प्रतिकार गर्न पार्टी कार्यकर्तालाई निर्देशन दिएका थिए।

nepali-patro-june
दुवै माओवादीले प्रतिकारका लागि आ आफ्ना युवा संगठनको शक्ति प्रयोग गर्ने समेत बताएका छन्।

सोही रणनीतिका साथ दुवै माओबादी निर्वाचन केन्द्रीत (पक्ष-विपक्ष) कार्यक्रम लिएर साउन १५ देखि गाउँ पस्दैछन्। एनेकपा माओवादी असार १५ देखि चुनावी वातावरण निर्माणका लागि निर्वाचन क्षेत्र केन्द्रीत अभियानका साथ गाउँ पस्दै छ भने नेकपा माओवादी पनि चुनाव भाँड्ने रणनीति अनुरुप सोही दिनदेखी निर्वाचन क्षेत्र केन्द्रीत चुनाव विरोधी अभियान लिएर गाउँ जाँदैछ। 'उहाँहरु कसरी कुन रुपमा प्रस्तुत हुनुहुन्छ,'एनेकपा माओवादी दाङका सहईन्चार्ज लुमाकान्त न्यौपानेले नागरिकन्युजसँग भने, 'उहाँहरुको प्रस्तुती अनुसार हाम्रो कदम अगाडि बढ्छ।'  आफ्ना साथीमाथि प्रतिकार गरिए स्वतः त्यसको प्रतिवाद हुने न्यौपानले बताए। यता नेकपा माओवादीले चुनावी प्रचार प्रसार गर्न जाने जो कोही पार्टीका नेताहरुको अवरोध गरिने चेतावनी दिएको छ। 'हाम्रो चुनाव विरोधी गतिविधी चलिरहेका बेला चुनावको प्रचार प्रसार गर्न जाने जो कोहीलाई हामी अवरोध गर्छौँ,'नेकपा माओवादी दाङका सर्हन्चार्ज बलबहादुर वलीले भने, 'नमानेपछिको विकल्प भनेको प्रतिकार मात्रै हो।'

चुनाव भाँड्नका लागि युवा दस्ता निर्माण गरेर लाठी प्रशिक्षण समेत दिइसकेको नेकपा माओवादीले केहिदिन अघि मात्रै पार्टीका ३ केन्द्रीय सदस्यको नेतृत्वमा १०० जना सम्मिलित कमाण्ड टोली समेत निर्माण गरेको छ। जिल्लाका पाँच निर्वाचन क्षेत्रमा २०-२० जनाको समुहमा बनाइएका टोलीले चुनाव विरोधी प्रशिक्षणदेखि 'वुथ' कब्जासम्मको रणनीति बनाएका छन्। एकसय जना सम्मिलित टोली साउन १५ देखि गाउँ परिचालन हुँदैछ।

नेकपा माओवादीले जिल्लाकै केन्द्रीय नेताहरुलाई निर्वाचन क्षेत्र तोकेर चुनाव विफल बनाउने जिम्मा दिएको छ। जसअनुसार क्षेत्र नम्वर १ र ३ को नेतृत्व माओवादी केन्द्रीय सदस्य तथा पूर्वसभाषद इन्द्रजीत थारुले गरेका छन्। यसैगरी क्षेत्र नम्वर २ मा पार्टी केन्द्रीय सदस्य तथा पूर्वसभाषद दामा शर्माले र ४ र ५ मा केन्द्रीय सदस्य हेमराज शर्माले नेतृत्व गरेका छन्। 'चुनाव भाँड्नका लागि पार्टीका केन्द्रीय नेताहरुको नेतृत्वमा कमाण्ड टिम निर्माण गरेका हौँ,'नेकपा माओवादी दाङका सहईन्चार्ज वलीले भने 'यो टिमले युवा परिचालन संगै चुनाव विरोधी प्रशिक्षण तथा मतदान केन्द्र (वुथ) कब्जाको रणनीति लिएको छ।' नेकपा माओवादीले आफ्नो युवा संगठन जनस्वयंसेवक ब्यूरोलाई चुनाव भाँड्ने प्रमुख शक्ति भनेको छ।

यता एनेकपा माओवादी वैद्य पक्षलाई पेलेरै गाउँ जाने तयारीमा छ। वैद्य पक्षबाट अवरोध गर्न खोजिए प्रतिकारका लागि आफ्नो युवा संगठन वाईसिएललाई परिचालन गर्ने एमाओवादीको रणनीति छ।'हामी कसैको अवरोधको धम्कीले डराउँदैनौ','एमाओवादी दाङका सहइन्चार्ज न्यौपानेले भने, 'हाम्रो युवा संगठन वाइसिएल पनि हामी संगै छ।' आफूहरु प्रतिरोधको सामना गर्न सक्षम भएको भन्दै माओवादीले प्रतिकार गर्नका लागि पार्टीको निती नियम र निर्णय कुर्नु नपर्ने समेत चेतावनी दिएको छ।

एमाओवादीले गाउँगाउँमा युवाहरुलाई संगठित गरिरहेको छ। तर ती संगठनलाई एमाओवादीले चुनावसँग जोडेर मात्रै हेर्न नहुने बताएको छ। 'हामीहरुले गाउँ स्तरसम्म युवाहरुलाई संगठित गरिरहेका छौँ,'न्यौपानेले भने 'तर यी संगठनहरु केवल चुनावलाई लक्ष्यित गरेर मात्रै बनाइएका होइनन्।'

एनेकपा माओवादीले पार्टीका केन्द्रीय सदस्यहरु सहितको चुनावी अभियान टोली प्रत्यक निर्वाचन क्षेत्रमा परिचालन गर्दैछ। उक्त अभियान अन्तर्गत गाउँ जाने टोलीले चुनावको पक्षमा माहोल बनाउन सभा, वैठक लगाएतका कार्यक्रम गर्ने माओवादीले जनाएको छ । एकमहिने चुनावी अभियान अन्तर्गत एमाओवादीले चुनाव केन्द्रीत कार्यक्रम गर्न लागेको हो ।

प्रतिक्रिया

उपराष्ट्रपतिका छोरा सवारी जाममा परेपछि यसरी पोखे आक्रोस

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो चीन भ्रमणबाट फर्कंदै थिए। उनीको सवारी हुने भएपछि सदा झैं सुरक्षाकर्मीले बाटो खाली बनाएका थिए। त्यहि बाटोहुँदै उनका छोरा दिपेश पुन माइक्रोमा कतै जाँदै थिए।

संविधानपछि एमाले आर्थिक विकासमा केन्द्रितः नेता नेपाल

तनहुँ– एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)ले देशमा आर्थिक विकासमा केन्द्रित भएर काम गर्ने बताएका छन्।

तीन अाेटै निर्वाचन यही सरकारले गराउँ छः मन्त्री राई

भक्तपुर– सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले अहिलेको केपी ओली सरकारको विकल्प नभएको बताएका छन्। यही सरकारले नै समस्याहरु हल गर्दै तीन अाेटै निर्वाचन गराउने तयारी थालेको उनले...

आयोगको प्रतिवेदन नआउँदै चुनाव गराउन मिल्दैनः सभापति देउवा

नेपालगन्ज– नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निकायको निवाचनका विषयमा सरकारले 'विरोधाभासपूर्ण' कुरा गरिरहेको बताएका छन्।  

सरकारमै बसेर संविधान उल्लंघन

काठमाडौं- नयाँ संविधान कार्यान्वयन गर्ने शपथ खाएर सरकारमा गएका दलका नेता तथा मन्त्री नै संविधानको मर्मविपरीत अभिव्यक्ति र क्रियाकलापमा संलग्न देखिएका छन्। उनीहरू सात दशकको चरम संघर्षपछि संविधानसभाबाट जारी संविधानका...

न्यायाधीशका नाममा असुली

काठमाडौं- 'ढकाल श्रीमान् (न्यायाधीश) सँग कुरा भएको छ, नहटाउनुस् (पेसी) भन्नुहुन्छ,' अधिवक्ता सञ्जयराज अधिकारी आफ्ना सेवाग्राहीस"ग मोबाइलमा भन्छन्। 'हुन्छ भन्नुभा छ? हुन्न भने बरु कसैलाई बिरामी भनेर (पेसी) हटाउनुपर्ला,' सेवाग्राही...

उजुरी दिने समय थप

उजुरी दिने समय थप

काठमाडौं- द्वन्द्वकालमा घटना अनुसन्धान गरी दोषीलाई कारबाही सिफारिस गर्ने अधिकार पाएका सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरी दिने समयसीमा एक महिना थप गरेका छन्।

२०७४ माघ ७ भित्र सबै निर्वाचन

काठमाडौं- मधेसवादी दलले संविधानप्रति असन्तुष्टि जनाइरहेका बेला सरकारले २०७४ माघ ७ गतेभित्र स्थानीय निकाय, प्रदेश र संसदीय निर्वाचन सम्पन्न गर्नेलगायत नयाँ संविधान कार्यान्वयनको कार्ययोजना पारित गरेको छ।