Thursday 13 Ashwin, 2073 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

पूर्व राजाको राहत वितरण बारे बाबुराम भट्टराईको टिप्पणी (पूर्ण पाठ)

(0 votes)

काठमाडौं— एमाओवादी नेता बाबुराम भट्टराईले पूर्व राजा ज्ञानेन्द्रको राहत वितरण र उनका गतिविधि बारे फेसबुकमार्फत् टिप्पणी सार्वजनिक गरेका छन्। भट्टराईले पूर्व राजाका पछिल्ला गतिविधिलाई 'प्रतिक्रान्तिकारी उद्देश्य सहितको हर्कत' भन्दै ज्ञानेन्द्रले अन्तरिम संविधानका अन्तरवस्तु बारे सार्वजनिक प्रतिबद्धता समेत नजनाएको उल्लेख गरेका छन्।

nepali-patro-june
'पूर्व राजा ज्ञानेन्द्रका प्रतिक्रान्तिकारी उद्देश्य र हर्कतहरुबारे एउटा सचेत र जिम्मेवार नागरिकको हैसियतले बेलैमा खतराको घण्टी बजाउनु मैले आफ्नो कर्तव्य ठानेको हुँ', भट्टराईले भनेका छन्- ज्ञानेन्द्रका समग्र देखिने र नदेखिने प्रतिगमनकारी कामका सन्दर्भमा भनिएका कुरालाई बिर्सिएर एउटा राहत वितरणको प्रसंग मात्र जोड़ेर प्रचार भैदिंदा आम जनमानसमा केही भ्रम उत्पन्न हुनुलाई म अन्यथा मान्दिनँ। बरु म त्यसको कदर नै गर्छु।'

 

अविचलित राजभक्तिको म कदरै गर्छु : भट्टराई (यस्तो छ पूर्ण पाठ)

संस्क्रितमा एउटा चर्चित श्लोक छ:'सत्यम् ब्रुयात् प्रियम् ब्रुयात्, नब्रुयात् सत्यमप्रियम्'। अर्थात् सत्य बोल, प्रिय बोल तर अप्रिय सत्य नबोल। मेरा विचारमा आफ्नो कुनै निजी स्वार्थ नभएको र देश र जनताप्रति प्रतिवध्द व्यक्तिले आवश्यक पर्दा 'अप्रिय सत्य' बोल्न सक्नुपर्दछ। देशको राजनीतिको अन्तर्यमा केही समयदेखि पुत्पुताउँदै गैरहेका कर्महरु र मुख्यत: पूर्व राजा ज्ञानेन्द्रका प्रतिक्रान्तिकारी उद्देश्य र हर्कतहरुबारे एउटा सचेत र जिम्मेवार नागरिकको हैसियतले बेलैमा खतराको घण्टी बजाउनु मैले आफ्नो कर्तव्य ठानेको हुँ ज्ञानेन्द्रका समग्र देखिने र नदेखिने प्रतिगमनकारी कामका सन्दर्भमा भनिएका कुरालाई बिर्सिएर एउटा राहत वितरणको प्रसंग मात्र जोड़ेर प्रचार भैदिंदा आम जनमानसमा केही भ्रम उत्पन्न हुनुलाई म अन्यथा मान्दिनँ। बरु म त्यसको कदर नै गर्छु।


तर ज्ञानेन्द्रलाई अलिकति चिमोट्दा कोकसलाई कति डिग्रीको ज्वरो आउँदो रहेछ र कहाँ कहाँ दुख्दोरहेछ भन्ने ज्ञान चाहिं निकै लाभदायी र रोचक भएको छ। पूर्व राजतन्त्रवादीहरूको अविचलित राजभक्तिको म कदरै गर्छु, भलै म उनीहरूसंग सहमत हुन सक्दिनँ। रगत नचुहाइकन मासु काटेर खान खोज्ने मध्मवर्गीय आदर्शवादीहरुको वर्गनिरपेक्ष शिष्टता र भद्रताको आग्रहलाई पनि म अन्यथा मान्दिनँ। तर आफुलाई गणतन्त्रवादी भएको दावी गर्ने कतिपय व्यक्ति र शक्तिलाई १०४ डिग्रीकै ज्वरो आएको देख्दा चाहीं म निकै दु:खित र चिन्तित भएकोछु। झन् एउटा वामपन्थी पार्टीको साप्ताहिक मुखपत्रले त सम्पादकीय नै लेखेर ज्ञानेन्द्रको खातिरदारी गरेको देख्दा मार्क्सवादको कतिसम्म भ्रष्टीकरण हुन सक्दोरहेछ भनेर लज्जित बनाएकोछ।


ज्ञानेन्द्र व्यक्तिसंग हाम्रो कुनै दुश्मनी छैन। एउटा स्वतन्त्र नागरिकको रुपमा उनको पुजापाठ गर्ने र दानदातव्य गर्ने अधिकारको पनि हामी कदरै गर्छौं। बरु अरबौंको सम्पत्ति हुनेले लाखमा होइन करोडमा दान गर्न सकेको भए बढ़ी राम्रो हुन्थ्यो। तर यहाँ चिन्ताको विषय के हो भने ज्ञानेन्द्रले आजसम्म नेपाली जनताले आफ्ना महान् वलिदानी संघर्षहरुबाट प्राप्त गरेका गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी-समानुपातिक लोकतन्त्र जस्ता ऐतिहासिक उपलब्धी र अन्तरिम संविधानका मूल अन्तर्वस्तुबारे आजसम्म कुनै सार्वजनिक प्रतिबध्दता जनाएका छैनन्। बरु उनले उल्टै ती परिवर्तनकारी एजेण्डाबारे असहमति जनाउने गरेकाछन्। उनको आशीर्वाद प्राप्त कमल थापाको पार्टीलै खुलै रुपमा राजतन्त्रको पुनर्स्थापना सहमति वा चुनाव मार्फत नभए 'विद्रोह' मार्फत गर्ने बताइरहेकोछ।


यो स्थितिमा विभिन्न वहानामा ज्ञानेन्द्रको देशदौडाहा केको निम्ति होला भनेर बुझ्न कुनै आइतवार पर्खिरहनुपर्ला र? उनका नजिकका दूतहरुले पटकपटक विदेशी शक्तिकेन्द्र धाएर केके सौदावाजी गर्न खोजेका होलान् भन्ने जानकारी आजको अतिविकसित संचारप्रविधिको दुनियाँमा पाउनै नसकिने होला र? विभिन्न वहानामा आगामी मंसिर ४ को सं. स. निर्वाचन भाँड्ने र त्यसपछिको संवैधानिक संकटको स्थितिमा २०४७ को संविधान ब्युँताएर प्रतिगमनको एजेण्डा पूरा गर्ने षड्यन्त्र भएकैछैन वा हुनै सक्दैन भन्ने ग्यरेण्टी के ? अनि आजसम्मको विश्व इतिहासमा जनताको आन्दोलनबाट पदच्यूत भएका राजालाई यसरी देशभित्र छाडा छोडेर राखेको उदाहरण नेपाल बाहेक अन्यत्र कहाँ छ ?

त्यसैले आवेगात्मक हैन विवेकसंगत ढंगले सबैले सोचौं । भोलि कसैले बेलैमा सचेत गराएन भन्ने स्थिति नआओस् ।

प्रतिक्रिया

उपराष्ट्रपतिका छोरा सवारी जाममा परेपछि यसरी पोखे आक्रोस

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो चीन भ्रमणबाट फर्कंदै थिए। उनीको सवारी हुने भएपछि सदा झैं सुरक्षाकर्मीले बाटो खाली बनाएका थिए। त्यहि बाटोहुँदै उनका छोरा दिपेश पुन माइक्रोमा कतै जाँदै थिए।

संविधानपछि एमाले आर्थिक विकासमा केन्द्रितः नेता नेपाल

तनहुँ– एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)ले देशमा आर्थिक विकासमा केन्द्रित भएर काम गर्ने बताएका छन्।

तीन अाेटै निर्वाचन यही सरकारले गराउँ छः मन्त्री राई

भक्तपुर– सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले अहिलेको केपी ओली सरकारको विकल्प नभएको बताएका छन्। यही सरकारले नै समस्याहरु हल गर्दै तीन अाेटै निर्वाचन गराउने तयारी थालेको उनले...

आयोगको प्रतिवेदन नआउँदै चुनाव गराउन मिल्दैनः सभापति देउवा

नेपालगन्ज– नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निकायको निवाचनका विषयमा सरकारले 'विरोधाभासपूर्ण' कुरा गरिरहेको बताएका छन्।  

सरकारमै बसेर संविधान उल्लंघन

काठमाडौं- नयाँ संविधान कार्यान्वयन गर्ने शपथ खाएर सरकारमा गएका दलका नेता तथा मन्त्री नै संविधानको मर्मविपरीत अभिव्यक्ति र क्रियाकलापमा संलग्न देखिएका छन्। उनीहरू सात दशकको चरम संघर्षपछि संविधानसभाबाट जारी संविधानका...

न्यायाधीशका नाममा असुली

काठमाडौं- 'ढकाल श्रीमान् (न्यायाधीश) सँग कुरा भएको छ, नहटाउनुस् (पेसी) भन्नुहुन्छ,' अधिवक्ता सञ्जयराज अधिकारी आफ्ना सेवाग्राहीस"ग मोबाइलमा भन्छन्। 'हुन्छ भन्नुभा छ? हुन्न भने बरु कसैलाई बिरामी भनेर (पेसी) हटाउनुपर्ला,' सेवाग्राही...

उजुरी दिने समय थप

उजुरी दिने समय थप

काठमाडौं- द्वन्द्वकालमा घटना अनुसन्धान गरी दोषीलाई कारबाही सिफारिस गर्ने अधिकार पाएका सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरी दिने समयसीमा एक महिना थप गरेका छन्।

२०७४ माघ ७ भित्र सबै निर्वाचन

काठमाडौं- मधेसवादी दलले संविधानप्रति असन्तुष्टि जनाइरहेका बेला सरकारले २०७४ माघ ७ गतेभित्र स्थानीय निकाय, प्रदेश र संसदीय निर्वाचन सम्पन्न गर्नेलगायत नयाँ संविधान कार्यान्वयनको कार्ययोजना पारित गरेको छ।