Thursday 9 Bhadra, 2073 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

वैद्य माओवादी बारे भारतीय प्रधानमन्त्री मनमोहन सिंहको चासो

(0 votes)

काठमाडौं— भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग नयाँ दिल्लीमा भेट गरेका छन्। भेटका अवसरमा कोइराला र प्रधानमन्त्री सिंहबीच नेपालको चुनावलाई लिएर छलफल भएको छ।

nepali-patro-june
चुनावकै प्रसंगमा उनले संविधान सभा चुनावलाई जुनसुकै हालतमा असफल पार्ने बताउँदै आएको वैद्य नेतृत्वको माओवादी बारे प्रश्न गरेका थिए। 'मोहन बैद्य नेतृत्वको नेकपा–माओवादी निर्वाचन आउने अवस्था छ कि छैन ?'  सिंहको जिज्ञासा राखेका थिए। प्रतिउत्तरमा कोइरालाले असन्तुष्ट पक्षलाई समेटेरै चुनावमा जान प्रयास भइरहेको बताएका थिए।

लोकतान्त्रिक शक्तिहरुको एकतामा जोड दिँदै भारतीय प्रधानमन्त्री सिंहले लोकतान्त्रिक व्यवस्था संस्थागत भएपछि मात्र राजनीतिक स्थायित्व हुने र त्यसपछि आर्थिक सम्वृद्धिकोको दिशामा मुलुक अघि बढ्ने बताएको नयाँ दिल्लीबाट पत्रकार ऋषि धमलाले जनाएका छन्।

कोइरालासँगको भेटमा प्रधानमन्त्री सिंहले निर्वाचन मंसिर ४ गर्न के कस्ता कठिनाइ छन् भन्ने बारे बुझेका थिए। 'चुनावका लागि भारत सरकार नेपाललाई जुनसुकै किसिमको सहयोग गर्न तयार छ', सिंहको भनाइ उदृत गर्दै बैठकमा सहभागी नेपाली नेताले भने। यद्यपि उनले नेपालमा निर्वाचन गर्ने नेपालका राजनीतिक दलहरुकै सहमतिमा हुनुपर्ने र भारतको त्यसमा सहयोग र सद्भाव मात्र रहने बताए।

भेटमा सभापति कोइराला, महामन्त्री द्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र भारतकालागि कार्यबाहक नेपाली राजदुत खगनाथ अधिकारी सहभागी थिए। भारतको तर्फबाट प्रधानमन्त्री सिंह, विदेश सचिव सुजाता सिंह र नेपालका लागि भारतीय राजदुत जयन्त प्रसाद सहभागी थिए।

आजै सभापति कोइराला नेतृत्वको टोलीले नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री डा मनमोहन सिंहका सुरक्षा सल्लाहकार शिवसंकर मेननसँग भेट गरेका छन्। मेननले नेपालमा स्थायित्व र समृद्धि नहुँदा भारतमाथिको सुरक्षा खतरा कायमै रहने भन्दै त्यसतर्फ गम्भीर ध्यानआर्कषित गराएका थिए।

कोइरालाले भारतको सुरक्षा चासोलाई नेपालले गम्भीरतापूर्वक लिएको र आफूहरु नेपालको भूमि भएर हुने छिमेकीविरुद्धको गतिविधि हुन नदिनेतर्फ सचेत रहेको बताएका थिए।

प्रतिक्रिया

उपराष्ट्रपतिका छोरा सवारी जाममा परेपछि यसरी पोखे आक्रोस

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो चीन भ्रमणबाट फर्कंदै थिए। उनीको सवारी हुने भएपछि सदा झैं सुरक्षाकर्मीले बाटो खाली बनाएका थिए। त्यहि बाटोहुँदै उनका छोरा दिपेश पुन माइक्रोमा कतै जाँदै थिए।

संविधानपछि एमाले आर्थिक विकासमा केन्द्रितः नेता नेपाल

तनहुँ– एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)ले देशमा आर्थिक विकासमा केन्द्रित भएर काम गर्ने बताएका छन्।

तीन अाेटै निर्वाचन यही सरकारले गराउँ छः मन्त्री राई

भक्तपुर– सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले अहिलेको केपी ओली सरकारको विकल्प नभएको बताएका छन्। यही सरकारले नै समस्याहरु हल गर्दै तीन अाेटै निर्वाचन गराउने तयारी थालेको उनले...

आयोगको प्रतिवेदन नआउँदै चुनाव गराउन मिल्दैनः सभापति देउवा

नेपालगन्ज– नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निकायको निवाचनका विषयमा सरकारले 'विरोधाभासपूर्ण' कुरा गरिरहेको बताएका छन्।  

सरकारमै बसेर संविधान उल्लंघन

काठमाडौं- नयाँ संविधान कार्यान्वयन गर्ने शपथ खाएर सरकारमा गएका दलका नेता तथा मन्त्री नै संविधानको मर्मविपरीत अभिव्यक्ति र क्रियाकलापमा संलग्न देखिएका छन्। उनीहरू सात दशकको चरम संघर्षपछि संविधानसभाबाट जारी संविधानका...

न्यायाधीशका नाममा असुली

काठमाडौं- 'ढकाल श्रीमान् (न्यायाधीश) सँग कुरा भएको छ, नहटाउनुस् (पेसी) भन्नुहुन्छ,' अधिवक्ता सञ्जयराज अधिकारी आफ्ना सेवाग्राहीस"ग मोबाइलमा भन्छन्। 'हुन्छ भन्नुभा छ? हुन्न भने बरु कसैलाई बिरामी भनेर (पेसी) हटाउनुपर्ला,' सेवाग्राही...

उजुरी दिने समय थप

उजुरी दिने समय थप

काठमाडौं- द्वन्द्वकालमा घटना अनुसन्धान गरी दोषीलाई कारबाही सिफारिस गर्ने अधिकार पाएका सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरी दिने समयसीमा एक महिना थप गरेका छन्।

२०७४ माघ ७ भित्र सबै निर्वाचन

काठमाडौं- मधेसवादी दलले संविधानप्रति असन्तुष्टि जनाइरहेका बेला सरकारले २०७४ माघ ७ गतेभित्र स्थानीय निकाय, प्रदेश र संसदीय निर्वाचन सम्पन्न गर्नेलगायत नयाँ संविधान कार्यान्वयनको कार्ययोजना पारित गरेको छ।