Tuesday 11 Ashwin, 2073 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

चार वैदेशिक रोजगार व्यवसायी पक्राउ

(0 votes)
काठमाडौँ)– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार र अध्यागमन विभागका कर्मचारीलाई पक्राउ गरेको एक दिन नबित्दै शनिबार उनीहरूलाई सहयोग गर्ने वैदेशिक रोजगार व्यवसायीहरूलाई पक्राउ गरेको छ।
nepali-patro-june

 अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्रीधर सापकोटाका अनुसार वैदेशिक रोजागार विभागका कर्मचारीसँगको मिलेमतोमा गैरकानुनी काम गर्ने व्यवसायीहरूलाई नियन्त्रणमा लिइएको हो।
 यसरी पक्राउ पर्नेमा एडभान्स रिक्रुटमेन्ट सभिर्स प्रालिका सञ्चालकहरू चित्रगुप्त  साँवा र हर्कबहादुर लिम्बू, सान इन्टरनेशनल रिक्रुटमेन्ट सर्भिसका सञ्चालक मोहम्मद मुस्ताक मियाँ र प्रोग्ा्रेसिभ प्लेसमेन्ट सर्भिस प्रालिका श्यामप्रसाद श्रेष्ठ छन्।
 वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूकोे अन्तिम स्वीकृति प्रदान गर्ने, विभागमा प्रवेशाज्ञालगायत विषयमा झुठा विवरण तयार गर्ने काममा सघाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।

प्रतिक्रिया

उपराष्ट्रपतिका छोरा सवारी जाममा परेपछि यसरी पोखे आक्रोस

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो चीन भ्रमणबाट फर्कंदै थिए। उनीको सवारी हुने भएपछि सदा झैं सुरक्षाकर्मीले बाटो खाली बनाएका थिए। त्यहि बाटोहुँदै उनका छोरा दिपेश पुन माइक्रोमा कतै जाँदै थिए।

संविधानपछि एमाले आर्थिक विकासमा केन्द्रितः नेता नेपाल

तनहुँ– एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)ले देशमा आर्थिक विकासमा केन्द्रित भएर काम गर्ने बताएका छन्।

तीन अाेटै निर्वाचन यही सरकारले गराउँ छः मन्त्री राई

भक्तपुर– सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले अहिलेको केपी ओली सरकारको विकल्प नभएको बताएका छन्। यही सरकारले नै समस्याहरु हल गर्दै तीन अाेटै निर्वाचन गराउने तयारी थालेको उनले...

आयोगको प्रतिवेदन नआउँदै चुनाव गराउन मिल्दैनः सभापति देउवा

नेपालगन्ज– नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निकायको निवाचनका विषयमा सरकारले 'विरोधाभासपूर्ण' कुरा गरिरहेको बताएका छन्।  

सरकारमै बसेर संविधान उल्लंघन

काठमाडौं- नयाँ संविधान कार्यान्वयन गर्ने शपथ खाएर सरकारमा गएका दलका नेता तथा मन्त्री नै संविधानको मर्मविपरीत अभिव्यक्ति र क्रियाकलापमा संलग्न देखिएका छन्। उनीहरू सात दशकको चरम संघर्षपछि संविधानसभाबाट जारी संविधानका...

न्यायाधीशका नाममा असुली

काठमाडौं- 'ढकाल श्रीमान् (न्यायाधीश) सँग कुरा भएको छ, नहटाउनुस् (पेसी) भन्नुहुन्छ,' अधिवक्ता सञ्जयराज अधिकारी आफ्ना सेवाग्राहीस"ग मोबाइलमा भन्छन्। 'हुन्छ भन्नुभा छ? हुन्न भने बरु कसैलाई बिरामी भनेर (पेसी) हटाउनुपर्ला,' सेवाग्राही...

उजुरी दिने समय थप

उजुरी दिने समय थप

काठमाडौं- द्वन्द्वकालमा घटना अनुसन्धान गरी दोषीलाई कारबाही सिफारिस गर्ने अधिकार पाएका सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरी दिने समयसीमा एक महिना थप गरेका छन्।

२०७४ माघ ७ भित्र सबै निर्वाचन

काठमाडौं- मधेसवादी दलले संविधानप्रति असन्तुष्टि जनाइरहेका बेला सरकारले २०७४ माघ ७ गतेभित्र स्थानीय निकाय, प्रदेश र संसदीय निर्वाचन सम्पन्न गर्नेलगायत नयाँ संविधान कार्यान्वयनको कार्ययोजना पारित गरेको छ।