Tuesday 14 Bhadra, 2073 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

कांग्रेसमा संसदीय समिति बनेन

(0 votes)
काठमाडौं - मुलुक संविधानसभा निर्वाचनतर्फ उन्मुख भए पनि नेपाली कांग्रेसमा भने उम्मेदवार छनोट गर्ने समिति नै गठन भएको छैन।
nepali-patro-june
चैत अन्तिम साता भएको महासमिति बैठकले एक महिनाभित्र पार्टीका सबै विभाग र समिति गठन गरिसक्न निर्देशन दिए पनि सभापति सुशील कोइरालाले गृहकार्यसमेत सुरु गरेका छैनन्। महाधिवेशन भएको साढे दुई वर्ष बित्दासमेत पार्टीका कुनै पनि निकायले पूर्णता नपाएपछि महासमिति बैठकले एक महिनाभित्र सबैलाई पूर्णता दिँदै संगठन सुदृढीकरण अभियान चलाउने निर्णय गरेको थियो।
विधानमा महाधिवेशन सकिएको दुई महिनाभित्र सबै तहका समिति गठन गरिसक्नुपर्ने व्यवस्था छ। तर, संसदीय समिति गठन र केन्द्रीय सदस्य तथा एक सहमहामन्त्री चयन प्रक्रिया अगाडि बढेको छैन।
संसदीय समितिमा कोइराला परिवारबाट सुजाता, शशांक र शेखर दाबेदार छन्। समितिमा रामशरण महत, अर्जुननरसिंह केसी, दिलेन्द्रप्रसाद बडु, आमोदप्रसाद उपाध्याय, आनन्दप्रसाद ढुंगाना, दिलबहादुर घर्तीको पनि दाबी छ। संगठन विभाग प्रमुख र प्रवक्ताको हैसियतमा आफू समितिमा पर्नुपर्ने ढुंगाना र बडुको दाबी छ। दुवै सभापतिनिकट हुन्। 'शशांक राखे सुजाता र शेखर रिसाउने, रामशरण राखे अर्जुननरसिंह रिसाउने अवस्था छ,' कोइरालानिकट एक नेताले भने, 'उहाँ निकै दुविधामा हुनुहुन्छ।'
शेरबहादुर देउवा क्याम्पबाट विमलेन्द्र निधि संसदीय समितिमा पर्ने निश्चित भएपछि कोइरालानिकट नेताले पदमनारायण चौधरीलाई पनि राख्नुपर्ने अडान राख्दै आएका छन्। केही समयअघि कोइराला क्याम्पमा छिरेका मिनेन्द्र रिजाल पनि आकांक्षी हुन्।
वरिष्ठ नेता देउवा समूहमा पनि संसदीय समिति दाबी गर्नेको ठूलै लाइन छ। पूर्वउपसभापति गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, बालकृष्ण खाँणलगायतले समितिमा दाबी गरेका छन्। भ्रष्ट्राचार आरोपमा जेलमा रहेका खुमबहादुर खड्कालाई पनि समितिमा राख्न सभापति कोइराला र वरिष्ठ नेता देउवालाई तीव्र दबाब छ। 'आकांक्षी धेरै छन्,' सभापतिनिकट एक नेताले भने, 'शेरबहादुर देउवा, विमलेन्द्र निधि र कुलबहादुर गुरुङलाई संसदीय समितिमा मनोनीत गरेर टिकट वितण गर्ने मनस्थितिमा सभापति हुनुहुन्छ।'
विधानमा पार्टी पदाधिकारी, संसदीय दलको नेताका साथै आठजना सदस्य रहेको समिति गठन गर्ने व्यवस्था छ। त्यसले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्री र निर्वाचनमा उम्मेदवारको नाम छनोट गर्छ।
'उम्मेदवारको नामलाई अन्तिम रूप दिन समिति चाहिने हो,' प्रवक्ता बडुले भने, 'सभापतिले उपयुक्त समयमा समिति गठन गर्नुहुन्छ।'
त्यस्तै, उपसभापति र महामन्त्री मनोनयनको प्रस्ताव केन्द्रीय समितिबाट पारित गर्नुअघि मनोनीत गर्न बाँकी एक सहमहामन्त्री देउवा पक्षलाई दिने सभापति कोइरालाले आश्वासन दिएका थिए। तर, अहिलेसम्म सहमहामन्त्री मनोनीत हुन सकेको छैन।
सहमहामन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, पूर्णबहादुर खड्का, बालकृष्ण खाँण, पुष्पा भुषालको दाबी छ। उनीहरू देउवानिकट हुन्।  
सभापति कोइरालाले पटक–पटक गरी १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरे पनि समितिले अझै पूर्णता पाएको छैन। एक सहमहामन्त्रीसँगै चार केन्द्रीय सदस्य मनोनयन गर्न बा“की छ। भीमबहादुर तामाङ र गोपालराज पहाडीको निधनपछि केन्द्रीय समितिमा थप दुई स्थान रिक्त छ।  
बैठक नै बसेन
सभापति कोइरालाले महाधिवेशन भएको साढे दुई वर्षपछि विभागलाई पूर्णता दिए पनि अधिकतरको बैठक बस्न सकेको छैन। विभाग विस्तारप्रति वरिष्ठ नेता शेरबहादुर देउवा पक्ष र कोइरालानिकट नेताले असन्तुष्टि जनाएपछि विभागको बैठक अहिलेसम्म बस्न नसकेको हो।
 विभागले पूर्णता पाएको तीन महिना बित्दा आदिवासी जनजाति र बागमती अञ्चल विभागबाहेक अन्यको बैठक बसेेको छैन। सभापति कोइरालाको निर्देशनमै पार्टीको वेबसाइट राखिएको सूची नै हटाइएको छ। 'दोहोरिएका नाम हटाउने, नयाँ व्यक्तिलाई समेट्ने र  सबै विभागमा तीन–तीन जना थपेर पूर्णता दिने सहमति भएको थियो,' एक नेताले भने।

प्रतिक्रिया

उपराष्ट्रपतिका छोरा सवारी जाममा परेपछि यसरी पोखे आक्रोस

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो चीन भ्रमणबाट फर्कंदै थिए। उनीको सवारी हुने भएपछि सदा झैं सुरक्षाकर्मीले बाटो खाली बनाएका थिए। त्यहि बाटोहुँदै उनका छोरा दिपेश पुन माइक्रोमा कतै जाँदै थिए।

संविधानपछि एमाले आर्थिक विकासमा केन्द्रितः नेता नेपाल

तनहुँ– एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)ले देशमा आर्थिक विकासमा केन्द्रित भएर काम गर्ने बताएका छन्।

तीन अाेटै निर्वाचन यही सरकारले गराउँ छः मन्त्री राई

भक्तपुर– सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले अहिलेको केपी ओली सरकारको विकल्प नभएको बताएका छन्। यही सरकारले नै समस्याहरु हल गर्दै तीन अाेटै निर्वाचन गराउने तयारी थालेको उनले...

आयोगको प्रतिवेदन नआउँदै चुनाव गराउन मिल्दैनः सभापति देउवा

नेपालगन्ज– नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निकायको निवाचनका विषयमा सरकारले 'विरोधाभासपूर्ण' कुरा गरिरहेको बताएका छन्।  

सरकारमै बसेर संविधान उल्लंघन

काठमाडौं- नयाँ संविधान कार्यान्वयन गर्ने शपथ खाएर सरकारमा गएका दलका नेता तथा मन्त्री नै संविधानको मर्मविपरीत अभिव्यक्ति र क्रियाकलापमा संलग्न देखिएका छन्। उनीहरू सात दशकको चरम संघर्षपछि संविधानसभाबाट जारी संविधानका...

न्यायाधीशका नाममा असुली

काठमाडौं- 'ढकाल श्रीमान् (न्यायाधीश) सँग कुरा भएको छ, नहटाउनुस् (पेसी) भन्नुहुन्छ,' अधिवक्ता सञ्जयराज अधिकारी आफ्ना सेवाग्राहीस"ग मोबाइलमा भन्छन्। 'हुन्छ भन्नुभा छ? हुन्न भने बरु कसैलाई बिरामी भनेर (पेसी) हटाउनुपर्ला,' सेवाग्राही...

उजुरी दिने समय थप

उजुरी दिने समय थप

काठमाडौं- द्वन्द्वकालमा घटना अनुसन्धान गरी दोषीलाई कारबाही सिफारिस गर्ने अधिकार पाएका सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरी दिने समयसीमा एक महिना थप गरेका छन्।

२०७४ माघ ७ भित्र सबै निर्वाचन

काठमाडौं- मधेसवादी दलले संविधानप्रति असन्तुष्टि जनाइरहेका बेला सरकारले २०७४ माघ ७ गतेभित्र स्थानीय निकाय, प्रदेश र संसदीय निर्वाचन सम्पन्न गर्नेलगायत नयाँ संविधान कार्यान्वयनको कार्ययोजना पारित गरेको छ।