Tuesday 14 Bhadra, 2073 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

माओवादीलाई निर्वाचनमा सहभागी गराउन दबाबमा जोड

(0 votes)
चितवन - नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले नेकपा–माओवादी सहभागी नभए पनि आगामी मङ्सिर ४ गतेका लागि तय भएको संविधानसभाको निर्वाचन नरोकिने बताएका छन्। नेपाल प्रेस युनियन चितवनले आज बिहान भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले हरसम्भव प्रयास गर्दा पनि चुनाव भाग नलिने स्थिति आए आफूहरु पर्खेर बस्न नसक्ने बताए ।
nepali-patro-june
सरकार परिवर्तन र चुनावको मिति सार्ने बाहेकका अन्य विषयमा छलफल गर्न आफूहरु तयार रहेको बताउँदै वरिष्ठ नेता देउवाले नेकपा– माओवादीलाई निर्वाचनमा भाग लिने बनाउन सबैले दबाब दिनुपर्नेमा जोड दिए।

ट्रेड युनियन काँग्रेसको बन्द सत्र
पूर्वी चितवनको रत्ननगरमा सुरु भएको ट्रेड युनियन काँग्रेसको पाँचौं राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ। बन्दसत्रमा महासचिव अच्युतराज पाण्डेले प्रगति प्रतिवेदन तथा कोषाक्षध्यक्ष ध्रुवचन्द्र गौतमले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ।

नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया पनि आजैदेखि सुरु हुँदैछ। नयाँ नेतृत्वका लागि खिलानाथ दाहाल र पुष्कर आचार्यको समूह चुनावी दौडमा छन्। मङ्गलबारसम्म चल्ने महाधिवेशनमा नेपाल ट्रेड युनियन काँग्रेसले उठाएका सबैका लागि सामाजिक सुरक्षा, संविधानमा सुनिश्चित गर्नुपर्ने श्रमिकका हक, राज्यका नीतिनिर्माण तहमा प्रत्येक श्रमिकको प्रतिनिधित्वलगायत श्रम ऐन र कानुनमा यथाशीघ्र परिवर्तन जस्ता विÈयमा छलफल हुनेछ।

प्रतिक्रिया

उपराष्ट्रपतिका छोरा सवारी जाममा परेपछि यसरी पोखे आक्रोस

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो चीन भ्रमणबाट फर्कंदै थिए। उनीको सवारी हुने भएपछि सदा झैं सुरक्षाकर्मीले बाटो खाली बनाएका थिए। त्यहि बाटोहुँदै उनका छोरा दिपेश पुन माइक्रोमा कतै जाँदै थिए।

संविधानपछि एमाले आर्थिक विकासमा केन्द्रितः नेता नेपाल

तनहुँ– एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)ले देशमा आर्थिक विकासमा केन्द्रित भएर काम गर्ने बताएका छन्।

तीन अाेटै निर्वाचन यही सरकारले गराउँ छः मन्त्री राई

भक्तपुर– सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले अहिलेको केपी ओली सरकारको विकल्प नभएको बताएका छन्। यही सरकारले नै समस्याहरु हल गर्दै तीन अाेटै निर्वाचन गराउने तयारी थालेको उनले...

आयोगको प्रतिवेदन नआउँदै चुनाव गराउन मिल्दैनः सभापति देउवा

नेपालगन्ज– नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निकायको निवाचनका विषयमा सरकारले 'विरोधाभासपूर्ण' कुरा गरिरहेको बताएका छन्।  

सरकारमै बसेर संविधान उल्लंघन

काठमाडौं- नयाँ संविधान कार्यान्वयन गर्ने शपथ खाएर सरकारमा गएका दलका नेता तथा मन्त्री नै संविधानको मर्मविपरीत अभिव्यक्ति र क्रियाकलापमा संलग्न देखिएका छन्। उनीहरू सात दशकको चरम संघर्षपछि संविधानसभाबाट जारी संविधानका...

न्यायाधीशका नाममा असुली

काठमाडौं- 'ढकाल श्रीमान् (न्यायाधीश) सँग कुरा भएको छ, नहटाउनुस् (पेसी) भन्नुहुन्छ,' अधिवक्ता सञ्जयराज अधिकारी आफ्ना सेवाग्राहीस"ग मोबाइलमा भन्छन्। 'हुन्छ भन्नुभा छ? हुन्न भने बरु कसैलाई बिरामी भनेर (पेसी) हटाउनुपर्ला,' सेवाग्राही...

उजुरी दिने समय थप

उजुरी दिने समय थप

काठमाडौं- द्वन्द्वकालमा घटना अनुसन्धान गरी दोषीलाई कारबाही सिफारिस गर्ने अधिकार पाएका सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरी दिने समयसीमा एक महिना थप गरेका छन्।

२०७४ माघ ७ भित्र सबै निर्वाचन

काठमाडौं- मधेसवादी दलले संविधानप्रति असन्तुष्टि जनाइरहेका बेला सरकारले २०७४ माघ ७ गतेभित्र स्थानीय निकाय, प्रदेश र संसदीय निर्वाचन सम्पन्न गर्नेलगायत नयाँ संविधान कार्यान्वयनको कार्ययोजना पारित गरेको छ।