9 Mangshir, 2074 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

'पुनर्निर्माण किन ढिलो?'

(0 votes)
काठमाडौं- सत्तारुढ नेकपा एमालेका सांसदले पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सँग पुनर्निर्माण काम ढिलो हुनुको कारण मागेका छन्। एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भएको संसदीय दल बैठकमा उपस्थित भएका सिइओ ज्ञवालीले ऐन–कानुन निर्माण भएपछि प्राधिकरणले तीव्र गतिमा काम गरिरहेको बताए। उनले गाउँमा १६ सय इन्जिनियर खटाइसकेको भन्दै केही हजारको संख्यामा सम्झौतासमेत भएको जानकारी गराएका थिए।
nepali-patro-june
सांसदहरूले प्राधिकरणको भूमिका प्रभावकारी हुन नसकेको र खाली अनुगमनकर्ताको मात्रै भूमिका निभाएको भन्दै आलोचना गरेका थिए। उनीहरूले अहिलेकै गतिमा काम अघि बढाउने हो भने हिउँदमा समेत भूकम्पपीडितको बास टहरामै हुने भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।

उनीहरूले गाउँ विकास समितिमा जाने रकम जिल्ला विकास समितिमार्फत र स्कुल निर्माणका लागि जाने रकम जिल्ला शिक्षा कार्यालयसहित निकायमार्फत सिधै पुग्ने व्यवस्था गर्न माग गरेका थिए।

'प्राधिकरणको भूमिका प्रभावकारी भएन, यो अनुमगन गर्ने निकाय जस्तो मात्रै भयो,' एमालेका सांसद पशुपति चौलागाईंले नागरिकसँग भने, 'पर्ती, ऐलानी, गुठीको जमिनमा बसोबास गर्दै आएकाको समस्या समाधान गर्न ध्यानाकर्षण गरेका छौं।'

गाविस सचिव पनि नायब सुब्बा वा अधिकृतस्तरको कर्मचारी खटाउन सांसदले माग गरेका थिए। माघमा प्राधिकरणले महाअभियान सुरु गर्दा बर्खाअघि नै भूकम्पपीडितले घर पाउने आशा जागे पनि अहिलेको कामगराइले हिउँदमा पनि पीडितको बास टहरामै हुने देखिएको सांसदले बताएका थिए। बैठकमा राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, रामहरि सुवेदी, पार्वत गुरुङलगायतले बोलेका थिए। सिइओ ज्ञवालीले केही सांसदले उठाएको विषय सम्बोधन गर्न नियमवली र केहीका लागि ऐनमै संशोधन गर्नुपर्ने जानकारी गराएका थिए।

'कामलाई छिटो बनाउन र सहज हुनेगरी ऐन संशोधन गर्न आवश्यक छ भने त्यसका लागि हामी सहयोग गर्छौं भनेका छौं,' चौलागाईंले भने, 'प्राधिकरणले सुगम र दुर्गम क्षेत्र दुवैमा एकै प्रकारको क्षतिपूर्ति व्यवस्था गरेको छ, त्यो ठिक भएन।'

प्रतिक्रिया

उपराष्ट्रपतिका छोरा सवारी जाममा परेपछि यसरी पोखे आक्रोस

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो चीन भ्रमणबाट फर्कंदै थिए। उनीको सवारी हुने भएपछि सदा झैं सुरक्षाकर्मीले बाटो खाली बनाएका थिए। त्यहि बाटोहुँदै उनका छोरा दिपेश पुन माइक्रोमा कतै जाँदै थिए।

संविधानपछि एमाले आर्थिक विकासमा केन्द्रितः नेता नेपाल

तनहुँ– एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)ले देशमा आर्थिक विकासमा केन्द्रित भएर काम गर्ने बताएका छन्।

तीन अाेटै निर्वाचन यही सरकारले गराउँ छः मन्त्री राई

भक्तपुर– सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले अहिलेको केपी ओली सरकारको विकल्प नभएको बताएका छन्। यही सरकारले नै समस्याहरु हल गर्दै तीन अाेटै निर्वाचन गराउने तयारी थालेको उनले...

आयोगको प्रतिवेदन नआउँदै चुनाव गराउन मिल्दैनः सभापति देउवा

नेपालगन्ज– नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निकायको निवाचनका विषयमा सरकारले 'विरोधाभासपूर्ण' कुरा गरिरहेको बताएका छन्।  

सरकारमै बसेर संविधान उल्लंघन

काठमाडौं- नयाँ संविधान कार्यान्वयन गर्ने शपथ खाएर सरकारमा गएका दलका नेता तथा मन्त्री नै संविधानको मर्मविपरीत अभिव्यक्ति र क्रियाकलापमा संलग्न देखिएका छन्। उनीहरू सात दशकको चरम संघर्षपछि संविधानसभाबाट जारी संविधानका...

न्यायाधीशका नाममा असुली

काठमाडौं- 'ढकाल श्रीमान् (न्यायाधीश) सँग कुरा भएको छ, नहटाउनुस् (पेसी) भन्नुहुन्छ,' अधिवक्ता सञ्जयराज अधिकारी आफ्ना सेवाग्राहीस"ग मोबाइलमा भन्छन्। 'हुन्छ भन्नुभा छ? हुन्न भने बरु कसैलाई बिरामी भनेर (पेसी) हटाउनुपर्ला,' सेवाग्राही...

उजुरी दिने समय थप

उजुरी दिने समय थप

काठमाडौं- द्वन्द्वकालमा घटना अनुसन्धान गरी दोषीलाई कारबाही सिफारिस गर्ने अधिकार पाएका सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरी दिने समयसीमा एक महिना थप गरेका छन्।

२०७४ माघ ७ भित्र सबै निर्वाचन

काठमाडौं- मधेसवादी दलले संविधानप्रति असन्तुष्टि जनाइरहेका बेला सरकारले २०७४ माघ ७ गतेभित्र स्थानीय निकाय, प्रदेश र संसदीय निर्वाचन सम्पन्न गर्नेलगायत नयाँ संविधान कार्यान्वयनको कार्ययोजना पारित गरेको छ।