Sunday 8 Ashwin, 2074 |
Menu
istl

अपराधीलाई कडा सजाय दिन्छौं : प्रधानमन्त्री

(0 votes)
काठमाडौं-प्रधानमन्त्री सुशील कोइरालाले राजधानीको वसन्तपुरमा किशोरीमाथि तेजाब छ्याप्ने र बाराको कलैयामा ६ वर्षीया बालिका बलात्कार गर्नेविरुद्ध कडा कारबाही गरिने बताएका छन्।
अपराधी खोजी कारबाही गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाउन बालुवाटार पुगेको एमाओवादी महिला संगठनकी शशि श्रेष्ठ र अखिल क्रान्तिकारीका अध्यक्ष रमेश मल्ल नेतृत्वको टोलीसँग प्रधानमन्त्री कोइरालाले महिलामाथि हुने हिंसाबारे सरकार सजग रहेको र अपराधीलाई कडा सजाय दिने प्रतिबद्धता व्यक्त गरे।
‘हिंसाका घटनाको सही रिपोर्टिङ गरी सरकारलाई सहयोग पुर्या्उन प्रधानमन्त्री कोइरालाले हामीसँग आग्रह गर्नुभयो,' एमाओवादी महिला संगठनकी श्रेष्ठले कोइरालाको भनाइ उद्धृत गर्दै नागरिकसँग भनिन्, ‘उमेर नपुगेका बालबालिकाबाट पनि अपराध हुने प्रवृत्ति देखिएको छ, वयस्कहरूबाट हुने अपराध त झन् अक्षम्य हो।'
उक्त अवसरमा कानुनमन्त्री नरहरि आचार्यले किशोरी छात्रामाथि तेजाब हमलालाई सरकारले गम्भीरतासाथ लिएको र प्रहरीले गहन तरिकाले अनुसन्धान गरिरहेको बताए। उनले परिवारभित्रै हुने महिलाहिंसाको अवस्था भयावह रहेको औंल्याउँदै हाडनाता करणीसहित बलात्कारका घटनामा सजाय बढाउने गरी ऐन संशोधन गरिन लागेको जानकारी दिए। उनका अनुसार प्रस्तावित संशोधनमा जन्मकैदको अवधि २० वर्षबाट ३० वर्ष पुर्यााइएको छ भने बाबुबाटै बलात्कार भए थप १० वर्ष सजाय हुनेछ।
मन्त्री आचार्यले बलात्कारका घटना सरकारी निकायको जानकारीमा ल्याउन, पीडित महिलालाई पुनर्स्थापन गर्न र सुरक्षा गृहमा आश्रय दिन पनि सबैसँग सहयोगको आग्रह गरे। अदालतले प्रमाण र साक्षीको बयानलाई आधार बनाएर मुद्दा फैसला गर्ने भएकाले यस्ता मुद्दामा अदालतलाई सहयोग पुर्यालउन सबैले ध्यान दिनुपर्ने उनको भनाइ छ।
महिला प्रतिनिधिहरूले महिलाविरुद्ध हिंसाका पीडक र बलात्कारीलाई कडा दण्ड दिएर नियन्त्रण गर्न प्रधानमन्त्रीसँग आग्रह गरेको श्रेष्ठले बताइन्।

प्रतिक्रिया

उपराष्ट्रपतिका छोरा सवारी जाममा परेपछि यसरी पोखे आक्रोस

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो चीन भ्रमणबाट फर्कंदै थिए। उनीको सवारी हुने भएपछि सदा झैं सुरक्षाकर्मीले बाटो खाली बनाएका थिए। त्यहि बाटोहुँदै उनका छोरा दिपेश पुन माइक्रोमा कतै जाँदै थिए।

संविधानपछि एमाले आर्थिक विकासमा केन्द्रितः नेता नेपाल

तनहुँ– एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)ले देशमा आर्थिक विकासमा केन्द्रित भएर काम गर्ने बताएका छन्।

तीन अाेटै निर्वाचन यही सरकारले गराउँ छः मन्त्री राई

भक्तपुर– सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले अहिलेको केपी ओली सरकारको विकल्प नभएको बताएका छन्। यही सरकारले नै समस्याहरु हल गर्दै तीन अाेटै निर्वाचन गराउने तयारी थालेको उनले...

आयोगको प्रतिवेदन नआउँदै चुनाव गराउन मिल्दैनः सभापति देउवा

नेपालगन्ज– नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निकायको निवाचनका विषयमा सरकारले 'विरोधाभासपूर्ण' कुरा गरिरहेको बताएका छन्।  

सरकारमै बसेर संविधान उल्लंघन

काठमाडौं- नयाँ संविधान कार्यान्वयन गर्ने शपथ खाएर सरकारमा गएका दलका नेता तथा मन्त्री नै संविधानको मर्मविपरीत अभिव्यक्ति र क्रियाकलापमा संलग्न देखिएका छन्। उनीहरू सात दशकको चरम संघर्षपछि संविधानसभाबाट जारी संविधानका...

न्यायाधीशका नाममा असुली

काठमाडौं- 'ढकाल श्रीमान् (न्यायाधीश) सँग कुरा भएको छ, नहटाउनुस् (पेसी) भन्नुहुन्छ,' अधिवक्ता सञ्जयराज अधिकारी आफ्ना सेवाग्राहीस"ग मोबाइलमा भन्छन्। 'हुन्छ भन्नुभा छ? हुन्न भने बरु कसैलाई बिरामी भनेर (पेसी) हटाउनुपर्ला,' सेवाग्राही...

उजुरी दिने समय थप

उजुरी दिने समय थप

काठमाडौं- द्वन्द्वकालमा घटना अनुसन्धान गरी दोषीलाई कारबाही सिफारिस गर्ने अधिकार पाएका सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरी दिने समयसीमा एक महिना थप गरेका छन्।

२०७४ माघ ७ भित्र सबै निर्वाचन

काठमाडौं- मधेसवादी दलले संविधानप्रति असन्तुष्टि जनाइरहेका बेला सरकारले २०७४ माघ ७ गतेभित्र स्थानीय निकाय, प्रदेश र संसदीय निर्वाचन सम्पन्न गर्नेलगायत नयाँ संविधान कार्यान्वयनको कार्ययोजना पारित गरेको छ।