Sunday 9 Baishak, 2075 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

आन्दोलन फिर्ता लिन प्रधानमन्त्रीको आग्रह

(0 votes)
आन्दोलन फिर्ता लिन प्रधानमन्त्रीको आग्रह
काठमाडौं– प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनका कार्यक्रम फितौ लिएर संविधान निर्माणमा सहभागी हुन मधेसकेन्द्रित दलका नेतालाई आग्रह गरेका छन्।
nepali-patro-june
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदार र तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई छुट्टाछुट्टै भेटी कोइरालाले संविधान निर्माणमा सहयोग मागेका हुन्।
सहमति जुटेका विषयलाई मस्यौदा समितिमा पठाउने सत्तारूढ दलको निर्णयमा सहयोग गर्न आग्रह गर्दै प्रधानमन्त्री कोइरालाले संघीयताको विषयमा पछि टुंगो लगाउन प्रस्ताव गरेका थिए। तर, दुवै अध्यक्षले सबै विषय टुंगो लगाएर मात्र संविधानको मस्यौदा लेखन अघि बढाउनुपर्ने भन्दै संघीयताका विषयमा लचिलो बन्न कोइरालालाई आग्रह गरेका थिए।
प्रधानमन्त्री कोइरालाले आइतबार एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल, राप्रपा नेपाल अध्यक्ष कमल थापा र राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीलाई पनि बालुवाटार बोलाएर सहमति भएका विषयलाई मस्यौदामा पठाउने सत्तारूढ दलको प्रस्तावमा सहयोग गर्न आग्रह गरेका थिए। तर, राजमो अध्यक्ष केसीले प्रस्ताव स्वीकार गरेका थिए।

प्रतिक्रिया

उपराष्ट्रपतिका छोरा सवारी जाममा परेपछि यसरी पोखे आक्रोस

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो चीन भ्रमणबाट फर्कंदै थिए। उनीको सवारी हुने भएपछि सदा झैं सुरक्षाकर्मीले बाटो खाली बनाएका थिए। त्यहि बाटोहुँदै उनका छोरा दिपेश पुन माइक्रोमा कतै जाँदै थिए।

संविधानपछि एमाले आर्थिक विकासमा केन्द्रितः नेता नेपाल

तनहुँ– एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)ले देशमा आर्थिक विकासमा केन्द्रित भएर काम गर्ने बताएका छन्।

तीन अाेटै निर्वाचन यही सरकारले गराउँ छः मन्त्री राई

भक्तपुर– सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले अहिलेको केपी ओली सरकारको विकल्प नभएको बताएका छन्। यही सरकारले नै समस्याहरु हल गर्दै तीन अाेटै निर्वाचन गराउने तयारी थालेको उनले...

आयोगको प्रतिवेदन नआउँदै चुनाव गराउन मिल्दैनः सभापति देउवा

नेपालगन्ज– नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निकायको निवाचनका विषयमा सरकारले 'विरोधाभासपूर्ण' कुरा गरिरहेको बताएका छन्।  

सरकारमै बसेर संविधान उल्लंघन

काठमाडौं- नयाँ संविधान कार्यान्वयन गर्ने शपथ खाएर सरकारमा गएका दलका नेता तथा मन्त्री नै संविधानको मर्मविपरीत अभिव्यक्ति र क्रियाकलापमा संलग्न देखिएका छन्। उनीहरू सात दशकको चरम संघर्षपछि संविधानसभाबाट जारी संविधानका...

न्यायाधीशका नाममा असुली

काठमाडौं- 'ढकाल श्रीमान् (न्यायाधीश) सँग कुरा भएको छ, नहटाउनुस् (पेसी) भन्नुहुन्छ,' अधिवक्ता सञ्जयराज अधिकारी आफ्ना सेवाग्राहीस"ग मोबाइलमा भन्छन्। 'हुन्छ भन्नुभा छ? हुन्न भने बरु कसैलाई बिरामी भनेर (पेसी) हटाउनुपर्ला,' सेवाग्राही...

उजुरी दिने समय थप

उजुरी दिने समय थप

काठमाडौं- द्वन्द्वकालमा घटना अनुसन्धान गरी दोषीलाई कारबाही सिफारिस गर्ने अधिकार पाएका सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरी दिने समयसीमा एक महिना थप गरेका छन्।

२०७४ माघ ७ भित्र सबै निर्वाचन

काठमाडौं- मधेसवादी दलले संविधानप्रति असन्तुष्टि जनाइरहेका बेला सरकारले २०७४ माघ ७ गतेभित्र स्थानीय निकाय, प्रदेश र संसदीय निर्वाचन सम्पन्न गर्नेलगायत नयाँ संविधान कार्यान्वयनको कार्ययोजना पारित गरेको छ।