Sunday 4 Kartik, 2075 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

माथिल्लो कर्णाली जलविद्युत आयोजनाको विरोधमा चर्काचर्की

(0 votes)
दैलेख– संसदको कृषि तथा जलस्रोत समितिका सभापति गगन थापा सहित सदस्यहरु सहभागी एक कार्यक्रममा दैलेखका साना दलका नेता/कार्यकर्ताहरुले चर्को रुपमा विरोध गरेका छन्।
nepali-patro-june
कार्यक्रम सुरु हुनसाथ उनीहरुले माथिल्लो कर्णालीको भारतीय कम्पनीलाई दिन लागेको भन्दै त्यसको विरोध गरेका हुन्।

कार्यक्रम सुरु लगत्तै संसद छलेर घुमाउरो बाटोबाट आयोजनालाई भारतीय कम्पनीलाई हस्तान्तरण गरेको भन्दै राष्ट्रिय जनर्मोचाका सचिव कविराज खत्रीले भने, 'आयोजना तत्काल बनेस् तर, राष्ट्र हितमा होस् भनेर आफुहरुले विरोध गरेका हौ।' जनता र राष्ट्रको हितमा जिएमआरसंग सम्झौता भए विरोध नगर्ने समेत उनले बताए। उनले निसर्त भारतीय कम्पनीलाई कर्णाली दिन लागेको भन्दै कडा रुपमा विरोध गरे। लगातार मजदुर किसान पार्टी, राष्ट्रिय जनर्मोचा, नेकपा माओवादी, नेकपा क्रान्तिकारी माओवादी लगायत दलहरुका नेताहरुले एकपछि अर्को गर्दै माथिल्लो कर्णालीको विषयमा आफ्ना विरोधी भनाईहरु राखे। नेपाल मजदुर किसान पार्टीका उपाध्यक्ष रत्नेश श्रेष्ठले लगानी बोर्ड दलाली बोर्ड भएकाले तत्काल खारेज गर्नु पर्ने सुझाव संसदको कृषि तथा जलश्रोत समितिसंग माग राखे। आफुहरु जिएमआरसंग भएको राष्ट्रहित विपरित भएका सम्झौता नसच्चाएसम्म विरोध जारी रहने श्रेष्ठले बताए।

प्रभावित क्षेत्रका निश्चित मान्छेहरुले मात्र पीडिए आयोजनाका बारेमा थाहा पाएपनि वरपर कसैले पनि थाहा नपाउनु दुर्भाग्य भएको नेकपा माओवादी (विप्लव) दैलेखका सचिव कलम विकले बताए । उनीहरु शनिवार दैलेख सदरमुकाममा भएको कार्यक्रममा समितिका सभापति सहितको टोलीलाई विरोधी भाषण सुनाएका हुन। कर्णालीको नाममा वर्षेनी कार्यक्रम मात्र गरेर नहुँने भन्दै काँग्रेसका दैलेख क्षेत्र नम्वर १ का सभापती गणेश उपाध्ययले गति लिन नसक्नु दुखद विषय भएको बताए। उनले कर्णालीकै नाममा निश्चित मान्छेहरु मोटाउने खेल भईरहनु दुखद कुरा भएको बताए। कार्यक्रमा काँग्रेस, एमाले र माओवादी (केन्द्र) का जिल्ला नेताहरुले मध्यमार्गी रुपमा सुझाव दिएका थिए । समितिका सभापति गगन थापाले समितिका बहुमत सदस्यहरुले पीडिए सुधार गरी छिटो सार्वजनिक गर्न निर्देशन दिएको बताए। 'स्थानीय जनतालाई मार नपर्ने गरी आयोजना बन्नुपर्छ ।' सभापति थापाले भने, 'मुआब्जा शेयर लगायत कुराहरुमा स्थानीयहरुलाई फाईदा हुने गरि हुनुपर्छ।'

प्रतिक्रिया

उपराष्ट्रपतिका छोरा सवारी जाममा परेपछि यसरी पोखे आक्रोस

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो चीन भ्रमणबाट फर्कंदै थिए। उनीको सवारी हुने भएपछि सदा झैं सुरक्षाकर्मीले बाटो खाली बनाएका थिए। त्यहि बाटोहुँदै उनका छोरा दिपेश पुन माइक्रोमा कतै जाँदै थिए।

संविधानपछि एमाले आर्थिक विकासमा केन्द्रितः नेता नेपाल

तनहुँ– एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)ले देशमा आर्थिक विकासमा केन्द्रित भएर काम गर्ने बताएका छन्।

तीन अाेटै निर्वाचन यही सरकारले गराउँ छः मन्त्री राई

भक्तपुर– सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले अहिलेको केपी ओली सरकारको विकल्प नभएको बताएका छन्। यही सरकारले नै समस्याहरु हल गर्दै तीन अाेटै निर्वाचन गराउने तयारी थालेको उनले...

आयोगको प्रतिवेदन नआउँदै चुनाव गराउन मिल्दैनः सभापति देउवा

नेपालगन्ज– नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निकायको निवाचनका विषयमा सरकारले 'विरोधाभासपूर्ण' कुरा गरिरहेको बताएका छन्।  

सरकारमै बसेर संविधान उल्लंघन

काठमाडौं- नयाँ संविधान कार्यान्वयन गर्ने शपथ खाएर सरकारमा गएका दलका नेता तथा मन्त्री नै संविधानको मर्मविपरीत अभिव्यक्ति र क्रियाकलापमा संलग्न देखिएका छन्। उनीहरू सात दशकको चरम संघर्षपछि संविधानसभाबाट जारी संविधानका...

न्यायाधीशका नाममा असुली

काठमाडौं- 'ढकाल श्रीमान् (न्यायाधीश) सँग कुरा भएको छ, नहटाउनुस् (पेसी) भन्नुहुन्छ,' अधिवक्ता सञ्जयराज अधिकारी आफ्ना सेवाग्राहीस"ग मोबाइलमा भन्छन्। 'हुन्छ भन्नुभा छ? हुन्न भने बरु कसैलाई बिरामी भनेर (पेसी) हटाउनुपर्ला,' सेवाग्राही...

उजुरी दिने समय थप

उजुरी दिने समय थप

काठमाडौं- द्वन्द्वकालमा घटना अनुसन्धान गरी दोषीलाई कारबाही सिफारिस गर्ने अधिकार पाएका सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरी दिने समयसीमा एक महिना थप गरेका छन्।

२०७४ माघ ७ भित्र सबै निर्वाचन

काठमाडौं- मधेसवादी दलले संविधानप्रति असन्तुष्टि जनाइरहेका बेला सरकारले २०७४ माघ ७ गतेभित्र स्थानीय निकाय, प्रदेश र संसदीय निर्वाचन सम्पन्न गर्नेलगायत नयाँ संविधान कार्यान्वयनको कार्ययोजना पारित गरेको छ।