Sunday 4 Kartik, 2075 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

नयाँ शक्ति घोषणामा दाहाल देखि डिपी त्रिपाठी सम्मलाई निम्ता

(0 votes)
नयाँ शक्ति घोषणामा दाहाल देखि डिपी त्रिपाठी सम्मलाई निम्ता
काठमाडौं– बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले आइतबार दशरथ रंगशालामा औपचारिक रूपमा पार्टी घोषणा गर्दै छ। घोषणा समारोहमा ७५ जिल्ला र २४ देशबाट आउने प्रतिनिधिले सहभागिता जनाउने प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए। त्यसका लागि प्रतिनिधि काठमाडौं आउने क्रम सुरु भइसकेको छ।
nepali-patro-june
सत्तारुढ दलसहित २५ देशका राजदूतलाई समेत निम्तो गरिएको उक्त पार्टीले जनाएको छ। कुपोन्डल, बबरमहल, कालिमाटी र रत्नपार्कबाट सुरु हुने पदर्शन अपराह्न १२ बजेभित्र रंगाशालामा प्रवेश गरिसक्नेछन्।

व्यवस्थापन समिति संयोजक बलावती शर्माका अनुसार प्रदर्शनमा आउनेमध्ये १५ सय प्रतिनिधिलाई बिरयानी खुवाइनेछ। जेठ ३०, ३१ र ३२ गतेसम्म काठमाडौंमा छलफलका लागि रहने प्रतिनिधिलाई आवास व्यवस्था मिलाइएको छ। ३० गते रंगशालामा घोषणासभा भए पनि बन्दसत्र भने कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा ३१–३२ गतेसम्म जारी रहनेछ।

'अबको निकास आर्थिक विकास' भन्ने नारासहित भट्टराईले पत्रपत्रिका, टिभी र युट्युबबाट आफ्नो योजना प्रचार गरिरहेका छन् । एक लाखभन्दा बढीलाई एकैपटक संस्थापक सदस्य बनाउने योजना रहेको पनि नयाँ शक्तिले जनाएको छ।

को को आउँदैछन् अतिथि

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरवहादुर देउवालाई अतिथिको रुपमा बोलाइएको छ। शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै संयोजक भट्टराईले उनीहरुलाई अतिथिको रुपमा बोलाएको र पुन एक पटक फोन गरेर कार्यक्रममा आउन आग्रह गर्ने बताए।

यस्तै विदेशी कुटनीतिक नियोकका प्रतिनिधिहरुलाई पनि अतिथिको रुपमा आमन्त्रण गरेको प्रवक्ता देवकोटाले बताए। भारताबाट पनि विभिन्न पार्टीका नेताहरु आउने बताए। पार्टी घोषणा कार्क्रममा भारतबाट राष्ट्रिय कांग्रेस युनाइटेडका डिपी त्रिपाठी, जनता दल युनाइटेडका केसी त्यागी र बहुजन समाजवादी सुरधिन्द्र भदौरीया आउँदैछन्। विहारका मुख्यमन्त्री नितिस कुमार र आम आदमी पार्टीका अध्यक्ष अरविन्द्र केजरीवाललाई कार्यक्रममा निम्तो पाठइए पनि उनीहरु नआउने भएका छन्।

भित्ने लेखन गरेनन्

प्रचार प्रसार शैलिमा पनि नयाँ शक्तिले नयाँ 'ट्रेण्ड' देखाएको छ। राजनीतिक दलको महाधिवेशन आउँदै गर्दा शहरका भित्ताहरु नारा, व्यानर र पोष्टरले भरिने गरे पनि नयाँ शक्तिले त्यस्तो गरेन। नयाँ शक्तिले प्रचार प्रसारमा प्रविधि र आमसञ्चारका माध्यम प्रयोग गरेको छ। यूटुव विज्ञापन देखि पत्रपत्रिकामा उसले आफ्नो विज्ञापन गरेको छ। टेलिभिजन विज्ञापनमा पार्टी संयोजब बाबुराम भट्टराई आफैं देखिएका छन्। दैनिक पत्रिका देखि अनलाईमा उसले विज्ञापन समेत गरेको छ भने सामाजिक सञ्चालमा पनि सक्रियता बढाएको छ।

पार्टी घोषणा स्थल रंगशालामा ४ वटा डिजिटल मनिटर राखिएको छ।

प्रतिक्रिया

उपराष्ट्रपतिका छोरा सवारी जाममा परेपछि यसरी पोखे आक्रोस

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो चीन भ्रमणबाट फर्कंदै थिए। उनीको सवारी हुने भएपछि सदा झैं सुरक्षाकर्मीले बाटो खाली बनाएका थिए। त्यहि बाटोहुँदै उनका छोरा दिपेश पुन माइक्रोमा कतै जाँदै थिए।

संविधानपछि एमाले आर्थिक विकासमा केन्द्रितः नेता नेपाल

तनहुँ– एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)ले देशमा आर्थिक विकासमा केन्द्रित भएर काम गर्ने बताएका छन्।

तीन अाेटै निर्वाचन यही सरकारले गराउँ छः मन्त्री राई

भक्तपुर– सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले अहिलेको केपी ओली सरकारको विकल्प नभएको बताएका छन्। यही सरकारले नै समस्याहरु हल गर्दै तीन अाेटै निर्वाचन गराउने तयारी थालेको उनले...

आयोगको प्रतिवेदन नआउँदै चुनाव गराउन मिल्दैनः सभापति देउवा

नेपालगन्ज– नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निकायको निवाचनका विषयमा सरकारले 'विरोधाभासपूर्ण' कुरा गरिरहेको बताएका छन्।  

सरकारमै बसेर संविधान उल्लंघन

काठमाडौं- नयाँ संविधान कार्यान्वयन गर्ने शपथ खाएर सरकारमा गएका दलका नेता तथा मन्त्री नै संविधानको मर्मविपरीत अभिव्यक्ति र क्रियाकलापमा संलग्न देखिएका छन्। उनीहरू सात दशकको चरम संघर्षपछि संविधानसभाबाट जारी संविधानका...

न्यायाधीशका नाममा असुली

काठमाडौं- 'ढकाल श्रीमान् (न्यायाधीश) सँग कुरा भएको छ, नहटाउनुस् (पेसी) भन्नुहुन्छ,' अधिवक्ता सञ्जयराज अधिकारी आफ्ना सेवाग्राहीस"ग मोबाइलमा भन्छन्। 'हुन्छ भन्नुभा छ? हुन्न भने बरु कसैलाई बिरामी भनेर (पेसी) हटाउनुपर्ला,' सेवाग्राही...

उजुरी दिने समय थप

उजुरी दिने समय थप

काठमाडौं- द्वन्द्वकालमा घटना अनुसन्धान गरी दोषीलाई कारबाही सिफारिस गर्ने अधिकार पाएका सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरी दिने समयसीमा एक महिना थप गरेका छन्।

२०७४ माघ ७ भित्र सबै निर्वाचन

काठमाडौं- मधेसवादी दलले संविधानप्रति असन्तुष्टि जनाइरहेका बेला सरकारले २०७४ माघ ७ गतेभित्र स्थानीय निकाय, प्रदेश र संसदीय निर्वाचन सम्पन्न गर्नेलगायत नयाँ संविधान कार्यान्वयनको कार्ययोजना पारित गरेको छ।