Sunday 4 Kartik, 2075 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

कृषिमन्त्रीलाई गुन्द्रुक र फुलौरा

(0 votes)
सिन्धुली-कृषि मन्त्री हरिबोल गजुरेलाई सिन्धुलीमा गुन्द्रुक र फुलौराले स्वागत गरिएको छ। जिल्लामै पहिलोपटक आयोजना भएको खाद्य मेला २०७३ को अवलोकन गर्न खाद्य स्टलमा पुगेका मन्त्री गजुरेललाई स्थानीय उत्पादन भन्दै गुन्दु्रक र फुलौरा दिइएको हो।
nepali-patro-june
स्टलमा राखिएको फुलौरा र गुन्द्रुक मन्त्री गजुरेलले तत्कालै खाएका थिए। शनिबार बिहानबाट सुरु भएको मेला सम्बोधन गर्न आएका मन्त्री गजुरेलले अवलोकन गर्ने क्रममा स्टल ब्यवसायीले स्थानीय उत्पादन खुवाएर स्वागत गरेका थिए।

बिदेशी निर्यात बढी भइरहदा जिल्लामै उत्पादन भएको बस्तुहरु पोष्ट्रिक आहारयुक्त भएपनि त्यसले स्थान नपाएकाले जिल्लामा खाद्य मेला गरिएको हो। "परम्परागत पोषिलो स्थानीय खाद्य पदार्थको प्रवर्धन, असल खानपानका लागि खानेवानीमा परिवर्तन" भन्ने नारा सहितको खाद्य मेलामा स्थानीय उत्पादनलाई बिशेष प्राथमिकता दिइएको छ। परम्परागत कृषि उत्पादित वस्तुहरुको प्रर्वधन गरि मेलामा परम्परागत जातीय पहिचान झल्कने परिकार तथा कृषि जन्य उत्पादनका स्टलहरु राएिको मेला आयोजक क्षेत्रिय खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटौडाले जनाएको छ। मेलामा सिस्नुका पिठो, मकैको पिठो फापरका विभिन्न परिकार र विभिन्न जातजातिका आफ्नो संस्कार संस्कृति झल्कने खानेकुरा गरि पचास ओटा भन्दा बढी स्टल रहेको सिन्धुली उद्योग बाणिज्य संघका अध्यक्ष बिनेशकुमार श्रेष्ठले जानकारी दिए।

चेतनाको अभावमा सन्तुलित खाना नखाएको अवस्थामा खाद्य मेलाको प्रर्दशनीले स्थानीयलाई स्थानीय स्तरमै उत्पादित खाद्यन्न खानमा सघाउ पुर्या उँदै स्वास्थ्य व्यक्ति र स्वास्थ्य समाज तयार गर्ने उदेश्य रहेको श्रेष्ठले बताए । मेला सञ्चालन गर्न क्षेत्रिय खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटौडा सहित जिल्लास्थित सिन्धुली उद्योग बाणिज्य संघ, होटल व्यावसायी संघ सिन्धुली, जिल्ला विकास समिति सिन्धुली, कमलामाई नगरपालिका कार्यालय सिन्धुली, जिल्ला कृषि विकास कार्यालय सिन्धुली, पशु सेवा कार्यालय सिन्धुली, घरेलु तथा साना उद्योग विकास समिति सिन्धुली रहेका छन् । मेला आइतबारसम्म सञ्चालन हुने छ।

प्रतिक्रिया

उपराष्ट्रपतिका छोरा सवारी जाममा परेपछि यसरी पोखे आक्रोस

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो चीन भ्रमणबाट फर्कंदै थिए। उनीको सवारी हुने भएपछि सदा झैं सुरक्षाकर्मीले बाटो खाली बनाएका थिए। त्यहि बाटोहुँदै उनका छोरा दिपेश पुन माइक्रोमा कतै जाँदै थिए।

संविधानपछि एमाले आर्थिक विकासमा केन्द्रितः नेता नेपाल

तनहुँ– एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)ले देशमा आर्थिक विकासमा केन्द्रित भएर काम गर्ने बताएका छन्।

तीन अाेटै निर्वाचन यही सरकारले गराउँ छः मन्त्री राई

भक्तपुर– सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले अहिलेको केपी ओली सरकारको विकल्प नभएको बताएका छन्। यही सरकारले नै समस्याहरु हल गर्दै तीन अाेटै निर्वाचन गराउने तयारी थालेको उनले...

आयोगको प्रतिवेदन नआउँदै चुनाव गराउन मिल्दैनः सभापति देउवा

नेपालगन्ज– नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निकायको निवाचनका विषयमा सरकारले 'विरोधाभासपूर्ण' कुरा गरिरहेको बताएका छन्।  

सरकारमै बसेर संविधान उल्लंघन

काठमाडौं- नयाँ संविधान कार्यान्वयन गर्ने शपथ खाएर सरकारमा गएका दलका नेता तथा मन्त्री नै संविधानको मर्मविपरीत अभिव्यक्ति र क्रियाकलापमा संलग्न देखिएका छन्। उनीहरू सात दशकको चरम संघर्षपछि संविधानसभाबाट जारी संविधानका...

न्यायाधीशका नाममा असुली

काठमाडौं- 'ढकाल श्रीमान् (न्यायाधीश) सँग कुरा भएको छ, नहटाउनुस् (पेसी) भन्नुहुन्छ,' अधिवक्ता सञ्जयराज अधिकारी आफ्ना सेवाग्राहीस"ग मोबाइलमा भन्छन्। 'हुन्छ भन्नुभा छ? हुन्न भने बरु कसैलाई बिरामी भनेर (पेसी) हटाउनुपर्ला,' सेवाग्राही...

उजुरी दिने समय थप

उजुरी दिने समय थप

काठमाडौं- द्वन्द्वकालमा घटना अनुसन्धान गरी दोषीलाई कारबाही सिफारिस गर्ने अधिकार पाएका सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरी दिने समयसीमा एक महिना थप गरेका छन्।

२०७४ माघ ७ भित्र सबै निर्वाचन

काठमाडौं- मधेसवादी दलले संविधानप्रति असन्तुष्टि जनाइरहेका बेला सरकारले २०७४ माघ ७ गतेभित्र स्थानीय निकाय, प्रदेश र संसदीय निर्वाचन सम्पन्न गर्नेलगायत नयाँ संविधान कार्यान्वयनको कार्ययोजना पारित गरेको छ।