Sunday 4 Kartik, 2075 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

प्रधानमन्त्रीले एकतालाई तोड्ने काम गर्दैछन्ः अध्यक्ष यादव

(0 votes)
प्रधानमन्त्रीले एकतालाई तोड्ने काम गर्दैछन्ः अध्यक्ष यादव
इटहरी– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले विखण्डनको बीउ रोप्ने र राष्ट्रिय एकतालाई तोड्ने काम गरेको आरोप लगाएका छन्।
nepali-patro-june
उनले संघीय गठबन्धनको शान्तिपूर्ण र अहिंसात्मक आन्दोलनलाई प्रधानमन्त्री ओलीले गलत ढंगले टिप्पणी गरेर विखण्डन र राष्ट्रिय एकतालाई तोड्ने काम गरेको जिकिर गरे।

'संघीय गठबन्धनको आन्दोलन सबैलाई एकताबद्ध गर्दै सम्पूर्ण जातजातिलाई अधिकार, धर्म–संस्कृतिको रक्षा, विभेद र सामाजिक न्यायका निम्ति हो,' इटहरीमा शनिबार लिम्बुवान मुक्ति मोर्चासँग भएको पार्टी एकतासभामा अध्यक्ष यादवले भने, 'प्रधानमन्त्री ओलीले हाम्रो आन्दोलनप्रति गलत ढंगले टिप्पणी गर्दै आएका छन्।' उनले संघीय गठबन्धनको आन्दोलनले हिमाल, पहाड र तराईलाई जोड्ने काम गरे पनि प्रधानमन्त्री ओलीले विखण्डनकारी र अरुको उक्साहटमा लागेको भनी गलत टिप्पणी गरेको बताए।

यादवले सरकारले शान्तिपूर्ण आन्दोलनको आवाज नसुनेमा जनताले विद्रोह गर्ने र हतियारसमेत उठाउन सक्ने चेतावनी दिए। 'जनताले थालेको सत्याग्राहको आन्दोलनलाई रोक्न खोजे देशमा दुर्दशा उत्पन्न हुन सक्छ,' उनले भने, 'सरकार जनताको आवाज दमन गर्नतर्फ नलागोस्।' आन्दोलन असफल भए मुलुक नै असफल हुने उनले दावी गरे।

'प्रधानमन्त्री ओलीले आन्दोलनकारी थाकेको भनेर टिप्पणी गरे पनि आन्दोलनकारी थाले मुलुक असफल हुनेछ,' उनले भने। उनले अहिलेको संविधान राणकाल, पञ्चायत र निरङ्कुश कालको नयाँ संशोधनको रुप मात्र भएकाले गर्दा पुर्नलेखन हुर्नैपर्ने जिकिर गरे।

'चार–पाँच जना नेताले ड्राफ्ट गरेर फास्ट ट्र«याकका नाममा ल्याइएको संविधान जनताको प्रतिनिधीसभाबाट ल्याइएको भन्न मिल्दैन,' उनले भने, 'जर्बरजस्ती लादन खोजे स्वीकार्य हुँदैन।' उनले सम्पूर्णका आवाज समेटिएमात्र संघीय लोकतान्त्रिक गणतन्त्र मान्यता स्थापित हुने बताए।

प्रतिक्रिया

उपराष्ट्रपतिका छोरा सवारी जाममा परेपछि यसरी पोखे आक्रोस

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो चीन भ्रमणबाट फर्कंदै थिए। उनीको सवारी हुने भएपछि सदा झैं सुरक्षाकर्मीले बाटो खाली बनाएका थिए। त्यहि बाटोहुँदै उनका छोरा दिपेश पुन माइक्रोमा कतै जाँदै थिए।

संविधानपछि एमाले आर्थिक विकासमा केन्द्रितः नेता नेपाल

तनहुँ– एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)ले देशमा आर्थिक विकासमा केन्द्रित भएर काम गर्ने बताएका छन्।

तीन अाेटै निर्वाचन यही सरकारले गराउँ छः मन्त्री राई

भक्तपुर– सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले अहिलेको केपी ओली सरकारको विकल्प नभएको बताएका छन्। यही सरकारले नै समस्याहरु हल गर्दै तीन अाेटै निर्वाचन गराउने तयारी थालेको उनले...

आयोगको प्रतिवेदन नआउँदै चुनाव गराउन मिल्दैनः सभापति देउवा

नेपालगन्ज– नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निकायको निवाचनका विषयमा सरकारले 'विरोधाभासपूर्ण' कुरा गरिरहेको बताएका छन्।  

सरकारमै बसेर संविधान उल्लंघन

काठमाडौं- नयाँ संविधान कार्यान्वयन गर्ने शपथ खाएर सरकारमा गएका दलका नेता तथा मन्त्री नै संविधानको मर्मविपरीत अभिव्यक्ति र क्रियाकलापमा संलग्न देखिएका छन्। उनीहरू सात दशकको चरम संघर्षपछि संविधानसभाबाट जारी संविधानका...

न्यायाधीशका नाममा असुली

काठमाडौं- 'ढकाल श्रीमान् (न्यायाधीश) सँग कुरा भएको छ, नहटाउनुस् (पेसी) भन्नुहुन्छ,' अधिवक्ता सञ्जयराज अधिकारी आफ्ना सेवाग्राहीस"ग मोबाइलमा भन्छन्। 'हुन्छ भन्नुभा छ? हुन्न भने बरु कसैलाई बिरामी भनेर (पेसी) हटाउनुपर्ला,' सेवाग्राही...

उजुरी दिने समय थप

उजुरी दिने समय थप

काठमाडौं- द्वन्द्वकालमा घटना अनुसन्धान गरी दोषीलाई कारबाही सिफारिस गर्ने अधिकार पाएका सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरी दिने समयसीमा एक महिना थप गरेका छन्।

२०७४ माघ ७ भित्र सबै निर्वाचन

काठमाडौं- मधेसवादी दलले संविधानप्रति असन्तुष्टि जनाइरहेका बेला सरकारले २०७४ माघ ७ गतेभित्र स्थानीय निकाय, प्रदेश र संसदीय निर्वाचन सम्पन्न गर्नेलगायत नयाँ संविधान कार्यान्वयनको कार्ययोजना पारित गरेको छ।