9 Mangshir, 2074 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

आयोगको प्रतिवेदन नआउँदै चुनाव गराउन मिल्दैनः सभापति देउवा

  • शुक्रबार ३ असार, २०७३
  • अर्जुन ओली
  • Be the first to comment!
(0 votes)

नेपालगन्ज– नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निकायको निवाचनका विषयमा सरकारले 'विरोधाभासपूर्ण' कुरा गरिरहेको बताएका छन्।

 

nepali-patro-june
नेपाल प्रेस युनियन बाँकेले शुक्रबार बिहान नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा बोल्दै उनले सरकारले एकातिर मंसिरमा स्थानीय निकायको निर्वाचन गराउँछौं भन्ने, अर्कोतिर राज्य पुनःसंरचना आयोगको म्याद फागुन मसान्तसम्म राख्नु विरोधाभासपूर्ण भएको जिकिर गरे।

'मंसिरमै चुनाव गर्न पनि हामी तयार छौं, तर यो सरकारले एकातिर मंसिरमा स्थानीय निकायको चुनाव गराउँछु भन्छ, फेरि राज्य पुर्नसंरचना आयोगको म्याद फागुन मसान्तसम्म भनेको छ, यो विरोधासासपूर्ण त भयो,' उनले भने, 'मंसिरमा चुनाव गराउने भए कि त साउनमै आयोगको रिपोर्ट ल्याउनु प¥यो, रिपोर्ट नआएर गरिने निर्वाचनको औचित्य के त?' चुनावबाट कांग्रेस नडराएको कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले प्रष्ट्याए।

आयोगलाई काम गर्न नदिएर चुनाव गराउने भए खारेज गर्न सरकारलाई सुझाव दिए। 'आयोगले प्रतिवेदन नबुझाउँदै पुरानै व्यवस्थाअनुसार स्थानीय निकायको निर्वाचन गराउने हो भने सरकारले आयोग खारेज गरे भइहाल्यो नि, नत्र आयोगको रिपोर्टका आधारमा नयाँ संविधानको व्यवस्थाअनुसार चुनाव हुनुपर्छ,' देउवाले भने।

संविधान कार्यानवयन नगर्न सरकारले तीन महिनाका लागि स्थानीय निकायको निर्वाचन गराउने कुरा मात्रै गरेर जनताको आँखामा छारो हाल्न खोजेको उनको आरोप छ। राज्य पुनःसंरचना आयोगले दिएको रिपोर्टको आधारमा अहिलेको स्थानीय निकाय खारेज हुने र गाउँपालिका तथा कार्यपालिका निर्माण हुने स्पष्ट पार्दै देउवाले थपे, 'राष्ट्रिय सभामा गाउँपालिका, नगरपालिकाका प्रमुख र उपप्रमुखले नै भोट हुन, स्थानीय निर्वाचन भइसकेपछि प्रान्तिय र केन्द्रिय संसदको चुनाव हुन्छ अनि राष्ट्रिय सभाको चुनाव हुन्छ त्यसपछि राष्ट्रपतिको चुनाव हुने हो ।'

संविधान कार्यान्वयन भन्दापनि उखान टुक्का, झुट्टो आश्वासन र झुट्टो कुरा गरेर जनतालाई अलमल्याइरहेको यो सरकार चुनाव गराउने पक्षमा नरहेको सभापति देउवाले ठोकुवा गरे । आन्दोलनमा रहेका मधेसवादी दलको माग पुरा गर्न छाडेर एकतर्फी रुपमा सरकारले चुनावको कुरा गरिरहेको भन्दै असन्तुष्टी जनाए । उनले मधेसवादी दलसँग मिलेपछि फेरीपनि संविधान संशोधन हुने बताए । कांग्रेस प्रतिपक्षीमै बसेर मुख्य रुपमा संविधान कार्यान्वयनमा केन्द्रित हुने देउवाको भनाई छ । संविधान कार्यान्वयनमा नआउँदै कांग्रेसलाई सरकारमा जान हतार नभएको प्रष्ट्याए । सरकारको कार्यशैलीले संविधान कार्यान्वयनको जटिल समस्या अगाडी आएको उनको बुझाई छ ।

सरकार ढाल्ने प्रयास असफल भएको भन्ने पत्रकारको जिज्ञासामा सभापति देउवाले भने, 'हामी विपक्षी पार्टी हौं, प्रचण्ड जी आफै आएर हामीसँग सरकार ढाल्छौं, साथ दिनुप¥यो भनेपछि हामीले सरकारलाई कसरी बचाउनु त?'

सत्तारुढ दलले ७५ जनाको पुरानै संसदिय सुनुवाई समितिलाई मानेको भए अहिले सम्म सबै कुराको टुंगो लागि सक्ने उनले बताए । द्धन्द्धकालिन घटनाका सम्वन्धमा आफूले कसैको नाममा किटानी उजुरी नदिएको स्पष्ट पारे।

प्रतिक्रिया

उपराष्ट्रपतिका छोरा सवारी जाममा परेपछि यसरी पोखे आक्रोस

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो चीन भ्रमणबाट फर्कंदै थिए। उनीको सवारी हुने भएपछि सदा झैं सुरक्षाकर्मीले बाटो खाली बनाएका थिए। त्यहि बाटोहुँदै उनका छोरा दिपेश पुन माइक्रोमा कतै जाँदै थिए।

संविधानपछि एमाले आर्थिक विकासमा केन्द्रितः नेता नेपाल

तनहुँ– एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)ले देशमा आर्थिक विकासमा केन्द्रित भएर काम गर्ने बताएका छन्।

तीन अाेटै निर्वाचन यही सरकारले गराउँ छः मन्त्री राई

भक्तपुर– सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले अहिलेको केपी ओली सरकारको विकल्प नभएको बताएका छन्। यही सरकारले नै समस्याहरु हल गर्दै तीन अाेटै निर्वाचन गराउने तयारी थालेको उनले...

आयोगको प्रतिवेदन नआउँदै चुनाव गराउन मिल्दैनः सभापति देउवा

नेपालगन्ज– नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निकायको निवाचनका विषयमा सरकारले 'विरोधाभासपूर्ण' कुरा गरिरहेको बताएका छन्।  

सरकारमै बसेर संविधान उल्लंघन

काठमाडौं- नयाँ संविधान कार्यान्वयन गर्ने शपथ खाएर सरकारमा गएका दलका नेता तथा मन्त्री नै संविधानको मर्मविपरीत अभिव्यक्ति र क्रियाकलापमा संलग्न देखिएका छन्। उनीहरू सात दशकको चरम संघर्षपछि संविधानसभाबाट जारी संविधानका...

न्यायाधीशका नाममा असुली

काठमाडौं- 'ढकाल श्रीमान् (न्यायाधीश) सँग कुरा भएको छ, नहटाउनुस् (पेसी) भन्नुहुन्छ,' अधिवक्ता सञ्जयराज अधिकारी आफ्ना सेवाग्राहीस"ग मोबाइलमा भन्छन्। 'हुन्छ भन्नुभा छ? हुन्न भने बरु कसैलाई बिरामी भनेर (पेसी) हटाउनुपर्ला,' सेवाग्राही...

उजुरी दिने समय थप

उजुरी दिने समय थप

काठमाडौं- द्वन्द्वकालमा घटना अनुसन्धान गरी दोषीलाई कारबाही सिफारिस गर्ने अधिकार पाएका सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरी दिने समयसीमा एक महिना थप गरेका छन्।

२०७४ माघ ७ भित्र सबै निर्वाचन

काठमाडौं- मधेसवादी दलले संविधानप्रति असन्तुष्टि जनाइरहेका बेला सरकारले २०७४ माघ ७ गतेभित्र स्थानीय निकाय, प्रदेश र संसदीय निर्वाचन सम्पन्न गर्नेलगायत नयाँ संविधान कार्यान्वयनको कार्ययोजना पारित गरेको छ।