Friday 11 Falgun, 2074 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

अन्योलमा भ्रातृ संगठन महाधिवेशन

(0 votes)
काठमाडौं- आन्तरिक विवाद समाधान नहुँदा नेपाली कांग्रेसका प्रमुख तीन भ्रातृ संगठनको महाधिवेशन अन्योलमा परेका छन्। पार्टी केन्द्रीय समितिको निर्देशनअनुसार मिति घोषणा गरे पनि तोकिएकै समयमा महाधिवेशन हुनेमा आशंका कायमै छ।
nepali-patro-june
कांग्रेस प्रमुख भ्रातृसंगठन नेपाल विद्यार्थी संघले साउन तेस्रो साता महाधिवेशन गर्ने घोषणा गरेको छ भने नेपाल तरुण दल र महिला संघले भदौ अन्तिम साता महाधिवेशन गर्ने जनाएका छन्। नेविसंघबाहेक अन्य दुई संगठनले महाधिवेशनको कार्यतालिका नै सार्वजनिक गरे पनि त्यसअनुसार गाउँदेखि जिल्लासम्मको अधिवेशन हुन सकेको छैन।

तरुण दलले जेठ १० भित्र पूर्णकालीन सदस्यता वितरण गरेर गाउँ अधिवेशन सक्ने, जेठ २० भित्र क्षेत्रीय र २५ भित्र जिल्ला अधिवेशन सक्ने कार्यतालिका सार्वजनिक गरे पनि हालसम्म ४१ जिल्लाको मात्रै अधिवेशन भएको छ। ३० जिल्लामा सदस्यता टुंगो लाग्नै बाँकी छ। भक्तपुर, धनुषा, कञ्चनपुरसहित जिल्लामा सदस्यता वितरणलगायत प्रक्रिया सुरु भएको छैन।

त्यस्तै काठमाडौं, काभ्रे, सुर्खेत, नुवाकोट, दोलखा, सुनसरी, कालिकोट, पर्वत, मुस्ताङ, नवलपरासी, महोत्तरी, चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, सप्तरी, गुल्मी, रुपन्देही, तनहुँ, रामेछाप, रसुवा, सिराहा, उदयपुरसहित जिल्लाको अधिवेशन टुंगो छैन। तरुण दल प्रचारप्रमुख मेदनी सिटौलाले गाउँ हुँदै जिल्ला अधिवेशन एकैदिन गर्ने कार्यतालिका प्रभावकारी हुन नसकेको स्वीकार गर्दै भने, 'एकैदिन अधिवेशन गर्ने कुरा प्रभावकारी देखिएको छैन तर महाधिवेशनको माहोल बन्दै गएकाले तोकिएकै समयमा गराउँछौं।'

दलको नेतृत्वका लागि सभापति देउवानिकट जन्मजय तिमल्सेना, कर्ण मल्ल, पदम पालुंगा, नागेश्वर यादवसहित नेता लागिपरेका छन्। त्यस्तै, रामचन्द्र पौडेल पक्षबाट दामोदर कोइराला, टेकराज पौडेल, लक्ष्मी खतिवडा, मेदनी सिटौला र नारायणप्रसाद भट्टराई लागिपरेका छन् भने कृष्णप्रसाद सिटौला पक्षले पनि पौडेलनिकट मानिएका सिटौला वा भट्टराई अघि सार्ने स्रोतको दाबी छ।

अर्को प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघले केही दिन अघि मात्र महाधिवेशन मिति घोषणा गरेको छ। साउन २३ देखि २५ गतेसम्म काठमाडौंमा ११ औं महाधिवेशन गर्ने निर्णय गरेको संघको प्रतिनिधि विवाद कसरी टुंगो लगाउने भन्ने निश्चित छैन।

पार्टी निर्देशक समितिले यसअघि टुंगो लगाएको ६४ जिल्लाका महाधिवेशन प्रतिनिधिलाई निरन्तरता दिँदै संघले महाधिवेशन गराउने तयारी गरेको छ भने बारा, पर्सा, रौतहट, रुपन्देही, कञ्चनपुरसहित ११ जिल्लाका साथै उपत्यकाका प्रमुख क्याम्पसमा विवाद कायमै छ।

संघका प्रवक्ता युपी लामिछानेले विवाद समाधान भएका जिल्ला र क्याम्पसलाई नचलाई बाँकी विवाद समाधान गरेर तोकेको मितिमा महाधिवेशन हुने बताए। पार्टीको निर्देशक समितिले यसअघि ६४ जिल्लाको प्रतिनिधि टुंगो लगाएको जनाउँदै उनले भने, 'बाँकी जिल्ला र क्याम्पसका विवाद मिलाउन समिति बनाएर समाधान गरेर महाधिवेशनमा पुग्छौं।'

प्रतिनिधि विवाद जारी रहे पनि संघको नेतृत्वका लागि सभापति देउवापक्षबाट जितजङ बस्नेत, नैनसिंह महर, राजीव ढुंगाना, सरोज थापासहितका लागिपरेका छन्। देउवानिकट अधिकांश नेताको चाहना बस्नेतलाई अध्यक्षमा अघि सार्ने पक्षमा रहे पनि विद्यार्थी नेताहरू भने उनको विपक्षमा देखिएका छन्। पौडेलपक्षबाट मनोजमणि आर्चाय, दीपक भट्टराई, नीलकण्ठ रिजाल संघको नेतृत्व लिन प्रतिस्पर्धामा छन् भने कुन्दन काफ्लेले तेस्रो धारको नेतृत्व गर्ने संघका नेताहरू बताउँछन्।

त्यस्तै, महिला संघले ६५ जिल्लाको अधिवेशन सके पनि १० जिल्लामा विवाद जारी छ। विवादका कारण धनुषा, महोत्तरी, सिरहा, कैलाली, पर्वत, पर्सा, रुकुम, नुवाकोटमा अधिवेशन भएको छैन। 'केही जिल्लामा अधिवेशन गर्न बाँकी छ,' संघकी केन्द्रीय सदस्य बिजुला बर्माले भनिन्, 'असार १५ भित्र जिल्ला अधिवेशन सक्ने कार्यकतालिका छ, कति सकिन्छ हेरौं!'

पार्टी केन्द्रीय समितिको निर्णय परिवर्तन नभए तरुण दल, महिला संघ र नेवि संघको वर्तमान समितिमा रहेका कुनै पनि नेता उम्मेदवार हुन पाउने छैनन्।

भ्रातृसंगठनको नेतृत्व पक्षमा पार्न सभापति देउवा र नेता रामचन्द्र पौडेल दुवैपक्षले निकट नेतालाई जिम्मेवारी दिएका छन्। तर, पार्टीले उनीहरूको महाधिवेशन गराउन कुनै समिति भने अझै बनाएको छैन। ६ महिनाभित्र महाधिवेशन गराउन भन्दै कांग्रेसले चार वर्षअघि प्रमुख ६ भ्रातृ संगठनको तत्कालीन केन्द्रीय समिति भंग गरी आयोजक समिति गठन गरेको थियो।

प्रतिक्रिया

उपराष्ट्रपतिका छोरा सवारी जाममा परेपछि यसरी पोखे आक्रोस

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो चीन भ्रमणबाट फर्कंदै थिए। उनीको सवारी हुने भएपछि सदा झैं सुरक्षाकर्मीले बाटो खाली बनाएका थिए। त्यहि बाटोहुँदै उनका छोरा दिपेश पुन माइक्रोमा कतै जाँदै थिए।

संविधानपछि एमाले आर्थिक विकासमा केन्द्रितः नेता नेपाल

तनहुँ– एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)ले देशमा आर्थिक विकासमा केन्द्रित भएर काम गर्ने बताएका छन्।

तीन अाेटै निर्वाचन यही सरकारले गराउँ छः मन्त्री राई

भक्तपुर– सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले अहिलेको केपी ओली सरकारको विकल्प नभएको बताएका छन्। यही सरकारले नै समस्याहरु हल गर्दै तीन अाेटै निर्वाचन गराउने तयारी थालेको उनले...

आयोगको प्रतिवेदन नआउँदै चुनाव गराउन मिल्दैनः सभापति देउवा

नेपालगन्ज– नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निकायको निवाचनका विषयमा सरकारले 'विरोधाभासपूर्ण' कुरा गरिरहेको बताएका छन्।  

सरकारमै बसेर संविधान उल्लंघन

काठमाडौं- नयाँ संविधान कार्यान्वयन गर्ने शपथ खाएर सरकारमा गएका दलका नेता तथा मन्त्री नै संविधानको मर्मविपरीत अभिव्यक्ति र क्रियाकलापमा संलग्न देखिएका छन्। उनीहरू सात दशकको चरम संघर्षपछि संविधानसभाबाट जारी संविधानका...

न्यायाधीशका नाममा असुली

काठमाडौं- 'ढकाल श्रीमान् (न्यायाधीश) सँग कुरा भएको छ, नहटाउनुस् (पेसी) भन्नुहुन्छ,' अधिवक्ता सञ्जयराज अधिकारी आफ्ना सेवाग्राहीस"ग मोबाइलमा भन्छन्। 'हुन्छ भन्नुभा छ? हुन्न भने बरु कसैलाई बिरामी भनेर (पेसी) हटाउनुपर्ला,' सेवाग्राही...

उजुरी दिने समय थप

उजुरी दिने समय थप

काठमाडौं- द्वन्द्वकालमा घटना अनुसन्धान गरी दोषीलाई कारबाही सिफारिस गर्ने अधिकार पाएका सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरी दिने समयसीमा एक महिना थप गरेका छन्।

२०७४ माघ ७ भित्र सबै निर्वाचन

काठमाडौं- मधेसवादी दलले संविधानप्रति असन्तुष्टि जनाइरहेका बेला सरकारले २०७४ माघ ७ गतेभित्र स्थानीय निकाय, प्रदेश र संसदीय निर्वाचन सम्पन्न गर्नेलगायत नयाँ संविधान कार्यान्वयनको कार्ययोजना पारित गरेको छ।