Tuesday 11 Shrawn, 2073 |
Menu

समाज

republica-headerdiscount-subscribe1

एटिएमबाटै रिचार्ज

पाल्पा–तानसेनमा पहिलो पटक मोबाइल रिचार्ज गर्ने एटिएम मेशिन भित्रिएको छ। एटिएम मेशिनको मद्दतबाट जोसुकैले जुनसुकै टेलिफोन सेवा प्रदायकको सेवा महशुल भुक्तानी गर्न र रिचार्ज गर्न सकिन्छ ।
Read more...

यस्तो बन्दैछ संघीय र प्रदेश प्रहरी

काठमाडौं- मुलुक संघीयतामा प्रवेश गरेसँगै संघीय र प्रदेश प्रहरी संरचना तय गर्न गठित कार्यदलले संगठन प्रमुखदेखि कार्यालय सहयोगीसम्मको पदावधि, उमेर हद, भर्ना प्रक्रिया फेरबदलसहितको खाका प्रस्ताव गरेको छ।
Read more...

पाँच हजारको लोभमा पर्दा...

नेपालगन्ज-पाँच हजार रुपैयाँको प्रलोभनमा पर्दा रुकुमका एक युवक कानुनी सजायँको भागिदार बनेका छन्। अर्काको भरिया बनेर अफिम ओसार्दै गरेको अवस्थामा रुकुम, स्यालापाखा–२ भुरंगा निवासी २४ बर्षिय दिलबहादुर रावत भारतको रुपैडिहामा पक्राउ परेका हुन्।
Read more...

समाजिक सुरक्षा भत्ता नपाए पछि सदरमकाममा

महोत्तरी-हिँडडुल गर्न समस्या भएकी खैरबन्नी ३ खेस्राहाकी तेतरी मण्डलले सामाजिक सुरक्षा भत्ता पाउन गाविसको कार्यालय जान थालेको महिनौ भैसक्यो। तर उनले भत्ता पाउन नसके पछि बाध्य भएर सदरमुकाम आइपुगेकी छन्।
Read more...

ज्येष्ठ नागरिक दुर्व्यवहारविरुद्धको दिवस भाेलि

काठमाडौं– ज्येष्ठ नागरिकको सम्मान गर्दै संयुक्त राष्ट्र सङ्घको आह्वानमा संसारभरी नै मनाइने ज्येष्ठ नागरिक दुव्र्यवहारविरुद्धको दिवस नेपालमा पनि बुधबार मनाइने भएको छ।
Read more...

अज्ञात रोगले ९ छात्रा बेहाेस, १५ ग्रसित

मेलम्ची– अकस्मात् चिलाउने जिउमा डाबर आउने चिलाएकोे ठाउँमा दुख्ने भएपछि सिन्धुपाल्चोक जिल्लाको महाङ्काल गाविस– १ स्थित सरस्वती उमाविमा अध्ययनरत नौ छात्रा बेहोस भएका छन् भने १५ जना ग्रसित बनेका छन्।
Read more...

परीक्षाफल प्रकाशित

काठमाडौं– त्रिवि, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ असोज तथा मङ्सिर/पुस महिनामा सञ्चालित व्यवस्थापन सङ्कायतर्फ चारवर्षीय स्नातक तह (बिबिएस) प्रथम वर्ष २०७२ को परीक्षाको परीक्षाफल मंगलबार प्रकाशन गरिएको छ ।
Read more...

४ करोड ३३ लाख सकियो गाडी गुड्ने सडक बनेन

जाजरकोट– सदरमुकाम खलंगादेखि ढिमे गाविसको पाँचकटियासम्म सडक निर्माण भएको ५ वर्ष बढी भयो। तर अहिलेसम्म उक्त सडकमा गाडी गुड्न सकेको छैन्। झण्डै साढे ४ करोड रकम खर्च भएर निर्माण भएको उक्त सडक गाडी गुड्न नमिल्ने भएपछि सदरमुकाम लगायत विभिन्न ९…
Read more...

विद्यार्थी हिमाल तिर , विद्यालय सुनसान

जेठ–जेठको दोस्रो साताबाट मुगुको पूर्वी हिमाली क्षेत्रमा यार्सा संकलनको समय सुरु भएपछि करान भेगका पाँच गाविस र गमगढी आसपासका केही गाविसका विद्यालय सुनसान बनेका छन्।
Read more...

दुई बस ठोक्किदा आठ घाइते

लहान-पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको पोर्ताहा ८ मा दुई वस आपसमा ठोक्किदा ८ जना घाईते भएका छन्। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख ९८ नम्बर र ना ४ ख २८८२ नम्बरको बस मंगलवार आपसमा ठेक्किएर दुर्घटना भएको हो।
Read more...

भूटानी शरणार्थीका लागि क्यानडाकाे २ करोड ९३ लाख सहयोग

काठमाडौं– नेपालका लागि क्यानडाका सहायक राजदूत जेस हटनले भूटानी शरणर्थीका लागि संयुक्त राष्ट्रिय उच्चायुक्तको कार्यालय(यूएनसीएचआर)मार्फत करिब २ करोड ९३ लाख सहयोगको घोषणा गरेका छन्।
Read more...

अध्यक्ष मीना सिंह खड्का गेट कलेजबाट 'जिम्मेवारीमुक्त'

काठमाडौं–गोलोवल एकेडेमी अफ टुरिजम् एण्ड हस्पिटालिटी (गेट) कलेजकी अध्यक्ष मीना सिंह खड्का कलेजको जिम्मेवारीबाट मुक्त हुने भएकी छन्।
Read more...

युरोकपको सट्टाबाज गर्ने पक्राउ

काठमाडौं प्रहरीले युरो कप फुटबलको खेलमा जितहार, गोल र फरवार्डका आधारमा जुवा जस्तै सट्टा खेलाएको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरीले सुन्धारामा रहेको आरबी कप्पेलक्समा सट्टा चलाउने अनामनगरका सागर खड्गी र ताहाचलका दिपक रत्न शाक्यलाई पक्राउ गरेको हो…
Read more...
Subscribe to this RSS feed