Sunday 12 Bhadra, 2073 |
Menu

समाज

republica-headerdiscount-subscribe1

मेलम्चीमै पानीको हाहाकार

मेलम्ची-गतबर्ष वैशाख १२ गतेको भूकम्प र लामो समयदेखिको खडेरीका कारण सिन्धुपाल्चोक जिल्लाको मेलम्चीलगायतका ग्रामीण क्षेत्रका मुहान सुकेपछि र लगातारको वर्षामा समेत पानीको मुहान नपलाएपछि यहाँ खानेपानीको हाहाकार भएको छ ।
Read more...

गोरखा केन्द्रबिन्दु बनाएर परकम्प

काठमाडौं- गोरखा केन्द्रबिन्दु भएर आज बिहान पुनः गोरखा भूकम्पको परकम्प गएको छ। बिहान ५ बजेर १२ मिनेट जाँदा ४.३ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
Read more...

ढिस्कोले पुरिएर ताप्लेजुङमा दुईको मृत्यु, दुई जना घाइते

ताप्लेजुङ- ढिस्कोले पुरिएर दुई बालबालिकाको ज्यान गएको छ भने दुई घाइते भएका छन्। ताप्लेजुङ नगरपालिका-८ का मनकुमार तामाङको घर माथिबाट झरेको ढिस्कोले घर पुर्दा चार वर्षीया बालिका अंशु तामाङ र ३ वर्षीय बालक अमृत तामाङको मृत्यु भएको ताप्लेजुङका प्रहरी प्रमुख…
Read more...

रसिदै नकाटी पर्यटकलाई भ्रमण पास

काठमाडौं- बसन्तपुर क्षेत्रको भ्रमणमा आउने बाह्य पर्यटकलाई कार्यालयको रसिद नै नकाटी भ्रमण पास (भिजिटर पास) दिने गरेको पाइएको छ। कर्मचारीको मिलेमतोमा कार्डमा छाप र हस्तक्षर मात्रै गरेर दिने गरेको खुलेका हो। कर्मचारीलाई भने ट्राभल्स एजेन्सीका प्रतिनिधी सघाउने गरेका खुलसा भएको…
Read more...

चिडियाखाना भक्तपुर सारिने

काठमाडौं- जावलाखेलस्थित सदर चिडियाखानालाई भक्तपुर, सूर्यविनायकमा विस्तार गरिने भएको छ। संसद्को वातावरण संरक्षण समितिले आयोजना गरेको चिडियाखानाको व्यवस्थापकीय अवस्था र भावी सम्बन्ध विषयक कार्यक्रममा वन तथा भूसंरक्षणमन्त्री अग्निप्रसाद खरेलले चिडियाखाना विस्तार गर्न लागिएको बताए। विस्तारपछि चिडियाखानालाई 'प्राणी–उद्यान' नामाकरण गरिने पनि…
Read more...

सुत्केरी र बच्चाको मृत्युपछि टिचिङमा तनाब

काठमाडौं- डाक्टरको लापरबाहीले सुत्केरी र शिशुको मृत्यु भएको भन्दै आफन्त विरोधमा उत्रँदा सोमबार दिनभर त्रिवि शिक्षण अस्पताल तनाबग्रस्त हुन पुगेको छ। जेठ १३ मा प्रसूतिका लागि अस्पताल ल्याइएकी नुवाकोटकी ३० वर्षीया मीना पाठकको सोमबार मृत्यु भएको हो। नवजात शिशुको भने…
Read more...

५० लाख क्युफिट काठ वितरण

काठमाडौं- वन मन्त्रालयले भूकम्पपीडितका नाममा ५० लाख १८ हजार ४ सय ३० क्युबिक फिट काठ वितरण गरेको जनाएको छ। मन्त्रालयले गत मंसिर ९ गते सार्वजनिक गरेको २७ बु"दे प्रतिबद्धताको प्रगति विवरण सार्वजनिक गर्दै सोमबार उक्त जानकारी दिएको हो।
Read more...

द्वन्द्वपीडित एनजिओलाई नीतिबिनै करोडौं

काठमाडौं- सरकारले नेकपा माओवादी (केन्द्र) नेता सम्बद्ध एक गैरसरकारी संस्था (एनजिओ) लाई मापदण्डबिनै करोडौं रुपैयाँ अनुदान दिँदै आएको खुलेको छ। द्वन्द्वपीडित क्षेत्रमा कार्य गर्दै आएको 'सहिद प्रतिष्ठान नेपाल' नामक एनजिओलाई शिक्षा मन्त्रालयले 'द्वन्द्वपीडित शिक्षा कार्यक्रम' शीर्षकमा मापदण्डै नबनाई बर्सेनि करोडौँ…
Read more...

अातंकवादी अाराेपमा २४ नेपालीलाई निर्वस्त्र पारी भारतीय प्रहरीकाे यातना

जनकपुरधाम-धार्मिक आस्थाका कारण भारतको हिसार (हरियाणा) सतलोक आश्रमबाट डेढ वर्षअघि पक्राउ गरी हिरासतमा राखिएका नेपाली श्रद्धालुलाई भारतीय प्रहरीले आतङ्कवादी भन्दै मानसिक यातना दिइरहेको पाइएको छ।
Read more...

एनसेल टावरमा आगजनी गरेको आरोपमा दुई पक्राउ

कोहलपुर-सम्शेरगञ्ज–७ हवल्दापुरस्थित एनसेलको टावरमा आगजनी गरेको आशंकामा नेकपा माओवादी विप्लव समूहका दुई कार्यकर्ता पक्राउ परेका छन्। ईलाका प्रहरी कार्यालय कोहलपुरले विप्लप माओवादीका विद्यार्थी नेता र सुकुम्वासी संगठनका नेता गनबहादुर खत्री र पूर्णबहादुर शाहीलाई पक्राउ गरेको हो।
Read more...

असईको परीक्षाफल प्रकाशित

काठमाडौं-प्रहरी सहायक निरीक्षक (असई) पदको खुल्ला प्रतियोगिता तर्फको परीक्षाफल प्रकाशन भएको छ। पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट २०७२ असार २३ गते प्रकाशित बिज्ञापनअनुसार विभिन्न परीक्षाहरुमा उत्तीर्ण भई अन्तिम अन्तर्वार्तामा सम्मिलित परीक्षार्थीहरुको अन्तिम नतिजा सोमबार प्रकाशन भएको हो।
Read more...

शिक्षक पारस्परिक सरुवामा विवाद

इटहरी– इटहरी उपमहानगरपालिका वडा नं. २४ स्थित जनसहयोग उच्च माविमा पछिल्लो समय पारस्परिक शिक्षक सरुवा विवाद चर्किएको छ। पारस्परिक शिक्षक सरुवा विवादमा शिक्षक दुई खेममा विभाजन भएपछि विद्यार्थीको पढाईमा समेत असर परेको छ।
Read more...

ल्होत्से हिमनदीमा बाढी, छुकुङबासी त्रसित

सोलुखुम्बु- खुम्बु क्षेत्रमा रहेको ल्होत्से हिमालको हिमनदीमा बाढी आउँदा नजिकै रहेको छुकुङ गाउँमा त्रास उत्पन्न भएको छ। हिजो साँझपख आएको बाढीले हिमनदीको उच्च जोखीममा रहेको खुम्जुङ गाबिसमा पर्ने छुकुङ गाउँका बासिन्दामा त्रास उत्पन्न भएको हो।
Read more...

इलाम र पाँचथर १९ घण्टायता अन्धकार

इलाम-जिल्लामा आपूर्ति गरिएको १ सय ३३ केभी प्रसारण लाइनमा खराबी आएपछि आइतबार रातिदेखि इलाम र पाँचथर अन्धकार छ। बिजुली नहुँदा विद्युतीय सामग्री थन्किएका छन् भने बजारका पसल, सरकारी तथा गैरसरकारी कार्यालय र सञ्चारमाध्यमहरू प्रभावित छन्।
Read more...
Subscribe to this RSS feed