Tuesday 14 Bhadra, 2073 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

गणेश लामासहित पाँच 'डन' विरुद्ध अवैध सम्पति थुपारेको मुद्दा

(1 Vote)
गणेश लामासहित पाँच 'डन' विरुद्ध अवैध सम्पति थुपारेको मुद्दा
सम्पत्ति शुद्धिकरण विभागले स्रोत नखुलेको करोडौँ सम्पत्ति थुपारेको अभियोगमा गणेश लामासहित चक्रे मिलन, दिपक मनाङ्गे, अभिषेक गिरी र पर्शुराम बस्नेत गरी पाँच जना 'डन' विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
nepali-patro-june

समाचार सार

  • गणेश लामासँग २७ करोड एक लाख अवैध सम्पति रहेको उजुरीमा दावी गरिएको छ
  • दोस्रो नम्बरमा राजीव गुरुङ (दीपक मनाङे) छन्। उनीसँग १४ करोड ७३ लाख रुपियाँ बराबरको स्रोत नखुलेको अवैध सम्पत्ति रहेको दावी गरेको छ।
  • पर्शुराम बस्नेतसँग ११ करोड ४१ लाख अवैध सम्पति
  • मिलन गुरुङ (चक्रे मिलन)सँग ७ करोड ८ लाख र अभिषेक गिरीसँग २ करोड ९४ लाख
  • गणेश लामा गृहमन्त्री विजयकुमार गच्छदारको पार्टी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य हुन्।
  • पर्शुराम बस्नेत एमालेका कट्टर कार्यकर्ता हुन्।

गणेश लामाविरुद्धको उजुरी सबैभन्दा पछि दर्ता गरिएको थियो। उनीसँग २७ करोड एक लाख अवैध सम्पति रहेको उजुरीमा दावी गरिएको छ। दायर गरिएका मुद्दाहरुमध्ये यो सबैभन्दा बढी रकम हो।

लामापछि दोस्रो नम्बरमा राजीव गुरुङ (दीपक मनाङे) छन्। विभागले उनीसँग १४ करोड ७३ लाख रुपियाँ बराबरको स्रोत नखुलेको अवैध सम्पत्ति रहेको दावी गरेको छ। तेस्रोमा पर्शुराम बस्नेत छन्, जोसित ११ करोड ४१ लाख अवैध सम्पति रहेको दावी गरिएको छ। त्यस्तै मिलन गुरुङ (चक्रे मिलन)सँग ७ करोड ८ लाख र अभिषेक गिरीसँग २ करोड ९४ लाख अवैध रकम रहेको उजुरीमा उल्लेख छ।

एक कारागारमा बाँकी सबै 'फरार'

विशेष अदालतका रजिस्ट्रार धीरबहादुर चन्दले पाँच जनाविरुद्ध मुद्दा दर्ता भएको जानकारी दिए। 'प्रतिवादी नल्याइएकोले उनीहरुलाई फरार रहेको जनाइएको छ', चन्दले भने, 'आवश्यक प्रक्रिया अनुसार मुद्दा अगाडि बढ्छ।'

मुद्दा दायर गरिएकामध्ये चक्रे मिलन केन्द्रीय कारागारमा रहेका छन् भने बाँकी चारै जनालाई अदालतमा उपस्थित गराइएको थिएन। खुल्लमखुल्ला हिँडिरहेका भए पनि उनीहरुलाई आज प्रहरीले पक्रेर अदालतमा उपस्थित गराएको थिएन।

राजनीतिक संरक्षण

सम्पत्ति शुद्धिकरण विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले चार वर्षदेखि अनुसन्धान अगाडि बढाएको थियो। मुद्दा अदालतमा लैजान परिपक्व बनिसकेको धेरै भइसके पनि डनहरुलाई राजनीतिक संरक्षण भएकोले मुद्दा दर्ता हुन सकिरहेको थिएन।

गणेश लामा गृहमन्त्री विजयकुमार गच्छदारको पार्टी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य हुन्। दिपक मनाङे राष्ट्रिय राजनीतिमा त्यत्ति परिचित नभएको दल संघीय लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हुन्। उनीमाथि राष्ट्रिय राजनीतिमा प्रभाव जमाएको दलका नेताको राम्रो भरथेग छ।

पर्शुराम बस्नेत एमालेका कट्टर कार्यकर्ता हुन्। उनी एमाले मोरङको जिल्ला सदस्य अनि युवा संघ नेपालको केन्द्रीय सदस्यको हैसियतमा छन्। अवैध हतियार बोकेको अभियोगमा केन्द्रीय कारागारमा रहे पनि चक्रे मिलन राजनीतिक संरक्षकहीन भइसकेका छैनन्।

अझै आठ जना तारोमा

प्रहरीले अन्य ८ जना गुण्डाविरुद्ध पनि यस्तै किसिमको मुद्दामा अनुसन्धान जारी राखेको छ। 'अनुसन्धान सकिने बित्तिकै उनीहरुविरुद्ध पनि मुद्दा दर्ता हुन्छ', अनुसन्धान स्रोतले नागरिकन्युजलाई बतायो। 

कसको कति सम्पत्ति ?

राष्ट्र बैंकमा रहेको इकाइले गरेको अनुसन्धानमा 'डन' हरुले पारिवारिक सदस्य, नातेदार र कामदारको नामबाट सम्पत्ति खरिदबिक्री गरेको देखिएको छ। उनीहरुले बढीजसो ७० वर्ष उमेर पुगेका पारिवारिक सदस्य र कामदारका नामबाट आर्थिक कारोबार गरिरहेको स्रोत बताउँछ। यसमा घरजग्गा कारोबार र राजनीतिक आड पाएका व्यापारीको पनि संलग्नता देखिएको स्रोतले बतायो।

उच्चस्रोतबाट नागरिकले प्राप्त गरेको यी चारै जनाको सम्पत्ति विवरणमा चल सम्पत्ति न्यून देखिए पनि अचल सम्पत्ति भने मनग्गे छ। सबैभन्दा लामो सम्पत्तिको फेहरिस्त लामाको देखियो। काभ्रे खहरेपाँगु स्थानीय र कोटेश्वर महादेवस्थान अस्थायी ठेगाना रहेका लामा र उनको परिवारका नाममा विभिन्न कम्पनी, पेट्रोल पम्प र जग्गामा प्रसस्त लगानी रहेको खुल्यो। लामा, उनका बाबु, श्रीमती र भाइका नाममा रहेको सम्पत्ति विवरण अनुसन्धान अधिकारीले फेला पारेका छन्। लामाको नाममा काठमाडौं, भक्तपुर र ललितपुरमा २ सय ५ रोपनी जग्गा खुलेको छ।

उनको बाबुका नाममा भक्तपुरमा ७ आना र काभ्रेमा करिब ३६ रोपनी जग्गा देखिएको छ। उनकी श्रीमतीको नाममा काठमाडौं महानगरपालिका १० वडामा तीन आना तीन पैसा जग्गामा बनेको तीनतल्ले घर छ। उनका दुई जना भाइको नाममा करिब १५ रोपनी जग्गा खुलेको छ।

उनको आमाको नाममा काभ्रेमा करिब पाँच रोपनी जग्गा देखियो। लामाको नाममा प्राडो, मारुती कार, निजी लोडर स्काभेटर लगायत आठ वटा सवारीसाधन खुलेको छ।

अचल सम्पत्तिको तुलनामा उनी र उनको परिवारको नाममा नगद मौज्दात भने न्यून छ। लामाको नाममा विभिन्न बैंकमा जम्मा ५३ हजार सात सय रुपैयाँ मौज्दात र एक हजार आठ सय अमेरिकी डलर मात्र खुलेको छ।

उनको भाइका नाममा एक लाख १६ हजार रुपैयाँ र एक हजार पाँच सय अमेरिकी डलर, बाबुका नाममा ५९ हजार रुपैयाँ श्रीमतीका नाममा सात हजार सात सय रुपैयाँ मौज्दात फेला परेको छ।

उनको नाममा सिरुवा निर्माण कम्पनी, वाइबा कन्स्ट्रक्सन कम्पनी प्रालि, स्मृति निर्माण फर्म र मेलम्ची क्रसर उद्योग दर्ता छ। सिरुवाको नाममा विभिन्न बैंकमा दुई लाख २२ हजार रुपैयाँ र पाँच हजार चार सय अमेरिकी डलर, वाइबाको नाममा चार हजार रुपैयाँ, स्मृति निर्माणका नाममा १० हजार रुपैयाँ र १९ हजार डलर र मेलम्चीका नाममा ७२ हजार रुपैयाँ फेला परेको छ।

सिरुवामा उनका नाममा ८२ लाखको सेयर खुलेको छ भने स्मृतिमा १५ लाख, दाजुको नाममा १० लाखको सेयर छ। रात्रिकालीन व्यवस्थामा सक्रिय भए पनि ठमेलको बियर बारमा मात्र आठ प्रतिशत सेयर खुलेको छ। कोटेश्वरमा उनको नाममा जिएलएन आयल स्टोलमा पाँच लाख लगानी र पुरानो बानेश्वरमा उनको भाइका नाममा न्यु लक्ष्मी आयल स्टोलमा पाँच लाख लगानी देखिएको छ।

लामापछि धनी देखिएका पर्शुरामको पनि नगद मौज्दात धेरै खुल्न सकेको छैन। उनी र उनका सहयोगी मुकेश बस्नेतका नाममा मोरङमा ४२ रोपनी जग्गा खुलेको छ। मोरङमा उनको श्रीमती र सहयोगीका नाममा घर तथा जग्गा भए पनि ती सबै बिक्री गरिसकेको देखिएको अनुसन्धान स्रोतले बतायो। उनका नाममा तीन वटा गाडी र तीन वाट मोटरसाइकल खुलेको छ। पर्शुराम र उनको सहयोगीका नाममा एडजोन एड्भरटाइजिङ, पिआर हार्डवेयर, बगलामुखी बिल्डर्स, गजलक्ष्मी ट्रेड, मेरो ट्राभल्स, वेलकम पार्टी प्यालेस र टेकेन्द्र निर्माण सेवा छ। पर्शुरामका नाममा नेपाल बजार इन्टरनेसनलमा २१ हजार कित्ता सेयर फेला परेको छ।

दिपक मनाङेको नाममा कुनै पनि अचल सम्पत्ति फेला परेको छैन। उनको श्रीमतीका नाममा काठमाडौंमा करिब तीन रोपनी जग्गा र घर तथा नुवाकोटमा ७७ रोपनी १३ आना जग्गा फेला परेको छ। उनको गोसाइकुण्ड क्रसर रोडा ढुंगाको नाममा मकवानपुरमा १४ कट्ठा जग्गा खुलेको छ। विभिन्न बैंकमा उनको नाममा दुई हजार ५ सय ६२ रुपैयाँ खुलेको छ भने उनकी श्रीमतीका नाममा ५६ हजार देखिएको स्रोतले बतायो। दिपकको नाममा गोसाइकुण्ड क्रसर, ओम मल्टिपरपोज, इच्छामाई र वेस्ट पोइन्ट ढुंगा रोडामा गरी करिब ५० लाख सेयर लगानी रहेको अनुसन्धानस्रोतले फेला पारेको छ।

अन्य तीन जनाको तुलनामा चक्रे मिलनको चल/अचल दुवै सम्पत्ति कममात्र खुलेको छ। स्रोतका अनुसार काठमाडौंमा उनको नाममा सात आना जग्गामात्र खुल्यो। उनको परिवारको नाममा काठमाडौं र गोरखामा गरी करिब ३० रोपनी जग्गा देखियो। ब्युरो र विभागका अनुसन्धानकर्ताले उनका नाममा कुनै सवारीसाधन फेला पारेनन्। उनको परिवारका नाममा दुई वटा कार र एउटा स्कुटर खुल्यो। बैंकमा उनका नाममा दुई लाख ४८ हजार रुपैयाँ देखियो भने परिवारको सदस्यका नाममा करिब दुई लाख रकम खुल्यो। उनका भाइ तेजेन्द्रका नाममा तीन हजार देखियो। (केपी ढुंगाना/सुदर्शन सापकोटा- पुस २०, २०६९ को 'नागरिक'बाट)

केपी ढुंगाना

२०५८ बाट पत्रकारिता सुरु गरेका ढुंगाना सुरक्षा र संगठित अपराधको विषयमा दख्खल राख्छन्। २०६९ मा प्रकाशित उनको पुस्तक ओपन सेक्रेट 'बेस्ट सेलर' बनेको छ। 

ट्विटरः @kptantra

फेसबुकः facebook.com/kpdhungana

Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.

प्रतिक्रिया

रोल्पाका अधिकांश छात्र छात्रा सि ग्रेडमा

रोल्पा-प्रवेशिका परीक्षा एसएलसीमा जिल्लाका अधिकाश छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ। जिशिकाका अनुसार नियमित तर्फ एक हजार ३६ छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएका छन।

राष्ट्रिय परीक्षा बोर्ड छिट्टै गठन गरिने

काठमाडौँ-शिक्षा सचिव विश्वप्रकाश पण्डितले शिक्षा ऐन– २०७३ प्रमाणीकरण भएपछि राष्ट्रिय परीक्षा बोर्ड गठन गरिने बताएका छन्। उमावि सङ्घ (हिसान)ले आज आयोजना गरेको शिक्षा ऐनसम्बन्धी अन्तर्क्रियामा सचिव पण्डितले ऐन कार्यान्वयन गराउने...

नाम छुटेको भन्दै भूकम्प पीडितले गाविसमा ताला लगाए

गोरखा- ताप्ले गाविसका स्थानीयले भूकम्प पीडितले घर बनाउन पाउने अनुदानमा आफ्नो नाम छुटेको भ्रन्दै गाविस कार्यालयमा शुक्रवार तालाबन्दी गरेका छन्। रातो कार्ड पाएका, विद्युतीय तथ्याङ्ककबाट गरिएको सर्वेक्षणमा नाम छुटेको भन्दै...

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

काठमाडौं-मासिक एक सय शुल्क लिएर अंग्रेजी माध्यममा नर्सरीदेखि स्नात्तोकोतरसम्म अध्ययन गराउँदै आएको समता शिक्षा निकेतन विद्यालयले यो वर्षको एसएलसीमा पनि उत्कृष्ट नतिजा ल्याएको छ।

विराटनगरका ३ डाक्टर पक्राउ

विराटनगर-नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका तीनजना चर्चित डाक्टरलाई शुक्रवार पक्राउ गरेको छ। वरिष्ठ फिजिशियन जावेद अख्तर अन्सारी, बालरोग विशेषज्ञ डा. सञ्जय दास र अर्थोपेडिक सर्जन डा. अबुल कलामलाई प्रहरीले...

सीआईबीद्वारा वीरगन्जका ९ चिकित्सक गिरफ्तार, सबैलाई काठमाडौं लगियो

वीरगन्ज– नेपाल प्रहरीको केन्द्रीय अन्सुन्धान ब्युरो(सीआईबी)को टोलीले वीरगन्जका ९ जना चिकित्सकलाई नियन्त्रणमा शुक्रबार बिहान गिरफ्तार गरेको छ।

नक्कली प्रमाणपत्र अभियोगमा चर्चित डा.जावेद पक्राउ

विराटनगर— नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका चर्चित फिजिशियन डाक्टर जावेद अख्तर अन्सारीलाई शुक्रवार पक्राउ गरेको छ। विराटनगरस्थित लाइफ गार्ड अस्पतालबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले उनलाई पक्राउ...

अवैध सुन तथा ९० थान हाते घडीसहित पक्राउ

काठमाडौं– सिन्धुपालचोक चौतारा– ३ बस्ने ३४ वर्षीय ताराबहादुर श्रेष्ठलाई प्रहरीले बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्किङ एरियाबाट ५० ग्राम सुन जस्तो देखीने पहेंलो धातुसहित पक्राउ गरेको छ।