Tuesday 11 Shrawn, 2073 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

शिशु जन्मार फाल्ने काका–भतिजी पक्राउ

  • शुक्रबार ११ श्रावण, २०७०
  • बिक्रम गिरी
  • Be the first to comment!
(0 votes)

महेन्द्रनगर — आफ्नै भतिजीलाई गर्भवती बनाई उनीबाट जन्मिएको नवजात शिशुलाई खोलामा फाल्ने काकालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले शिशु जन्माउने उनकी भतिजीलाई समेत पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सुडा गाविस ९ का सुरज विष्ट तथा उनकी भतिजी तुलसी विष्टलाई पक्राउ गरेको हो।

 

nepali-patro-june
उनीहरुले अवैध शिशु जन्माई बुधवार गाउँ नजिकैको खोलामा फालेको प्रहरीले जनाएको छ। सुडा–९ स्थित खोलामा प्रहरीले बेवारिसे नवजात शिशु भेटाएको थियो। प्रहरीले बेवारिसे शिशु महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पताल पुर्‍याएको थियो।

अनुसन्धानका क्रममा सुरज र उनकी भतिजी तुलसीले शिशु जन्माएको खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक बिर्ख बहादुर रावलले बताए। 'युवतीले डरले शिशु खोलामा फालेको बयान दिएकी छन्, डिएसपी रावलले भने। थप छानविन गरी कारबाही प्रक्रिया अघि बढाउने उनले बताए।

अञ्चल अस्पतालको पोषण पुर्नस्थापना केन्द्रमा स्याहारका लागि राखिएकी नवजात शिशु (छोरी) लाई त्यही कार्यरत कर्मचारी पुष्पा महत्तराले आफ्नो् जिम्मामा लिएकी छन्। प्रहरीका अनुसार पुष्पाले जिल्ला प्रशासन कार्यालयमा शिशु हुर्काउन पाउँ भनि निवेदन दिएकी छन्।

प्रतिक्रिया

रोल्पाका अधिकांश छात्र छात्रा सि ग्रेडमा

रोल्पा-प्रवेशिका परीक्षा एसएलसीमा जिल्लाका अधिकाश छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ। जिशिकाका अनुसार नियमित तर्फ एक हजार ३६ छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएका छन।

राष्ट्रिय परीक्षा बोर्ड छिट्टै गठन गरिने

काठमाडौँ-शिक्षा सचिव विश्वप्रकाश पण्डितले शिक्षा ऐन– २०७३ प्रमाणीकरण भएपछि राष्ट्रिय परीक्षा बोर्ड गठन गरिने बताएका छन्। उमावि सङ्घ (हिसान)ले आज आयोजना गरेको शिक्षा ऐनसम्बन्धी अन्तर्क्रियामा सचिव पण्डितले ऐन कार्यान्वयन गराउने...

नाम छुटेको भन्दै भूकम्प पीडितले गाविसमा ताला लगाए

गोरखा- ताप्ले गाविसका स्थानीयले भूकम्प पीडितले घर बनाउन पाउने अनुदानमा आफ्नो नाम छुटेको भ्रन्दै गाविस कार्यालयमा शुक्रवार तालाबन्दी गरेका छन्। रातो कार्ड पाएका, विद्युतीय तथ्याङ्ककबाट गरिएको सर्वेक्षणमा नाम छुटेको भन्दै...

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

काठमाडौं-मासिक एक सय शुल्क लिएर अंग्रेजी माध्यममा नर्सरीदेखि स्नात्तोकोतरसम्म अध्ययन गराउँदै आएको समता शिक्षा निकेतन विद्यालयले यो वर्षको एसएलसीमा पनि उत्कृष्ट नतिजा ल्याएको छ।

विराटनगरका ३ डाक्टर पक्राउ

विराटनगर-नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका तीनजना चर्चित डाक्टरलाई शुक्रवार पक्राउ गरेको छ। वरिष्ठ फिजिशियन जावेद अख्तर अन्सारी, बालरोग विशेषज्ञ डा. सञ्जय दास र अर्थोपेडिक सर्जन डा. अबुल कलामलाई प्रहरीले...

सीआईबीद्वारा वीरगन्जका ९ चिकित्सक गिरफ्तार, सबैलाई काठमाडौं लगियो

वीरगन्ज– नेपाल प्रहरीको केन्द्रीय अन्सुन्धान ब्युरो(सीआईबी)को टोलीले वीरगन्जका ९ जना चिकित्सकलाई नियन्त्रणमा शुक्रबार बिहान गिरफ्तार गरेको छ।

नक्कली प्रमाणपत्र अभियोगमा चर्चित डा.जावेद पक्राउ

विराटनगर— नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका चर्चित फिजिशियन डाक्टर जावेद अख्तर अन्सारीलाई शुक्रवार पक्राउ गरेको छ। विराटनगरस्थित लाइफ गार्ड अस्पतालबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले उनलाई पक्राउ...

अवैध सुन तथा ९० थान हाते घडीसहित पक्राउ

काठमाडौं– सिन्धुपालचोक चौतारा– ३ बस्ने ३४ वर्षीय ताराबहादुर श्रेष्ठलाई प्रहरीले बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्किङ एरियाबाट ५० ग्राम सुन जस्तो देखीने पहेंलो धातुसहित पक्राउ गरेको छ।