Friday 2 Bhadra, 2074 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

अपहरण र फिरौतीमा लामालाई सफाइ

(0 votes)
ललितपुर- व्यक्ति अपहरण गरी फिरौती लिएको अभियोगमा प्रहरीको खोजी सूचीमा रहेका गुन्डा–नाइके गणेश लामाले सफाइ पाएका छन्। ललितपुर जिल्ला अदालतले सोमबार लामासहित अन्य दुई जनाविरुद्ध परेेको शरीर बन्धक तथा अपहरण मुद्दामा फैसला गर्दै तीनै जनालाई सफाइ दिएको हो।
nepali-patro-june
न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले जाहेरीकर्ताको बयान र लिखित निवेदनमा घटना लेनदेनको मात्र भएको र कारोबार मिलिसकेको खुलेकाले तीनै जना दोषी ठहर नहुने फैसला गरेको हो।

प्रहरीले गत साउनमा कैलाश बास्कोटा र विक्रम बास्कोटालाई नख्खुबाट अपहरण गरी लामाको पेरिस डाँडास्थित घरमा बन्धक बनाएको अभियोग लगाई मुद्दा हालेको थियो। त्यसयता फरार रहँदै आएका लामाले अदालतमा हाजिरै नभई सफाइ पाएका छन्। अदालतका स्रेस्तेदार बाबुराम दाहालले घटनामा पीडितले कारोबार मिलिसकेको र आफू अपहरणमा नपरेको लिखित निवेदन दिएका आधारमा अदालतले तीनै जनालाई सफाइ दिएको बताए। ...पक्राउपुर्जी जारी गर्नु नपर्ने मुद्दा हो, केही प्रतिवादी अदालतको म्याद नाघेर फरार थिए,' उनले भने।

बास्कोटाद्वयले आफूहरूलाई नख्खुबाट मोटरसाइकलमा आएका ६ जनासहित गणेश लामा, विक्रमजित लामा र कान्छीमाया थिङले पेस्तोल देखाएर नियन्त्रणमा लिई गणेशको घरमा बन्धक बनाएको भन्दै गत साउन ३० गते प्रहरीमा उजुरी हालेका थिए। प्रहरीले घटनामा संलग्न आरोपमा विक्रमजित लामालाई पक्राउ गरी अदालत पेस गरेको थियो। ललितपुर अदालतमा असोज २४ गते भएको थुनछेक बहसमा विक्रमजितलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइएको थियो। अन्य अभियुक्तका हकमा फरार घोषणा गर्दै देख्नासाथ पक्राउ गर्न आदेश जारी भएको थियो।

ललितपुर प्रहरीप्रमुख एसएसपी पीताम्बर अधिकारीले पीडितबाट आएको जाहेरीका आधारमा घटनाको अनुसन्धान गर्दा पुरानो लेनदेन भए पनि बास्कोटाद्वयलाई नियन्त्रणमा लिएर जबर्जस्ती कागज गराएको खुलेको बताए। उनका अनुसार पक्राउ परेका विक्रमजित र साक्षी रहेका अन्यसमेतले घटना स्विकारी संलग्न सबैको पहिचानसहित बयान दिएका थिए। जाहेरी दिने कैलास बास्कोटाले आफूलाई लामाले जबर्जस्ती पजेरोमा राखेर पेरिसडाँडा पुर्यााएको भन्दै आवश्यक कारबाही गरिदिन प्रहरीलाई अनुरोध गरेका थिए। प्रहरी मुचुल्कामा पक्राउ परेका विक्रमजितको बयानसहित घटना देख्ने र सुन्ने मुक्ति बास्कोटा, बालकृष्ण पिडारी र पवित्रा बास्कोटासमेतले अदालतमा गरेको बकपत्रमा घटना अपहरण नै भएको उल्लेख गरेका छन्।

प्रहरीपरिसर ललितपुरका अनुसार २०५७ सालबाट कान्छीमाया थिङ र बास्कोटाद्वयबीच ललितपुर, सातदोबाटोस्थित जग्गा किनबेचको किचलो थियो। विभिन्न समयमा कान्छीमाया र बास्कोटाद्वयले परिसरमै छलफल गरे पनि विवाद मिल्न सकेको थिएन। विवादकै बीच गत साउन ३० गते नख्खुपुलनजिक चिया खाइरहेको अवस्थामा बास्कोटाद्वयलाई गणेश लामासहितको समूहले नियन्त्रणमा लिई ४० लाखको कागज गराएको थियो। प्रहरीले लेनदेन विवाद कायम रहेको घटनामा व्यक्ति अपहरण गरेको जाहेरी परेपछि आवश्यक कारबाही अगाडि बढाएको हो।

प्रहरीको गुन्डा नाइके सूचीमा रहेका लामा मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्यसमेत हुन्।

प्रतिक्रिया

रोल्पाका अधिकांश छात्र छात्रा सि ग्रेडमा

रोल्पा-प्रवेशिका परीक्षा एसएलसीमा जिल्लाका अधिकाश छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ। जिशिकाका अनुसार नियमित तर्फ एक हजार ३६ छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएका छन।

राष्ट्रिय परीक्षा बोर्ड छिट्टै गठन गरिने

काठमाडौँ-शिक्षा सचिव विश्वप्रकाश पण्डितले शिक्षा ऐन– २०७३ प्रमाणीकरण भएपछि राष्ट्रिय परीक्षा बोर्ड गठन गरिने बताएका छन्। उमावि सङ्घ (हिसान)ले आज आयोजना गरेको शिक्षा ऐनसम्बन्धी अन्तर्क्रियामा सचिव पण्डितले ऐन कार्यान्वयन गराउने...

नाम छुटेको भन्दै भूकम्प पीडितले गाविसमा ताला लगाए

गोरखा- ताप्ले गाविसका स्थानीयले भूकम्प पीडितले घर बनाउन पाउने अनुदानमा आफ्नो नाम छुटेको भ्रन्दै गाविस कार्यालयमा शुक्रवार तालाबन्दी गरेका छन्। रातो कार्ड पाएका, विद्युतीय तथ्याङ्ककबाट गरिएको सर्वेक्षणमा नाम छुटेको भन्दै...

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

काठमाडौं-मासिक एक सय शुल्क लिएर अंग्रेजी माध्यममा नर्सरीदेखि स्नात्तोकोतरसम्म अध्ययन गराउँदै आएको समता शिक्षा निकेतन विद्यालयले यो वर्षको एसएलसीमा पनि उत्कृष्ट नतिजा ल्याएको छ।

विराटनगरका ३ डाक्टर पक्राउ

विराटनगर-नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका तीनजना चर्चित डाक्टरलाई शुक्रवार पक्राउ गरेको छ। वरिष्ठ फिजिशियन जावेद अख्तर अन्सारी, बालरोग विशेषज्ञ डा. सञ्जय दास र अर्थोपेडिक सर्जन डा. अबुल कलामलाई प्रहरीले...

सीआईबीद्वारा वीरगन्जका ९ चिकित्सक गिरफ्तार, सबैलाई काठमाडौं लगियो

वीरगन्ज– नेपाल प्रहरीको केन्द्रीय अन्सुन्धान ब्युरो(सीआईबी)को टोलीले वीरगन्जका ९ जना चिकित्सकलाई नियन्त्रणमा शुक्रबार बिहान गिरफ्तार गरेको छ।

नक्कली प्रमाणपत्र अभियोगमा चर्चित डा.जावेद पक्राउ

विराटनगर— नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका चर्चित फिजिशियन डाक्टर जावेद अख्तर अन्सारीलाई शुक्रवार पक्राउ गरेको छ। विराटनगरस्थित लाइफ गार्ड अस्पतालबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले उनलाई पक्राउ...

अवैध सुन तथा ९० थान हाते घडीसहित पक्राउ

काठमाडौं– सिन्धुपालचोक चौतारा– ३ बस्ने ३४ वर्षीय ताराबहादुर श्रेष्ठलाई प्रहरीले बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्किङ एरियाबाट ५० ग्राम सुन जस्तो देखीने पहेंलो धातुसहित पक्राउ गरेको छ।