Thursday 13 Shrawn, 2073 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

देशभर गाउँ/नगर निर्वाचन

(0 votes)
काठमाडौं- नेपाली कांग्रेसको १३औं महाधिवेशनअन्तर्गत शुक्रबारबाट नयाँ नेतृत्व चयन प्रक्रिया सुरु भएको छ। मुलुकभर एकैसाथ पार्टी संगठनको आधारशीला मानिएको सबैभन्दा तल्लो इकाइ गाउँ/नगर समितिको नेतृत्व चयन प्रक्रिया सुरु भएको हो।
nepali-patro-june
देशैभरि एकैसाथ निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरे पनि शुक्रबार ७१ जिल्लामा मात्र निर्वाचन प्रक्रिया सुरु भएको छ। चार जिल्लामा निर्वाचन कार्यतालिका हेरफेर गरिएको छ। निर्वाचन प्रक्रिया सुरु भएका अधिकांश जिल्लामा गाउँ/नगर समितिको निर्वाचन सम्पन्न भएको कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिए।

'चारवटा बाहेक सबै जिल्लामा प्रारम्भिक तहको निर्वाचन भएका छन्,' घिमिरेले नागरिकसँग भने, 'अप्रिय घटना भएको छैन, सौर्हाद्रपूर्ण रूपमा अधिवेशन सम्पन्न भएको छ।'

अधिवेशनक्रममा केही गाउँ/नगर समितिमा छिटफुट समस्या देखिएको र शुक्रबार नभ्याएका ठाउँमा शनिबार अधिवेशन सम्पन्न हुने उनले बताए। 'चार लाख क्रियाशील सदस्य पार्टीको तल्लो तहको अधिवेशनमा सहभागी हुनुभएको छ,' घिमिरेले भने, 'निर्वाचन समितिले सोचेभन्दा उत्साहपूर्ण भयो।'

बारा, पर्सा, धनुषा र सोलुखुम्बुमा शुक्रबार गाउँ/नगर समितिको अधिवेशन सुरु हुन सकेको जानकारी दिँदै उनले भने, 'धनुषा र सोलुमा आइतबारका लागि सारिएको छ, बारा र पर्सामा आन्तरिक छलफलपछि मिति तोक्छौँ।'

आन्तरिक तयारी नपुगेकाले धनुषामा अधिवेशनको कार्यतालिका हेरफेर गर्नु परेको निर्वाचन अधिकृत परशुराम कोइरालाले बताए। 'अधिवेशनका लागि कुनै असहजता छैन,' उनले भने, 'निर्वाचन अधिकृत तोक्नेदेखि अन्य आन्तरिक तयारीका कारण मिति हेरफेर गरेका हौँ।'

तल्लो तहको अधिवेशन सम्पन्न गर्न १ सय ५६ जना मतदान अधिकृत खटिसकेको जानकारी दिए। तर, बारा र पर्सामा भने आन्दोलनरत मधेसी मोर्चासँगको सहमतिपछि मात्र अधिवेशन सुरु गर्ने कांग्रेसको तयारी छ। 'सकेसम्म सहमति र सहजताका साथ अधिवेशन अघि बढाउने प्रयास भइरहेको छ,' बारा निर्वाचन अधिकृत अरुण पञ्जियारले भने, 'सबै पक्षसँग छलफल गरेर भोलि (शनिबार) बाट प्रक्रिया अघि बढाउँछौँ। तराई मधेस लोकतान्त्रिक पार्टी अधयक्ष महन्थ ठाकुरसँग कुरा भइरहेको जानकारी दिँदै उनले मोर्चासँगको सहमतिमा अघि बढ्ने बताए।

त्यस्तै, सर्लाही क्षेत्र नम्बर ६ को गाउँ/नगरको निर्वाचन माघ १९ गतेका लागि सारिएको छ। मधेसी मोर्चाको अवरोधका कारण क्षेत्र नम्बर पाँचको कौडेना, धेलीमासहित १५ भन्दा बढी स्थानको अधिवेशन स्थगित भएको छ। क्षेत्र नम्बर ३ स्थित बरहथवा नगरपालिकाका केही वडाको अधिवेशन पनि स्थगित भएको छ। क्रियाशील सदस्यता सूचीलाई लिएर विवाद र उजुरीपछि त्यहाँको अधिवेशन स्थगित गरिएको जिल्ला निर्वाचन अधिकृत अच्युतम आर्चायले जानकारी दिए। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको संख्याअनुसार सूची नगएपछि त्यहाँ विवाद भएको हो। 'त्यहाँ केही समस्या देखिएको छ,' केन्द्रीय निर्वाचन समिति सदस्य घिमिरेले भने, 'भोलि नै हामी निर्णयमा पुग्छौँ।'

भक्तपुरमा पनि क्रियाशील सदस्यको सूचीमा प्राविधिक समस्या देखिएपछि शुक्रबार औपचारिकरुपमा अधिवेशन सुरु हुन सकेन। पार्टीका सबै तहका नेता बसेर सदस्यतामा देखिएको प्राविधिक समस्या समाधान गरेसँगै शनिबार मात्र गाउँ/नगरको अधिवेशनले औपचारिकता पाउने भएको छ। 'गाविस भएकै बेला क्रियाशील सदस्यता फारम गएकाले एउटा वडाको सदस्यता अर्कोमा परेको छ, त्यसलाई मिलाउने काम भयो,' भक्तपुर निर्वाचन अधिकृत गोकर्ण बानियाँले भने, 'आज (शुक्रबार) अधिवेशनको उद्घाटन सत्र जस्तो भयो, भोलिबाट निर्वाचन सुरु हुन्छ।' त्यहाँ ६ नगरपालिका अर्न्तगत ९३ वडा छन्।

सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको काठमाडौंमा शुक्रबार नै ९० प्रतिशत नेतृत्व चयन पूरा भएको निर्वाचन अधिकृत श्यामराज ढुंगेलले जानकारी दिए। केही स्थानमा प्राविधिक समस्या देखिए पनि समाधान गर्दै अधिवेशन गराउने काम भएको र समय अभावका कारण निर्वाचन हुन नसकेका वडामा शनिबार गर्ने बताए। '२ सय ११ वडामै अधिवेशन सुरु भएको छ,' उनले भने, 'भोलिसम्म सबै सकिन्छ।' १८ वा १९ गते नगर कार्यसमितिको निर्वाचन गराउने तयारीमा रहेको पनि उनले जानकारी दिए।

त्यस्तै, ललितपुर उपमहानगरपालिकासहित बज्रबाराही, गोदावरी, कार्यविनायक र महालक्ष्मी नगरपालिकाका ९६ वटा वडाबाट क्षेत्रीय प्रतिनिधि चयन सम्पन्न भएको हो।

राजविराज संवाददाता जितेन्द्रकुमार झाका अनुसार सप्तरीको अधिकांश गाउँ/नगरको अधिवेशन मधेसी मोर्चाले बिथोलेको छ। कांग्रेस तथा सरकार साझेदार दलको कार्यक्रम गर्न नदिने निर्णयअनुसार मोर्चा कार्यकर्ताले बिथोलेका हुन्। पाँच नगरपालिका तथा ९१ गाविसमा एकैसाथ अधिवेशन तयारी गरे पनि शुक्रबार क्षेत्र नम्बर २ को कुनै पनि गाविसमा अधिवेशन हुन सकेन। तिलाठी, सकरपुरासहितका कतिपय गाविसमा भने अधिवेशन भएको छ।

धनकुटा संवाददाता सिद्धराज राईका अनुसार शुक्रबार भएको गाउँ तथा नगर अधिवेशनमा सभापति र क्षेत्रीय प्रतिनिधिका लागि अधिकांश स्थानमा सर्वसम्मति जुटेको छ भने केहीमा निर्वाचन भएको छ। पाख्रीबास नगरपालिका राजारानी, परेवादिन, महाभारत र कुरुलेतेनुपामा गाउँ सभापति र क्षेत्रीय प्रतिनिधिका लागि निर्वाचन भएको छ। आँखिसल्लामा क्षेत्रीय प्रतिनिधिका लागि निर्वाचन भएको छ। बोधेमा मतदाता नामावली ढिलो पुगेकाले शनिबार निर्वाचन हुने बताइएको छ।

तेलिया गाविसको अधिवेशनबाट लिम्बुवान राष्ट्रिय पार्टीनिकट शिक्षक संघका अध्यक्ष हेमकुमार आङ्ला क्षेत्रीय प्रतिनिधि छनोट भएका छन्। लिम्बुवान राष्ट्रिय पार्टीको शिक्षक संघको अध्यक्षको हैसियत जिल्ला शिक्षा समितिमा प्रतिनिधित्व गरिरहेका आङ्लाले कांग्रेस पार्टीको क्रियाशील सदस्यता नवीकरण गरेका थिए।

महोत्तरी संवाददाता महेशकुमार दासका अनुसार मधेसी मोर्चाले अवरोध गर्ने जनाएपछि कांग्रेसले बर्दिवासमा अधिवेशन गर्ने तयारी गरेको छ। मधेसी मोर्चाले विज्ञप्ति नै जारी गरेर गाउँ, नगर, क्षेत्र र जिल्ला अधिवेशनमा अवरोध गर्ने चेतावनी दिएपछि बर्दिवासमा सम्पर्क कार्यालय स्थापना गरेको जिल्ला सभापति महेन्द्रकुमार रायले बताए।

कांग्रेस विधानअनुसार गाउँ अधिवेशनले सभापति, सचिव, कोषाध्यक्ष र आठ जना गाउँ कार्यसमिति सदस्य चयन गर्नेछ। त्यस्तै, कम्तीमा दुई महिला, दलित, आदिवासी जनजाति एक/एक, मधेसी/मुस्लिम/अल्पसंख्यक/पिछडिएको वर्गसहित नौ क्षेत्रीय प्रतिनिधि छनोट हुने छन् भने ५० भन्दा बढी महिला क्रियाशील सदस्य भए थप एक र सयभन्दा बढी भए अर्को एक प्रतिनिधि थपिने छन्।

३ हजार १ सय ५७ गाविस, २ सय १७ नगर वडाबाट झन्डै साढे एक लाख क्षेत्रीय प्रतिनिधि तथा स्थानीय नेतृत्व चयन हुनेछ।

प्रतिक्रिया

रोल्पाका अधिकांश छात्र छात्रा सि ग्रेडमा

रोल्पा-प्रवेशिका परीक्षा एसएलसीमा जिल्लाका अधिकाश छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ। जिशिकाका अनुसार नियमित तर्फ एक हजार ३६ छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएका छन।

राष्ट्रिय परीक्षा बोर्ड छिट्टै गठन गरिने

काठमाडौँ-शिक्षा सचिव विश्वप्रकाश पण्डितले शिक्षा ऐन– २०७३ प्रमाणीकरण भएपछि राष्ट्रिय परीक्षा बोर्ड गठन गरिने बताएका छन्। उमावि सङ्घ (हिसान)ले आज आयोजना गरेको शिक्षा ऐनसम्बन्धी अन्तर्क्रियामा सचिव पण्डितले ऐन कार्यान्वयन गराउने...

नाम छुटेको भन्दै भूकम्प पीडितले गाविसमा ताला लगाए

गोरखा- ताप्ले गाविसका स्थानीयले भूकम्प पीडितले घर बनाउन पाउने अनुदानमा आफ्नो नाम छुटेको भ्रन्दै गाविस कार्यालयमा शुक्रवार तालाबन्दी गरेका छन्। रातो कार्ड पाएका, विद्युतीय तथ्याङ्ककबाट गरिएको सर्वेक्षणमा नाम छुटेको भन्दै...

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

काठमाडौं-मासिक एक सय शुल्क लिएर अंग्रेजी माध्यममा नर्सरीदेखि स्नात्तोकोतरसम्म अध्ययन गराउँदै आएको समता शिक्षा निकेतन विद्यालयले यो वर्षको एसएलसीमा पनि उत्कृष्ट नतिजा ल्याएको छ।

विराटनगरका ३ डाक्टर पक्राउ

विराटनगर-नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका तीनजना चर्चित डाक्टरलाई शुक्रवार पक्राउ गरेको छ। वरिष्ठ फिजिशियन जावेद अख्तर अन्सारी, बालरोग विशेषज्ञ डा. सञ्जय दास र अर्थोपेडिक सर्जन डा. अबुल कलामलाई प्रहरीले...

सीआईबीद्वारा वीरगन्जका ९ चिकित्सक गिरफ्तार, सबैलाई काठमाडौं लगियो

वीरगन्ज– नेपाल प्रहरीको केन्द्रीय अन्सुन्धान ब्युरो(सीआईबी)को टोलीले वीरगन्जका ९ जना चिकित्सकलाई नियन्त्रणमा शुक्रबार बिहान गिरफ्तार गरेको छ।

नक्कली प्रमाणपत्र अभियोगमा चर्चित डा.जावेद पक्राउ

विराटनगर— नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका चर्चित फिजिशियन डाक्टर जावेद अख्तर अन्सारीलाई शुक्रवार पक्राउ गरेको छ। विराटनगरस्थित लाइफ गार्ड अस्पतालबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले उनलाई पक्राउ...

अवैध सुन तथा ९० थान हाते घडीसहित पक्राउ

काठमाडौं– सिन्धुपालचोक चौतारा– ३ बस्ने ३४ वर्षीय ताराबहादुर श्रेष्ठलाई प्रहरीले बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्किङ एरियाबाट ५० ग्राम सुन जस्तो देखीने पहेंलो धातुसहित पक्राउ गरेको छ।