Sunday 9 Shrawn, 2073 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

सरकारलाई केन्द्रीय बैंकको सुझाव: अत्यावश्यक वस्तु एयरलिफ्ट गर

(0 votes)
काठमाडौं- नेपाल राष्ट्र बैंकले भारतीय नाकाबन्दीका कारण मुलुकको जनजीवन निकै कष्टकर र गम्भीर भएको निष्कर्ष निकाल्दै सरकारलाई डिजेल, मट्टितेल र औषधिलगायत अत्यावश्यक वस्तु तत्काल हवाइजहाजबाट ओसारेर (एयरलिफ्ट) आपूर्ति सुझाएको छ ।


nepali-patro-june
सरकारको आर्थिक सल्लाहकार केन्द्रीय बैंकको अनुसन्धान विभागले शुक्रबार सार्वजनिक गरेको 'भारतले लगाएको अघोषित नाकाबन्दीले नेपाली अर्थतन्त्रमा परेको असर' नामक प्रतिवेदनमा सरकारले तत्काल तराई क्षेत्रको समस्या वार्ताबाट समाधान गरी त्यहाँ बैंक, वित्तीय संस्था, विद्यालय र उद्योग–व्यवसाय सञ्चालन हुने वातावरण तयार गर्ने कामलाई उच्च प्राथमिकता दिनुपर्ने सुझाव छ ।

सरकारले तत्काल, मध्यकाल तथा दीर्घकालमा गर्नुपर्ने कामबारे १५ बुँदे सुझाव दिँदै राष्ट्र बैंकले जीवन निर्वाहको लागि अति आवश्यक इन्धन, खाद्यान्न, औषधि आपूर्ति अवरुद्ध भई अभाव सिर्जना भएको बेला उपलब्ध वस्तुको न्यायोचित वितरणमा जोड दिएको छ ।

न्यायोचित वितरण नहुँदा अस्वाभाविक मूल्य वृद्धि तथा कालोबजारीले प्रश्रय पाएको केन्द्रीय बैंकको ठहर छ । यो बेला राज्य यन्त्रलाई प्रभावकारी रुपमा परिचालन गरी सीमित वस्तुको वितरणलाई न्यायोचित र व्यवस्थित गर्नुपर्नेमा जोड दिइएको छ । केन्द्रीय बैंकले खाना पकाउने ग्यास र पेट्रोलियम अभाव न्यूनीकरण गर्न विद्युत कम खपत गर्ने खालका विद्युतीय कुकर र उपकरण, सवारी साधन, सौर्य ऊर्जा, वायु र बायो ग्यासको प्रयोग गर्नुपर्ने बताएको छ । वनजंगलमा प्रतिकूल असर नपर्ने हदसम्म दाउरा र ब्रिकेट उत्पादन, आपूर्ति र उपयोगलाई राज्यले प्रोत्साहित गर्नुपर्ने सुझाव पनि प्रतिवेदनमा छ ।

अनुदान दिएर साना र लघुजलविद्युत आयोजना स्थापना गर्नुपर्नेमा जोड दिँदै उसले सरकारको पुँजीगत खर्च प्रभावकारी बनाउन श्रममूलक र स्थानीय स्रोत–साधन बढी उपयोग हुने विकास निर्माण कार्य अघि बढाउन आह्वान गरेको छ । रणनीतिक महत्वका सडक चौडा गर्नुपर्ने उसको सुझाव छ ।

न्यून परिणाममा उपलब्ध इन्धनको उपयुक्त व्यवस्थापन गरी रणनीतिक महत्वका सडक र जलविद्युत आयोजनालाई सहजै उपलब्ध गराउनुपर्ने सुझाव प्रतिवेदनमा छ । चीनतर्फका ९ नाकामध्ये रसुवा र तातोपानी जोड्ने सडकको मर्मतसम्भार र स्तरोन्नतिलाई उच्च महत्वको साथ तत्काल सुरु गर्न सुझाएको छ । रसुवागढी जाने सडकको राम्चे–धुन्चे खण्डमा बाह्रै महिना पहिरोको खतरा रहेको र बेत्रावती–मैलुङ–स्याफ्रुबेसी ट्र्याक खोल्न बाँकी रहेकाले यो नाका कुनै पनि बेला अवरुद्ध हुन सक्नेतर्फ पनि सरकारको ध्यानाकर्षण गराइएको छ ।

सेवा क्षेत्र धेरै प्रभावित भएकोले पर्यटनको लागि नेपाल सुरक्षित रहेको सन्देश विश्वमा प्रवाह गर्नुका साथै पर्यटनसँग सम्बन्धित क्षतिग्रस्त संरचनाको निर्माण र विस्तारमा प्राथमिकता दिनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

मुलुक विषम परिस्थितिबाट गुज्रिएको यो बेला अर्थतन्त्रलाई चलायमान राख्न सरकारको भूमिका महत्वपूर्ण हुने भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कानुनी र सांगठनिक प्रक्रिया तत्काल सम्पन्न गरी भूकम्पपछिको विकास–निर्माण कार्यमा तीव्रता दिन आग्रह गर्दै राष्ट्र बैंकले मध्य तथा दीर्घकालका लागि नेपालमा इन्धन, खाद्यान्न र कृषि सामग्री लगायत अत्यावश्यक वस्तुको भण्डारण क्षमता बढाउन र सो अनुसार देशका विभिन्न स्थानमा बफर स्टक कायम गर्न सुझाएको छ ।

प्रतिवेदनमा व्यापारमा देशगत विविधीकरण, अन्तरनिर्भरता कायम गर्ने नीति लिनुपर्ने, चिनियाँ लगानी बढाउन बेइजिङसँग बिप्पा सम्झौता गर्नुपर्ने र लोडसेडिङ तत्काल हटाउन एवं जलविद्युतको दीर्घकालीन विकास गर्न चीनसँग पिडिए र पिटिए गर्नुपर्ने सुझाव प्रतिवेदनमा छ । चिनियाँ बैंकसँगको भुक्तानी प्रक्रियालाई सरलीकृत गर्र्न, उत्तरी नाकामा बैंक तथा वत्तीय संस्थाका शाखा, एक्स्टेन्सन काउन्टर र मनिचेन्चर खोल्न प्रोत्साहित गरी चिनियाँ मुद्रा सटहीलाई सहज पार्र्न पनि उसले सुझाएको छ । चीनबाट हुने आयातको भुक्तानी गर्ने माध्यम ड्राफ्ट, टिटी आदिको वर्तमान व्यवस्थामा आवश्यकता अनुसार सरलीकरण गर्न र हालै जारी गरिएका कृषि, औद्योगिक र व्यापार नीतिको प्रभावकारी कार्यान्वयन गरी खासगरी खाद्य सुरक्षा र निर्यात प्रवद्र्धनमा विशेष ध्यान दिन उसले सुझाएको छ ।

प्रतिक्रिया

रोल्पाका अधिकांश छात्र छात्रा सि ग्रेडमा

रोल्पा-प्रवेशिका परीक्षा एसएलसीमा जिल्लाका अधिकाश छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ। जिशिकाका अनुसार नियमित तर्फ एक हजार ३६ छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएका छन।

राष्ट्रिय परीक्षा बोर्ड छिट्टै गठन गरिने

काठमाडौँ-शिक्षा सचिव विश्वप्रकाश पण्डितले शिक्षा ऐन– २०७३ प्रमाणीकरण भएपछि राष्ट्रिय परीक्षा बोर्ड गठन गरिने बताएका छन्। उमावि सङ्घ (हिसान)ले आज आयोजना गरेको शिक्षा ऐनसम्बन्धी अन्तर्क्रियामा सचिव पण्डितले ऐन कार्यान्वयन गराउने...

नाम छुटेको भन्दै भूकम्प पीडितले गाविसमा ताला लगाए

गोरखा- ताप्ले गाविसका स्थानीयले भूकम्प पीडितले घर बनाउन पाउने अनुदानमा आफ्नो नाम छुटेको भ्रन्दै गाविस कार्यालयमा शुक्रवार तालाबन्दी गरेका छन्। रातो कार्ड पाएका, विद्युतीय तथ्याङ्ककबाट गरिएको सर्वेक्षणमा नाम छुटेको भन्दै...

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

काठमाडौं-मासिक एक सय शुल्क लिएर अंग्रेजी माध्यममा नर्सरीदेखि स्नात्तोकोतरसम्म अध्ययन गराउँदै आएको समता शिक्षा निकेतन विद्यालयले यो वर्षको एसएलसीमा पनि उत्कृष्ट नतिजा ल्याएको छ।

विराटनगरका ३ डाक्टर पक्राउ

विराटनगर-नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका तीनजना चर्चित डाक्टरलाई शुक्रवार पक्राउ गरेको छ। वरिष्ठ फिजिशियन जावेद अख्तर अन्सारी, बालरोग विशेषज्ञ डा. सञ्जय दास र अर्थोपेडिक सर्जन डा. अबुल कलामलाई प्रहरीले...

सीआईबीद्वारा वीरगन्जका ९ चिकित्सक गिरफ्तार, सबैलाई काठमाडौं लगियो

वीरगन्ज– नेपाल प्रहरीको केन्द्रीय अन्सुन्धान ब्युरो(सीआईबी)को टोलीले वीरगन्जका ९ जना चिकित्सकलाई नियन्त्रणमा शुक्रबार बिहान गिरफ्तार गरेको छ।

नक्कली प्रमाणपत्र अभियोगमा चर्चित डा.जावेद पक्राउ

विराटनगर— नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका चर्चित फिजिशियन डाक्टर जावेद अख्तर अन्सारीलाई शुक्रवार पक्राउ गरेको छ। विराटनगरस्थित लाइफ गार्ड अस्पतालबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले उनलाई पक्राउ...

अवैध सुन तथा ९० थान हाते घडीसहित पक्राउ

काठमाडौं– सिन्धुपालचोक चौतारा– ३ बस्ने ३४ वर्षीय ताराबहादुर श्रेष्ठलाई प्रहरीले बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्किङ एरियाबाट ५० ग्राम सुन जस्तो देखीने पहेंलो धातुसहित पक्राउ गरेको छ।