Wednesday 12 Shrawn, 2073 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

अस्पतालमा मैनवत्तीको भर

(0 votes)
अस्पतालमा मैनवत्तीको भर
जाजरकोट-विद्युत अभावमा जिल्लाको एक मात्र अस्पताल जाजरकोट अस्पतालमा अँध्यारोमै विरामीको उपचार गर्ने गरिएको छ। जिल्ला सदरमुकाम खलंगाको थाप्लेचौरमा रहेको १५ सैयाको जिल्ला अस्पतालमा विजुलीको नियमित र भरपर्दा सुविधा नहुँदा रातिको समयमा विरामीको उपचार मैनवत्तीको भरमा हुने गरेको हो।
nepali-patro-june
अस्प्तालमा भर्ना भएका विरामीहरुको उपचार मैनवत्तीको भरमा गर्दा निकै समस्या हुने गरेको अस्पतालमा कार्यरत अनमी नारायणी शाहले वताइन्। उनले एक जनाले मैनवत्ती देखाउने र अर्कोले विरामीलाई औषधी र उपचारको व्यवस्था गर्नु पर्ने अवस्था रहेको बताइन् । अस्पतालमा भर्ना भएका विरामीहरुलाई रातिमा उपचार गर्दा कहिले काँहि गल्ती पनि हुन सक्ने र यसले विरामीहरु र स्वास्थ्यकर्मी दुवैलाइ समस्या परेको अनमी शाहको भनाई छ।

अस्पतालमा भएका व्याट्रीहरुले विरामी कक्षमा रातको समयमा आवस्यक पावर दिन नसकेका कारण अस्पतालको रात्रीकालीन सेवा प्रभावित भएको स्वास्थ्यकर्मीहरु बताउँछन् । केन्द्रिय विद्यूत लाइन नपुगेको सदरमुकाम खलंगा स्थित जिल्ला अस्पतालमा स्थानीय साङट रिसाङ खोला लघु विद्युत आयोजनावाट वितरित विजुलीले नियमित सेवा दिन नसकेपछि अस्पताल प्रशासनले खरिद गरेको ६२.५ केवी क्षमता भएको जेनेरेटर आपतकालीन समयमा मात्र प्रयोग हुन थालेपछि रातमा विरामीको उपचार अँध्यरोमै हुने गरेको हो । प्रति घण्टा ७ लिटर डिजल खर्च हुने उक्त जेनेरेटर भारतीय नाकावन्दीका कारण तेल अभाव हुँदा नियमित रुपमा चल्न नसकेको जिल्ला अस्पतालका डाक्टर दिपक पुनले बताए। जेनेरेटर चलाएर वार्डमा वत्ती बाल्न सक्ने अवस्था जिल्ला अस्पतालसँग नभएको डा.दिपक पुनले बताए । आपतकालीन सेवा वाहेक अन्य काममा जेनेरेटर प्रयोग गर्न नसकिने उनको भनाई छ ।

भुर ६ वाट एक वर्षे छोराको उपचार गराउन जिल्ला अस्पतालमा भर्ना भएकी सीता कुसारीले मैनवत्तीको उज्यालोमा अस्पताल वस्दा निकै समस्या भोग्नु परेको वताइन् । रातको समयमा चर्पी जाने वेला होस या औषधी उपचार गर्ने वेला गतिलो उज्यालो नभएर विरामीहरुले निकै दुख पाउने गरेको कुसारीले वताइन् । उता अस्पताल विकास समितिका अध्यक्ष नगेन्द्र शाह स्थानीय खोलावाट उत्पादित विजुलीले अस्पतालमा आवश्यकता अनुसारको पावर दिन नसकेका कारण समस्या परेको बताउँछन् ।

प्रतिक्रिया

रोल्पाका अधिकांश छात्र छात्रा सि ग्रेडमा

रोल्पा-प्रवेशिका परीक्षा एसएलसीमा जिल्लाका अधिकाश छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ। जिशिकाका अनुसार नियमित तर्फ एक हजार ३६ छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएका छन।

राष्ट्रिय परीक्षा बोर्ड छिट्टै गठन गरिने

काठमाडौँ-शिक्षा सचिव विश्वप्रकाश पण्डितले शिक्षा ऐन– २०७३ प्रमाणीकरण भएपछि राष्ट्रिय परीक्षा बोर्ड गठन गरिने बताएका छन्। उमावि सङ्घ (हिसान)ले आज आयोजना गरेको शिक्षा ऐनसम्बन्धी अन्तर्क्रियामा सचिव पण्डितले ऐन कार्यान्वयन गराउने...

नाम छुटेको भन्दै भूकम्प पीडितले गाविसमा ताला लगाए

गोरखा- ताप्ले गाविसका स्थानीयले भूकम्प पीडितले घर बनाउन पाउने अनुदानमा आफ्नो नाम छुटेको भ्रन्दै गाविस कार्यालयमा शुक्रवार तालाबन्दी गरेका छन्। रातो कार्ड पाएका, विद्युतीय तथ्याङ्ककबाट गरिएको सर्वेक्षणमा नाम छुटेको भन्दै...

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

काठमाडौं-मासिक एक सय शुल्क लिएर अंग्रेजी माध्यममा नर्सरीदेखि स्नात्तोकोतरसम्म अध्ययन गराउँदै आएको समता शिक्षा निकेतन विद्यालयले यो वर्षको एसएलसीमा पनि उत्कृष्ट नतिजा ल्याएको छ।

विराटनगरका ३ डाक्टर पक्राउ

विराटनगर-नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका तीनजना चर्चित डाक्टरलाई शुक्रवार पक्राउ गरेको छ। वरिष्ठ फिजिशियन जावेद अख्तर अन्सारी, बालरोग विशेषज्ञ डा. सञ्जय दास र अर्थोपेडिक सर्जन डा. अबुल कलामलाई प्रहरीले...

सीआईबीद्वारा वीरगन्जका ९ चिकित्सक गिरफ्तार, सबैलाई काठमाडौं लगियो

वीरगन्ज– नेपाल प्रहरीको केन्द्रीय अन्सुन्धान ब्युरो(सीआईबी)को टोलीले वीरगन्जका ९ जना चिकित्सकलाई नियन्त्रणमा शुक्रबार बिहान गिरफ्तार गरेको छ।

नक्कली प्रमाणपत्र अभियोगमा चर्चित डा.जावेद पक्राउ

विराटनगर— नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका चर्चित फिजिशियन डाक्टर जावेद अख्तर अन्सारीलाई शुक्रवार पक्राउ गरेको छ। विराटनगरस्थित लाइफ गार्ड अस्पतालबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले उनलाई पक्राउ...

अवैध सुन तथा ९० थान हाते घडीसहित पक्राउ

काठमाडौं– सिन्धुपालचोक चौतारा– ३ बस्ने ३४ वर्षीय ताराबहादुर श्रेष्ठलाई प्रहरीले बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्किङ एरियाबाट ५० ग्राम सुन जस्तो देखीने पहेंलो धातुसहित पक्राउ गरेको छ।