Thursday 7 Mangshir, 2074 |
Menu

republica-headerdiscount-subscribe1

रुबी रौनियार

रुबी रौनियार

रौनियार स्थापनाकालदेखि नै नागरिक दैनिकमा आबद्ध छिन्। उनी शिक्षा बिटमा कलम चलाउँदै आएकी छन्। Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

फेरियो प्रणाली, फेरिएन उपलब्धि

काठमाडौं- दस कक्षामा एसएलसी परीक्षा गराउने प्रणालीलाई बिट मार्दै सरकारले यसको अन्तिम संस्करणको नतिजा बिहीबार सार्वजनिक गरेको छ। कक्षा १२ सम्मलाई विद्यालयतह निर्क्योल गरेको दुई साता नबित्दै सरकारले एसएलसी परीक्षा–२०७२ को नतिजा पहिलोपटक अक्षरांक (ग्रेडिङ) प्रणालीमा सार्वजनिक गरेको हो।

एसएलसीको परिणाम सार्वजनिक, अर्को वर्षदेखि एसएलसी नहुने

  • समाज
काठमाडौं—परीक्षा नियन्त्रण कार्यालयले गत वर्षको एसएलसी परीक्षा नतिजा प्रकाशित गरेको छ। ग्रेडिङ प्रणाली लागू भएपछि सार्वजनिक गरिएको पहिलो परीक्षाफल हो। राष्ट्रिय तहबाट एसएसली बोर्डले सार्वजनिक गर्ने यो नै अन्तिम परीक्षाफल पनि हो।

एसएलसी नतिजा भोलि अाउँदै, ग्रेस कसैले नपाउने कोही फेल नहुने

  • देश
काठमाडौं— एसएलसी परीक्षाको परीक्षाफल भोलि बिहीबार सार्वजनिक हुने भएको छ। एसएलसी सुरुवातको ८२ वर्षपछि पहिलो पटक परीक्षा नियन्त्रक कार्यालय सानोठिमीले ग्रेस माक्र्स दिने ब्यवस्था हटाउँदैछ।

अध्यक्ष चुन्न चुनाव गर्न नपाइने

  • देश
काठमाडौं- सामुदायिक विद्यालय व्यवस्थापन समिति गठनमा बढ्दो विसंगति हटाउन सरकारले नयाँ व्यवस्था ल्याएको छ। अभिभावकमध्येबाट विद्यालय विव्यस अध्यक्ष छानिने व्यवस्था खारेज गरी अभिभावक, वडाध्यक्ष, संस्थापक वा चन्दादातामध्येबाट छान्ने व्यवस्था गरिएको हो। नयाँ व्यवस्थासँगै अब विव्यस अध्यक्षका लागि चुनाव गर्न पाइँदैन।

जिरो प्लस टु व्यवस्थापन अन्योलमा

  • देश
काठमाडौं- व्यवस्थापिका–संसदबाट पारित शिक्षा ऐन, २०२८ को आठौं संशोधन विधेयकले क्याम्पसमा सञ्चालित प्लस टु र जिरो प्लस टुको शैक्षिक व्यवस्थापनबारे नबोल्दा अन्योल उत्पन्न भएको छ।

विद्यार्थीसँगै शिक्षकको मूल्यांकन

  • देश
काठमाडौं— सरकारले शिक्षक बढुवाको मूल्यांकन विद्यार्थीको उत्तीर्ण प्रतिशतका आधारमा गर्ने भएको छ । घरै बसी, नपढाएरै र खेताला शिक्षक राखेकै भरमा बढुवा हुने प्रवृत्तिलाई निरुत्साहित गर्दै शिक्षण सिकाइलाई समेत प्रभावकारी बनाउने भन्दै सरकारले यस्तो कार्यक्रम ल्याएको हो ।

नेपाललाई भारतको आँखाले हेर्दैनौं : अमेरिकी राजदूत

काठमाडौं- 'अमेरिकाले पहिले नेपाललाई स्वतन्त्र आँखाले हेर्थ्यो, विदेशनीति स्वतन्त्र थियो तर भारतसँग रणनीतिक साझेदारीपछि अमेरिकाले नेपाललाई भारतकै आँखाले हेर्न थालेझैं लाग्छ। किन होला?'

प्रावि, निमावि र उच्च मावि तह हटाइने

  • देश
काठमाडौं- सरकारले विद्यालय शिक्षालाई एकीकृत गर्ने गरी शिक्षा ऐन संशोधन प्रक्रिया अघि बढाएको छ। व्यवस्थापिका संसदको महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक कल्याण समितिको बुधबार बैठकले अनुमोदन गरेको 'शिक्षा ऐन २०२८ (आठौं) संशोधन गर्न बनेको विधेयक, २०७२' मा कक्षा १२ सम्मलाई विद्यालय शिक्षा मान्यता दिन प्रस्ताव गरिएको छ।

एसएलसी नतिजा असार तेस्रो साता

  • समाज
काठमाडौं-एसएलसी परीक्षाको नतिजा यस वर्ष विगतभन्दा केही ढिलो आउने भएको छ। परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले नतिजा आगामी असार तेस्रो साता मात्र सार्वजनिक गर्ने भएको हो।


Subscribe to this RSS feed