Sunday 19 Mangshir, 2073 |
Menu

समाज

istl

छोरी भनेर छोराको भ्रुण हत्या

(1 Vote)
जनकपुर - छोराको बाटो हेर्दाहेर्दै चारवटा छोरी जन्माइसकेकी महोत्तरी सहोडबा–४ की चन्द्रादेवी झाले पाँचौ सन्तानको रुपमा पाएको छोरा पनि जन्माउन नपाउँदै गुमाउनु परेको छ। छोरी नै छोरी जन्मिन थालेपछि भ्रुणको लिङ पहिचान गराउन डाक्टरकहाँ गएकी उनलाई अर्को सन्तान पनि छोरी नै रहेको भनियो। गर्भ बोकेको पाँच महिना पुगिसके पनि छोरीको नाउँ सुन्ने बित्तिकै फाल्न तयार भएकी उनको गर्भपतन गरेपछि मात्र थाहा भयो– पेटमा हुर्कंदै गरेकेा छोरा रहेछ।
तर, गर्भपतन भइसकेपछि थाहा पाएर के गर्न सकिन्थ्यो र! पीडित परिवारले डाक्टरमाथि आक्रोश पोखे। डाक्टरले पनि आफ्नो बुताले भ्याएसम्म आर्थिक प्रलोभन र दबाबमा घटना लुकाउन खोजे।
घटना गत मंगलबारको हो। झाले डा. निलम चौधरीको जनकपुर प्रसूति क्लिनिकमा गएर भ्रुणको लिङ्ग पहिचान गराइन्। अल्ट्रासाउन्डको माध्यमले भ्रुण पहिचान गरिसकेपछि डा.चौधरीले ‘फिमेल' भन्ने मौखिक रिपोर्ट सुनाइन्। झाले अझ स्पष्ट हुन केही दिनपछि पुनः एक पटक जाँच गराउने भन्दै फिर्ता भइन्। अर्को चोटी जाँच गर्दा पनि चौधरीले उस्तै रिजल्ट सुनाइन्। कानुन विपरित हुने गरी गर्भ बोकेको म्याद नाघिसकेका महिलालाई गर्भपतन गर्न कम्तीमा पाँच हजार ‘रेट' तोकिएको रहेछ – चौधरीको क्लिनिकमा। कुनै कुनै केसमा भने १० देखि २५ हजारसम्म पनि लिने गरेको क्लिनिककी एक स्टाफनर्सले बताइन्। 
झाले पाँच हजार तिरेर भएपनि अवैध गर्भपतन गराउन तयार भइन्। मध्यरातीमा बेहोस पार्ने औषधी प्रयोग गरेर चौधरीले पाँच महिनाको भ्रुण शिशु त बाहिर निकालिन्। तर, तिनले भने झैं भु्रण फिमेल नभएर मेल अर्थात छोरा रहेछ। कुनै पनि महिलालाई गर्भपतन गरेपछि उनको पेटबाट निकालिएको बच्चा उनकै परिवारलाई जिम्मा लगाउनुपर्ने नियम अनुसार कलिला शिशुको शरिर आमालाई देखाउनै पर्ने भयो। हतार–हतार डाक्टरले उसको लिङ्ग काटिदिएर छोरीको जस्तो बनाउने दुष्प्रयास गरिन्। तर, उनको आफन्तले कुरो समातिहाले। रातिमै ‘बबाल' भयो। डाक्टर पनि डराएकी थिइन्। उनले अनेकन प्रलोभन देखाएर पीडित परिवारलाई घटना गुपचुप राख्न प्रयास गरिन् तर सकिनन्। 
बिहान नहुँदै चन्दाकी सासु चन्द्रकलाले न्यायको लागि आफन्तहरुलाई गुहारिन्। पीडितको आवाज बुलन्द हुने संकेत देखेपछि तत्काल चौधरीले डेढ लाख रुपैयाँ उपलब्ध गराउने वाचा गर्दै घटनाको प्रचारवाजी नगर्न आग्रह गरिन्। एक लाख रुपैयाँ नगदै हातमा थमाइदिएपछि पीडित परिवारले पनि चित्त बुझायो। पीडितले यस वारे बाहिर कतै नबोले थप पचास हजार रुपैया दिने लोभ देखाइएको थियो। तर, केही सञ्चारमाध्यमसम्म कुरो पुगेपछि उक्त पचास हजार पनि नदिने बरु उल्टो दण्डित गर्ने धम्की दिन थालेको बुझिएको छ। 
जानकी प्रहरी चौकीसँग टाँसिएरै रहेको क्लिनिकमा भएको उक्त घटना वारे प्रहरीले अनभिज्ञताको नाटक रचिरहेका छन्। जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख डिएसपी नरेन्द्र उप्रेतीले घटनाको तीन दिन बितिरहँदासम्म कतैबाट उजुरी आइनसकेको बताउँछन्। ‘घटना यदि कानुन विपरित हो भने कारवाहीको लागि उजुरी नै पर्खिनुपर्ने कस्तो बाध्यता छ?' नागरिकको जिज्ञासामा उप्रेतीले भने, ‘अहिलोसम्म उजुरीको लागि पर्खेका थियौं, अब केही सञ्चारमाध्यममा पनि आइसकेकाले आवश्यक प्रक्रियावारे थप अध्ययन गर्दै छौं।'

प्रतिक्रिया

रोल्पाका अधिकांश छात्र छात्रा सि ग्रेडमा

रोल्पा-प्रवेशिका परीक्षा एसएलसीमा जिल्लाका अधिकाश छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ। जिशिकाका अनुसार नियमित तर्फ एक हजार ३६ छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएका छन।

राष्ट्रिय परीक्षा बोर्ड छिट्टै गठन गरिने

काठमाडौँ-शिक्षा सचिव विश्वप्रकाश पण्डितले शिक्षा ऐन– २०७३ प्रमाणीकरण भएपछि राष्ट्रिय परीक्षा बोर्ड गठन गरिने बताएका छन्। उमावि सङ्घ (हिसान)ले आज आयोजना गरेको शिक्षा ऐनसम्बन्धी अन्तर्क्रियामा सचिव पण्डितले ऐन कार्यान्वयन गराउने...

नाम छुटेको भन्दै भूकम्प पीडितले गाविसमा ताला लगाए

गोरखा- ताप्ले गाविसका स्थानीयले भूकम्प पीडितले घर बनाउन पाउने अनुदानमा आफ्नो नाम छुटेको भ्रन्दै गाविस कार्यालयमा शुक्रवार तालाबन्दी गरेका छन्। रातो कार्ड पाएका, विद्युतीय तथ्याङ्ककबाट गरिएको सर्वेक्षणमा नाम छुटेको भन्दै...

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

काठमाडौं-मासिक एक सय शुल्क लिएर अंग्रेजी माध्यममा नर्सरीदेखि स्नात्तोकोतरसम्म अध्ययन गराउँदै आएको समता शिक्षा निकेतन विद्यालयले यो वर्षको एसएलसीमा पनि उत्कृष्ट नतिजा ल्याएको छ।

विराटनगरका ३ डाक्टर पक्राउ

विराटनगर-नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका तीनजना चर्चित डाक्टरलाई शुक्रवार पक्राउ गरेको छ। वरिष्ठ फिजिशियन जावेद अख्तर अन्सारी, बालरोग विशेषज्ञ डा. सञ्जय दास र अर्थोपेडिक सर्जन डा. अबुल कलामलाई प्रहरीले...

सीआईबीद्वारा वीरगन्जका ९ चिकित्सक गिरफ्तार, सबैलाई काठमाडौं लगियो

वीरगन्ज– नेपाल प्रहरीको केन्द्रीय अन्सुन्धान ब्युरो(सीआईबी)को टोलीले वीरगन्जका ९ जना चिकित्सकलाई नियन्त्रणमा शुक्रबार बिहान गिरफ्तार गरेको छ।

नक्कली प्रमाणपत्र अभियोगमा चर्चित डा.जावेद पक्राउ

विराटनगर— नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका चर्चित फिजिशियन डाक्टर जावेद अख्तर अन्सारीलाई शुक्रवार पक्राउ गरेको छ। विराटनगरस्थित लाइफ गार्ड अस्पतालबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले उनलाई पक्राउ...

अवैध सुन तथा ९० थान हाते घडीसहित पक्राउ

काठमाडौं– सिन्धुपालचोक चौतारा– ३ बस्ने ३४ वर्षीय ताराबहादुर श्रेष्ठलाई प्रहरीले बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्किङ एरियाबाट ५० ग्राम सुन जस्तो देखीने पहेंलो धातुसहित पक्राउ गरेको छ।