Thursday 4 Magh, 2074 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

'सम्झौताले जलवायु मुद्दा कमजोर'

(0 votes)
काठमाडौं- कार्बन प्रदूषण कम गर्न शक्तिशाली र ठूला प्रदूषक मुलुकबीच लगातार भइरहेका द्विपक्षीय सम्झौताले जलवायु परिवर्तनबाट प्रभावित गरिब मुलुकका मुद्दालाई कमजोर बनाएको नेपाली वार्ताकारले ठहर गरेका छन्।
nepali-patro-june
विश्वकै ठूला प्रदूषक मानिएका चीन र अमेरिकाका राष्ट्र प्रमुखबीच कार्बन घटाउने सम्बन्धमा दुई महिनाअघि द्विपक्षीय सम्झौता भएको थियो। हालैको भारत भ्रमणमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले जलवायु परिवर्तनसम्बन्धी अर्को सम्झौता पनि गरेका थिए।
यस्ता सम्झौताले गरिब मुलुकले लिन सक्ने वित्तीय फाइदाको सम्भावनालाई कम गर्दै लगेको वार्ताकारहरूको तर्क छ। यस्ता मुलुकले अन्तर्राष्ट्रिय मञ्चमा उठाइरहेका मुद्दा ओझलमा पर्ने र क्षतिपूर्ति दाबी गर्न समेत अप्ठेरो हुने बताए।
अघिल्लो कार्यकालसम्म कम विकसित मुलुकको अध्यक्षता गर्दै आएको नेपालका वार्ताकारहरूले बुधबार आयोजित एक कार्यक्रममा ठूला प्रदूषक मुलुकबीच भइरहेका सम्झौताले गर्दा साना मुलुकमा जलवायु परिवर्तनका समस्या अझ बढी प्रभावित हुन सक्ने बताए।
'अमेरिका, चीन र भारतबीच धमाधम द्विपक्षीय सम्झौता भइरहेको छ। यसले गरिब मुलुकहरूलाई झनै चुनौती थपेको छ,' वातावरण मन्त्रालयले आयोजना गरेको कार्यक्रममा जलवायु परिवर्तनका क्षेत्र र वार्तामा सहभागी हुँदै आएका राजु पन्डितले भने, 'यस्ता सम्झौताले विश्व सम्मेलनहरूलाई समेत प्रभाव पार्न थालेका छन्।'
उनले यस्ता सम्झौताले गर्दा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय पक्ष राष्ट्रहरूको सम्मेलन उपलब्धिहीन हुने सम्भावना बढेको बताए। 'सबैभन्दा बढी समस्या झेलिरहेका हामीजस्ता गरिब मुलुकले यो सम्मेलनबाट फाइदा लिन सक्ने सम्भावना घट्न थालेको छ,' पन्डितले हालै पेरुको राजधानी लिमामा सम्पन्न २० पक्ष राष्ट्रहरूको बीसौं सम्मेलनको अनुभव सुनाउँदै भने, 'यस्ता सम्झौता अन्तर्राष्ट्रिय मञ्चलाई कमजोर बनाउने किसिमले हुन थालेका छन्।' लिमा सम्मेलनको केही दिनअघि मात्र चीन र अमेरिकाबीच द्विपक्षीय सम्झौता भएको थियो।
'आपसमा सम्झौता गरिरहेका यस्ता मुलुकले अन्तर्राष्ट्रिय सम्मेलन र मञ्चमा कुनै पनि सम्झौतामा हस्ताक्षर नगर्ने र प्रतिबद्धतासमेत नजनाउने सम्भावना बढेको छ,' पन्डितले भने।
उनले आगामी दिनमा हुने सम्मेलन गरिब मुलुकका लागि चूनौतीपूर्ण हुने र त्यसको सामना गर्न धेरै तयारी गर्नुपर्ने बताए। 'अहिलेको तयारी, बुझाइ र प्रस्तुतिले हामीले जलवायुको मुद्दालाई निर्क्योलमा पुर्या्उन सक्दैनौं,' उनले भने।
पक्ष राष्ट्रहरूको अर्को सम्मेलन आगामी डिसेम्बरमा फ्रान्सको राजधानी पेरिसमा हुँदैछ। पेरिसमा हुने भनिएको २१ औं सम्मेलनमा प्रदूषण कम गर्ने, अनुकूलन र समयानुकूलनका कार्यक्रमसम्बन्धी धेरै मुद्दामा सम्झौता हुने विश्वास लिइएको छ।
वातावरण मन्त्रालयले त्यही सम्मेलनको तयारीस्वरूप स्विट्जरल्यान्डको जेनेभामा हुने भनिएको बैठकमा भाग लिने तयारी गर्न बुधबार छलफल डाकेको थियो। मन्त्रालयले वार्ताकार टोलीसमेत बनाइसकेको छ।
नेपालको वार्ताकार टोलीका अर्का सदस्य मन्जित ढकालले जलवायु परिवर्तनको प्रभाव पुष्टि गर्न नेपालले अध्ययन र अनुसन्धानलाई जोड दिनुपर्ने बताए। 'विश्व तापमान वृद्धिदरलाई १.५ वा २ डिग्री सेल्सियस कुन कायम गर्ने भन्ने स्पष्ट हुनुपर्छ,' उनले भने, 'यो वृद्धिदरले नेपाललाई के प्रभाव पार्छ त्यो पनि अध्ययन हुनुपर्छ।'
ढकालले जलवायु परिवर्तनले हिमशृंखलामा पारेको प्रभाव, वन क्षेत्रको रेड कार्यक्रम र क्षतिबारे अध्ययन गर्नुपर्ने बताए। 'आधार संकलन नगरी सम्मेलनमा जानुको अर्थ रहँदैन र गृहकार्य राम्ररी गर्नुपर्छ,' उनले भने।
कार्यक्रममा सहभागी पूर्वसचिव डा. गणेशराज जोशीले जलवायु परिवर्तनका हरेक मुद्दालाई बेग्लाबेग्लै समूहमा छलफल गरी निष्कर्षमा पुग्न सुझाव दिएका थिए। वातावरण सचिव डा. कृष्णचन्द्र पौडेलले गरिब मुलुकको पूर्वअध्यक्ष राष्ट्रका हैसियतले नेपाली वार्ता टोलीको प्रभावकारी उपस्थिति अपरिहार्य भएको बताए।

प्रतिक्रिया

रोल्पाका अधिकांश छात्र छात्रा सि ग्रेडमा

रोल्पा-प्रवेशिका परीक्षा एसएलसीमा जिल्लाका अधिकाश छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ। जिशिकाका अनुसार नियमित तर्फ एक हजार ३६ छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएका छन।

राष्ट्रिय परीक्षा बोर्ड छिट्टै गठन गरिने

काठमाडौँ-शिक्षा सचिव विश्वप्रकाश पण्डितले शिक्षा ऐन– २०७३ प्रमाणीकरण भएपछि राष्ट्रिय परीक्षा बोर्ड गठन गरिने बताएका छन्। उमावि सङ्घ (हिसान)ले आज आयोजना गरेको शिक्षा ऐनसम्बन्धी अन्तर्क्रियामा सचिव पण्डितले ऐन कार्यान्वयन गराउने...

नाम छुटेको भन्दै भूकम्प पीडितले गाविसमा ताला लगाए

गोरखा- ताप्ले गाविसका स्थानीयले भूकम्प पीडितले घर बनाउन पाउने अनुदानमा आफ्नो नाम छुटेको भ्रन्दै गाविस कार्यालयमा शुक्रवार तालाबन्दी गरेका छन्। रातो कार्ड पाएका, विद्युतीय तथ्याङ्ककबाट गरिएको सर्वेक्षणमा नाम छुटेको भन्दै...

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

काठमाडौं-मासिक एक सय शुल्क लिएर अंग्रेजी माध्यममा नर्सरीदेखि स्नात्तोकोतरसम्म अध्ययन गराउँदै आएको समता शिक्षा निकेतन विद्यालयले यो वर्षको एसएलसीमा पनि उत्कृष्ट नतिजा ल्याएको छ।

विराटनगरका ३ डाक्टर पक्राउ

विराटनगर-नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका तीनजना चर्चित डाक्टरलाई शुक्रवार पक्राउ गरेको छ। वरिष्ठ फिजिशियन जावेद अख्तर अन्सारी, बालरोग विशेषज्ञ डा. सञ्जय दास र अर्थोपेडिक सर्जन डा. अबुल कलामलाई प्रहरीले...

सीआईबीद्वारा वीरगन्जका ९ चिकित्सक गिरफ्तार, सबैलाई काठमाडौं लगियो

वीरगन्ज– नेपाल प्रहरीको केन्द्रीय अन्सुन्धान ब्युरो(सीआईबी)को टोलीले वीरगन्जका ९ जना चिकित्सकलाई नियन्त्रणमा शुक्रबार बिहान गिरफ्तार गरेको छ।

नक्कली प्रमाणपत्र अभियोगमा चर्चित डा.जावेद पक्राउ

विराटनगर— नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका चर्चित फिजिशियन डाक्टर जावेद अख्तर अन्सारीलाई शुक्रवार पक्राउ गरेको छ। विराटनगरस्थित लाइफ गार्ड अस्पतालबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले उनलाई पक्राउ...

अवैध सुन तथा ९० थान हाते घडीसहित पक्राउ

काठमाडौं– सिन्धुपालचोक चौतारा– ३ बस्ने ३४ वर्षीय ताराबहादुर श्रेष्ठलाई प्रहरीले बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्किङ एरियाबाट ५० ग्राम सुन जस्तो देखीने पहेंलो धातुसहित पक्राउ गरेको छ।