×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

Error loading library: joomla, Library not found

Error loading library: joomla, Library not found

Error loading library: joomla, Library not found

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Tuesday 3 Poush, 2075 |
Menu

republica-headerdiscount-subscribe1

istl

काठमाडौंबासीको आयु ८२, जुम्लाबासीको ३६ वर्ष

(0 votes)
काठमाडौं- मानवीय दृष्टिमा दुर्गम र सहरी क्षेत्रबीचका आयुदरमा ठूलो अन्तराल देखा परेको छ। काठमाडौंमा जन्मिने शिशुको आयुदर ८२ वर्ष र जुम्लाको शिशुको आयुदर ३६ वर्ष मात्र हुने स्वास्थ्य सेवा विभागले जनाएको छ। विभागले सरदर नेपालीको आयु ७० पुगेको उल्लेख गरेको छ।
nepali-patro-june

 

तेस्रो स्वास्थ्य दिवसमा अवसरमा शुक्रबार आयोजित कार्यक्रममा महानिर्देशक डा सेनेन्द्रराज उप्रेतीले सहरी क्षेत्र र दुर्गम क्षेत्रबीचका आयुदरमा ठूलो अन्तराल देखा परेको जानकारी दिँदै असमान आयुदर कम गर्न मन्त्रालयले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन विभिन्न तहमा २१ हजार जनशक्ति थप गर्न लागेको बताए ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा प्रतिदश हजार जनसङ्ख्यामा एक चिकित्सक पर्छन् । सङ्गठनका मापदण्डमा १५ जनामा एक चिकित्सक हुनुपर्ने प्रावधान छ । विभागले आठ हजार चिकित्सक, नर्स, जनस्वास्थ्य अधिकृत, सहायक जनस्वास्थ्यलगायत दरबन्दी थपका लागि विभिन्न निकायबाट स्वीकृत पाइसकेको तथा बाँकी १४ हजार दरबन्दी तेस्रो स्वास्थ्य सेवा रणनीति कार्यान्वयनका क्रममा थप गर्न लागेको छ । सबै उपस्वास्थ्य चौकी स्वास्थ्य चौकीमा स्तरोन्नति भइसकेकाले ती जनशक्ति आवश्यक परेको हो ।

विभागले तीन हजारभन्दा बढी स्वास्थ चौकीमा एक छात्रवृत्तिमा अध्ययन गरेका र एक दरबन्दीमा रहेका दुई चिकित्सक, तीन नर्स, अहेबलगायत जनशक्ति, आवश्यक उपकरण र औषधि पुर्याउने महत्वकाङ्क्षी योजना कार्यान्वनको तरखर गर्दैछ ।

तारे होटलमा स्वास्थ्य कार्यक्रम नगर्न निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले स्वास्थ्य चौकीमा म्याद नाघेका औषधि र उपकरण नराख्न निर्देशन दिँदै म्याद नाघेका औषधि वितरण गरेको पाइएमा कारबाही गरिने चेतावनी दिए। उनले स्वास्थ्यसम्बन्धी कार्यक्रम तारे होटलमा आयोजना नगर्न, कार्यक्रममा मदिरा नराख्न निर्देशन दिँदै निजी क्षेत्रका अस्पतालले दश प्रतिशत सेवा निःशुल्क गर्नुपर्ने प्रावधानलाई कडाइका लागू हुनुपर्ने बताए।

मुख्य सचिव लीलामणि पौड्यालले सरकारी अस्पतालमा नाम झुन्ड्याई निजी अस्पतालमा काम गर्न जाने चिकित्सकलाई कारबाही हुनुपर्ने बताए।

उनले राजधानीका वीर, कान्ति, त्रिविवि शिक्षण, गङ्गालाल, प्रसूति जस्ता अस्पताल आफैँले औषधि पसल सञ्चालनमा ल्याउनका लागि तुरुन्त निर्देशन दिन मन्त्रालयसित आग्रह गर्दै अस्पताल वरिपरिका औषधि पसलले गरिब जनतासित लुटको व्यवसाय सञ्चालन गरिरहेको आरोप लगाए।

'चिकित्सकलाई जनताले देउता जस्तो मान्दछ तर चिकित्सकले सेवाभन्दा आम्दानीमा बढी ध्यान दिन थाल्दा यस क्षेत्रमा विकृति आएको छ', पौडेलले भने ।

मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले स्वास्थ क्षेत्रको सुधारका लागि पाँचवर्षे रणनीति कार्यान्वयन हुन लागेको जानकारी दिए ।

गुणस्तरीय स्वास्थ्य सेवा नागरिकको अधिकार : सेवाको पहुँचमा हामी सबैको जिम्मेवार भन्ने नाराका साथ यस वर्षको स्वास्थ्य सेवा दिवस विविध कार्यक्रम आयोजना गरी मनाइएको थियो । हरेक वर्ष दिवसकै दिन स्वास्थ्य सेवाका उत्कृष्ट कर्मचारी पुरस्कृत भए पनि यस पटक गरिएन । रासस

प्रतिक्रिया

रोल्पाका अधिकांश छात्र छात्रा सि ग्रेडमा

रोल्पा-प्रवेशिका परीक्षा एसएलसीमा जिल्लाका अधिकाश छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ। जिशिकाका अनुसार नियमित तर्फ एक हजार ३६ छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएका छन।

राष्ट्रिय परीक्षा बोर्ड छिट्टै गठन गरिने

काठमाडौँ-शिक्षा सचिव विश्वप्रकाश पण्डितले शिक्षा ऐन– २०७३ प्रमाणीकरण भएपछि राष्ट्रिय परीक्षा बोर्ड गठन गरिने बताएका छन्। उमावि सङ्घ (हिसान)ले आज आयोजना गरेको शिक्षा ऐनसम्बन्धी अन्तर्क्रियामा सचिव पण्डितले ऐन कार्यान्वयन गराउने...

नाम छुटेको भन्दै भूकम्प पीडितले गाविसमा ताला लगाए

गोरखा- ताप्ले गाविसका स्थानीयले भूकम्प पीडितले घर बनाउन पाउने अनुदानमा आफ्नो नाम छुटेको भ्रन्दै गाविस कार्यालयमा शुक्रवार तालाबन्दी गरेका छन्। रातो कार्ड पाएका, विद्युतीय तथ्याङ्ककबाट गरिएको सर्वेक्षणमा नाम छुटेको भन्दै...

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

काठमाडौं-मासिक एक सय शुल्क लिएर अंग्रेजी माध्यममा नर्सरीदेखि स्नात्तोकोतरसम्म अध्ययन गराउँदै आएको समता शिक्षा निकेतन विद्यालयले यो वर्षको एसएलसीमा पनि उत्कृष्ट नतिजा ल्याएको छ।

विराटनगरका ३ डाक्टर पक्राउ

विराटनगर-नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका तीनजना चर्चित डाक्टरलाई शुक्रवार पक्राउ गरेको छ। वरिष्ठ फिजिशियन जावेद अख्तर अन्सारी, बालरोग विशेषज्ञ डा. सञ्जय दास र अर्थोपेडिक सर्जन डा. अबुल कलामलाई प्रहरीले...

सीआईबीद्वारा वीरगन्जका ९ चिकित्सक गिरफ्तार, सबैलाई काठमाडौं लगियो

वीरगन्ज– नेपाल प्रहरीको केन्द्रीय अन्सुन्धान ब्युरो(सीआईबी)को टोलीले वीरगन्जका ९ जना चिकित्सकलाई नियन्त्रणमा शुक्रबार बिहान गिरफ्तार गरेको छ।

नक्कली प्रमाणपत्र अभियोगमा चर्चित डा.जावेद पक्राउ

विराटनगर— नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका चर्चित फिजिशियन डाक्टर जावेद अख्तर अन्सारीलाई शुक्रवार पक्राउ गरेको छ। विराटनगरस्थित लाइफ गार्ड अस्पतालबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले उनलाई पक्राउ...

अवैध सुन तथा ९० थान हाते घडीसहित पक्राउ

काठमाडौं– सिन्धुपालचोक चौतारा– ३ बस्ने ३४ वर्षीय ताराबहादुर श्रेष्ठलाई प्रहरीले बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्किङ एरियाबाट ५० ग्राम सुन जस्तो देखीने पहेंलो धातुसहित पक्राउ गरेको छ।