Wednesday 8 Bhadra, 2073 |
Menu

समाज

istl

जंगलमा भेटिएका शिशुको बिचल्ली

  • बिहीबार २० असार, २०७०
  • छविलाल तिवारी
  • Be the first to comment!
(0 votes)
पर्वत - जंगलमा भेटिएका एक वर्षे शिशुले उपचार पाए पनि अभिभावक बुझ्न नआएपछि बिचल्ली भएको छ। नवलपरासीको गैंडाकोटकी मीना परियारले शिशुलाई मुडिकुवा गाविसको घना जंगलमा फ्याँकेको स्थानीयले बताएका छन्। गत जेठ ७ गते दिउँसो जंगलमा फ्याँकिएका शिशुको २० घन्टापछि जेठ ८ गते प्रहरीले उद्धार गरेको थियो।
nepali-patro-june
रातभरको चिसोले रुन/कराउन समेत नसक्ने अवस्थाको शिशुलाई पर्वत अस्पतालमा प्रारम्भिक उपचारपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको थियो। मणिपाल शिक्षण अस्पतालमा पाँच साता उपचारपछि शिशु स्वस्थ राम्रो भएको छ। उपचारपछि शिशुलाई पर्वत प्रहरीले जिम्मा लिएर कुश्मा ल्याएको छ। 
बच्चाको उद्धार गरेपछि प्रहरीले मीनालाई पक्राउ गरेको छ। हत्या गर्ने उद्देश्यले बच्चा जंगलमा फ्याँकेको आरोपमा पर्वत अदालतको आदेशबाट उनी पुर्पक्षका लागि थुनामा छिन्। बाबु कृष्णबहादुर पौडेललाई बच्चा बुझ्न आउन ताकेता गरे पनि बेवास्ता गरेको प्रहरी निरीक्षक जगतबन्धु पोखरेलले बताए। 

'बच्चा बुझ्न आऊँ भनेर मंगलबारदेखि ताकेता गरिरहेका छौं, तर, बाबु आएका छैनन्,' पोखरेलले भने, 'एक पटक जंगलमा बच्चा फ्याँकिसकेकी आमालाई फेरि बच्चा जिम्मा लगाउन पनि त सकिएन।' बच्चाको उपचारमा खर्च भएको रकम कसरी भुक्तानी गर्ने भन्नेेमा प्रहरी अन्योलमा छ। 

'मणिपाल अस्पतालबाट जिल्ला प्रहरी कार्यालयमा ३८ हजार ५ सय ४० रुपैयाँको बिल आएको छ,' पर्वत प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले भने, 'उपचार खर्च कसरी भुक्तानी गर्ने भन्नेमा चिन्तित छौं।' आफ्नो बच्चा लैजान बाबुले चासो नदिएको उनले बताए। 

यसअघि २०६८ असार १५ मा पर्वत पिपलटारीका कृष्णप्रसाद तिवारीले दुई छोरी नमुना र नवीनालाई मोदीखोलाको उर्लेको भेलमा बगाइदिएका थिए। उनीहरूको शव अहिलेसम्म फेला परेको छैन। कृष्णप्रसादले अहिले पर्वत कारागारमा कैद सजाय भोगिरहेका छन्।

प्रतिक्रिया

रोल्पाका अधिकांश छात्र छात्रा सि ग्रेडमा

रोल्पा-प्रवेशिका परीक्षा एसएलसीमा जिल्लाका अधिकाश छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ। जिशिकाका अनुसार नियमित तर्फ एक हजार ३६ छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएका छन।

राष्ट्रिय परीक्षा बोर्ड छिट्टै गठन गरिने

काठमाडौँ-शिक्षा सचिव विश्वप्रकाश पण्डितले शिक्षा ऐन– २०७३ प्रमाणीकरण भएपछि राष्ट्रिय परीक्षा बोर्ड गठन गरिने बताएका छन्। उमावि सङ्घ (हिसान)ले आज आयोजना गरेको शिक्षा ऐनसम्बन्धी अन्तर्क्रियामा सचिव पण्डितले ऐन कार्यान्वयन गराउने...

नाम छुटेको भन्दै भूकम्प पीडितले गाविसमा ताला लगाए

गोरखा- ताप्ले गाविसका स्थानीयले भूकम्प पीडितले घर बनाउन पाउने अनुदानमा आफ्नो नाम छुटेको भ्रन्दै गाविस कार्यालयमा शुक्रवार तालाबन्दी गरेका छन्। रातो कार्ड पाएका, विद्युतीय तथ्याङ्ककबाट गरिएको सर्वेक्षणमा नाम छुटेको भन्दै...

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

काठमाडौं-मासिक एक सय शुल्क लिएर अंग्रेजी माध्यममा नर्सरीदेखि स्नात्तोकोतरसम्म अध्ययन गराउँदै आएको समता शिक्षा निकेतन विद्यालयले यो वर्षको एसएलसीमा पनि उत्कृष्ट नतिजा ल्याएको छ।

विराटनगरका ३ डाक्टर पक्राउ

विराटनगर-नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका तीनजना चर्चित डाक्टरलाई शुक्रवार पक्राउ गरेको छ। वरिष्ठ फिजिशियन जावेद अख्तर अन्सारी, बालरोग विशेषज्ञ डा. सञ्जय दास र अर्थोपेडिक सर्जन डा. अबुल कलामलाई प्रहरीले...

सीआईबीद्वारा वीरगन्जका ९ चिकित्सक गिरफ्तार, सबैलाई काठमाडौं लगियो

वीरगन्ज– नेपाल प्रहरीको केन्द्रीय अन्सुन्धान ब्युरो(सीआईबी)को टोलीले वीरगन्जका ९ जना चिकित्सकलाई नियन्त्रणमा शुक्रबार बिहान गिरफ्तार गरेको छ।

नक्कली प्रमाणपत्र अभियोगमा चर्चित डा.जावेद पक्राउ

विराटनगर— नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका चर्चित फिजिशियन डाक्टर जावेद अख्तर अन्सारीलाई शुक्रवार पक्राउ गरेको छ। विराटनगरस्थित लाइफ गार्ड अस्पतालबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले उनलाई पक्राउ...

अवैध सुन तथा ९० थान हाते घडीसहित पक्राउ

काठमाडौं– सिन्धुपालचोक चौतारा– ३ बस्ने ३४ वर्षीय ताराबहादुर श्रेष्ठलाई प्रहरीले बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्किङ एरियाबाट ५० ग्राम सुन जस्तो देखीने पहेंलो धातुसहित पक्राउ गरेको छ।