Wednesday 12 Ashwin, 2073 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

काजकिरिया गरेका ब्यक्ति घर फर्किएपछि...

(0 votes)
रुकुम- आफन्त गुमाउँदाको पीडा सही नसक्नुको हुन्छ। त्यसमा पनि परदेशको भूमिमा घरमूलीको मृत्यु भएको खबरले परिवारलाई असह्य पीडा हुन्छ। आफ्नो धार्मिक संस्कार अनुसार १३औं दिनको काजक्रिया गर्दै मृत आत्माको चीर शान्तिको कामना गर्नुबाहेक अरु के नै गर्न सकिन्छ र? मृत्यु भएको खबरले काजक्रिया गरेको ब्यक्ति टुप्लुप्कै घर फिरे भने त्यो परिवारमा कस्तो होला? यहाँको एक परिवारमा यस्तै भएको छ। जसले भूल्नै नसकिने पीडामा फेरि खुसीको वहार आएको छ। 


nepali-patro-june
भारतको केदारनाथमा पहिरोमा पुरेर मृतक भनिएका एक ब्यक्ति काजक्रिया सकिएपछि टुप्लुक्क घर फिरेका छन्। पश्चिम रुकुमको झुला गाविसका डिल्लीबहादुर ओली आफ्नो मृत्युको ८औं दिनको काजक्रिया भइरहेको बेला घर आएका छन्। बिहीबार उनी घर फर्कदै गर्दा घरमा उनको नाममा छोराहरु किरिया बसिरहेका थिए। आफन्तले वरखी बारिरहेका थिए। पत्नीले सिंदुर पुछेर चुरापोते फ्याँकेकी थिइन्। छिमेकीहरु क्रियापुत्रीलाई खाना खुवाउन पँधेरातिर लिन तम्तयार थिए। घरमा सोख परेको यस्तै बेला मृतक भनिएका डिल्लीबहादुर भने घरमूनिको बारीको डिलमा टुप्लुक्कै आइपुगे। घर परिवार र आफन्तहरु अक्कनबक्क भए। डिल्लीबहादुर पनि वाल्ल परेर इन्तुन चिन्तु भए। ‘के भो घरमा?’ डिल्लीबहादुरले उल्टै घरमा प्रश्‍न गरे। उनको प्रश्‍न झर्न नपाउँदै क्रियापुत्रीले सेतो हटाए। हत्तपत्त कपडा फेरे। एकछिन घरमा रुवावासी चल्यो। पत्‍नी गीताले सेतै कपडामै अँगालो हालिन्। भाक्कानिएर रोइन्। डिल्लीबहादुर पनि रोए। यस्तो अवस्था देखेर छिमेकीले समेत आँसु थाम्न सकेनन्। एकछिन खुसीको रुवावासी चल्यो। काजक्रियाका गुटुमुटु पारेर खोल्सामा फालियो। खुसीमा भोजभतेर चल्यो। चार महिनाअघि ओली कामका लागि भारतको हिमाञ्चल प्रदेशमा काम पर्न गएका थिए। ‘म जीवत नै छु भन्ने परिवारलाई आस्वस्त पार्न घर आएका हुँ।’ डिल्लीबहादुरले भने, ‘घरमा आउँदा त मेरै नाममा काजक्रिया भएको देखेँ।’ डिल्लीबहादुरले जीवत हुँदा मृत्युको काजक्रिया पाएकाले आफ्नो आयु दीर्घायु हुने प्रतिक्रिया दिए। बिहीबार खसी काटेर गाँउलेहरुले खुसीयाली मनाएका छन्।

प्रतिक्रिया

रोल्पाका अधिकांश छात्र छात्रा सि ग्रेडमा

रोल्पा-प्रवेशिका परीक्षा एसएलसीमा जिल्लाका अधिकाश छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ। जिशिकाका अनुसार नियमित तर्फ एक हजार ३६ छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएका छन।

राष्ट्रिय परीक्षा बोर्ड छिट्टै गठन गरिने

काठमाडौँ-शिक्षा सचिव विश्वप्रकाश पण्डितले शिक्षा ऐन– २०७३ प्रमाणीकरण भएपछि राष्ट्रिय परीक्षा बोर्ड गठन गरिने बताएका छन्। उमावि सङ्घ (हिसान)ले आज आयोजना गरेको शिक्षा ऐनसम्बन्धी अन्तर्क्रियामा सचिव पण्डितले ऐन कार्यान्वयन गराउने...

नाम छुटेको भन्दै भूकम्प पीडितले गाविसमा ताला लगाए

गोरखा- ताप्ले गाविसका स्थानीयले भूकम्प पीडितले घर बनाउन पाउने अनुदानमा आफ्नो नाम छुटेको भ्रन्दै गाविस कार्यालयमा शुक्रवार तालाबन्दी गरेका छन्। रातो कार्ड पाएका, विद्युतीय तथ्याङ्ककबाट गरिएको सर्वेक्षणमा नाम छुटेको भन्दै...

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

काठमाडौं-मासिक एक सय शुल्क लिएर अंग्रेजी माध्यममा नर्सरीदेखि स्नात्तोकोतरसम्म अध्ययन गराउँदै आएको समता शिक्षा निकेतन विद्यालयले यो वर्षको एसएलसीमा पनि उत्कृष्ट नतिजा ल्याएको छ।

विराटनगरका ३ डाक्टर पक्राउ

विराटनगर-नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका तीनजना चर्चित डाक्टरलाई शुक्रवार पक्राउ गरेको छ। वरिष्ठ फिजिशियन जावेद अख्तर अन्सारी, बालरोग विशेषज्ञ डा. सञ्जय दास र अर्थोपेडिक सर्जन डा. अबुल कलामलाई प्रहरीले...

सीआईबीद्वारा वीरगन्जका ९ चिकित्सक गिरफ्तार, सबैलाई काठमाडौं लगियो

वीरगन्ज– नेपाल प्रहरीको केन्द्रीय अन्सुन्धान ब्युरो(सीआईबी)को टोलीले वीरगन्जका ९ जना चिकित्सकलाई नियन्त्रणमा शुक्रबार बिहान गिरफ्तार गरेको छ।

नक्कली प्रमाणपत्र अभियोगमा चर्चित डा.जावेद पक्राउ

विराटनगर— नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका चर्चित फिजिशियन डाक्टर जावेद अख्तर अन्सारीलाई शुक्रवार पक्राउ गरेको छ। विराटनगरस्थित लाइफ गार्ड अस्पतालबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले उनलाई पक्राउ...

अवैध सुन तथा ९० थान हाते घडीसहित पक्राउ

काठमाडौं– सिन्धुपालचोक चौतारा– ३ बस्ने ३४ वर्षीय ताराबहादुर श्रेष्ठलाई प्रहरीले बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्किङ एरियाबाट ५० ग्राम सुन जस्तो देखीने पहेंलो धातुसहित पक्राउ गरेको छ।