Monday 9 Shrawn, 2074 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

हात थापेर कतिन्जेल बस्ने ?

(0 votes)
हात थापेर कतिन्जेल बस्ने ?
पोखरा- भूकम्पले घर लडाएपछि माया गुरुङको परिवार गाउँमाथिको डाँडामा पाल टाँगेर बसेको थियो । २७ सय मिटर उचाइको त्यो डाँडाको बसाइको एक सातामै उनका ८ महिने छोरा युमन बिरामी परे । कलिलो शिशुको छाती घ्यारघ्यार गर्न थालेपछि माया छोरालाई काखी च्यापेर पोखरा आइपुगिन् ।
nepali-patro-june
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका डाक्टरले शिशुलाई निमोनिया भएको बताए । औषधोपचार गर्न उनी केही सयम पोखरै बस्नुपर्ने भयो । त्यसैले वैशाख २१ यता माया पोखरा नयाँबजारमा तमु धिंमा आश्रय लिइरहेकी छन् ।
गुरुङ समुदायको हितमा क्रियाशील तमु धिंको बसाइ मायाका लागि असजिलो छैन । ‘यहाँ त सजिलो छ,’ मायाले नागरिकसँग भनिन्, ‘धेरैजना सहयोग गर्न आइरहनुहुन्छ ।’ मायाजस्तै थुप्रै भूकम्प पीडितहरु वैशाख दोस्रो सातादेखि तमु धिंमा आश्रय लिइरहेका छन् । यहाँ उनीहरुलाई खाने र बस्नेको राम्रै प्रबन्ध छ । खेल्न केटाकेटीहरुलाई सामग्रीहरु छन् । बुढाबुढीहरुलाई हेर्न टिभी छ । पोखरा र फेवाताल डुल्न मन लागे पनि डुलाइन्छ । दाताहरु दिनहुँ आउँछन् र केही न केही दिएर जान्छन् । सुत्केरीहरुलाई तेल घस्ने, मालिस गरिदिने र बिरामीलाई गाह्रो साह्रो पर्दा अस्पताल लानेल्याउने सबैखाले व्यवस्था पनि छ । तर पनि घाइतेहरु भने आफ्नै घरको सम्झनाले तड्पिरहेका छन् । भन्छन्, ‘कतिन्जेल यसरी अर्काको हात थापेर बस्ने ?’
‘जस्तो भए पनि आफ्नो ठाउँ पुगेर फेरि पुरानै जीवनमा फर्कन चाहन्छौं,’ गोरखा गुम्दाका सुमन गुरुङले भने, ‘हामीलाई भन्दा पनि केटाकेटी र बुढाबुढीहरुलाई गाउँ लगेर कसरी राख्ने ? के गर्ने ?’ मंगलबार तमु धिंले आफ्नो वार्षिकोत्सव भूकम्प पीडितहरुसँग मनाइरहँदा आएका क्षेत्रीय प्रशासक दिनेश थपलियासामु सुमनले बुढाबुढी र केटाकेटीका लागि भए पनि सरकारबाट घर फर्केर ढुक्कले बस्ने व्यवस्था हुनुपर्ने माग गरे ।
माया गुरुङ छोरालाई लिएर पोखरा आएपछि गोरखाको लाप्राकबाट उनका पति देवराज पनि आइपुगेका छन् । गाउँमा अरु २ छोराछोरी आफन्तको शरणमा छन् । माया र देवराजलाई ती छोराछोरीको औधी चिन्ता छ । ‘घर बनाउने काम गर्थें,’ देवराजले सुनाए, ‘आफ्नै घर भत्कियो, अब के गर्ने केही थाहा छैन ।’ देवराजको मात्रै होइन, गोरखाको लाप्राकका ५ सय ५० घर सबै भत्किएका छन् । ती सबैले २१ सय मिटरको गाउँ छाडेर २७ सय मिटर अग्लो गुप्सी डाँडामा पाल टाँगेर बसेका छन् ।
वैशाख १२ गते भूकम्प गएयता तमु धिंमा ३ सय जना पीडितले आश्रय लिएको धिकी सहकोषाध्यक्ष सरस्वती गुरुङले जानकारी दिइन् । ‘केही घर फर्किसक्नुभयो,’ उनले भनिन्, ‘अहिले डेढ सयजना जति हुनुहुन्छ ।’ तमु धिंबाहेक पोखराका अरु संस्थामा पनि भूकम्प पीडितले आश्रय लिइरहेका छन् ।


प्रतिक्रिया

रोल्पाका अधिकांश छात्र छात्रा सि ग्रेडमा

रोल्पा-प्रवेशिका परीक्षा एसएलसीमा जिल्लाका अधिकाश छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ। जिशिकाका अनुसार नियमित तर्फ एक हजार ३६ छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएका छन।

राष्ट्रिय परीक्षा बोर्ड छिट्टै गठन गरिने

काठमाडौँ-शिक्षा सचिव विश्वप्रकाश पण्डितले शिक्षा ऐन– २०७३ प्रमाणीकरण भएपछि राष्ट्रिय परीक्षा बोर्ड गठन गरिने बताएका छन्। उमावि सङ्घ (हिसान)ले आज आयोजना गरेको शिक्षा ऐनसम्बन्धी अन्तर्क्रियामा सचिव पण्डितले ऐन कार्यान्वयन गराउने...

नाम छुटेको भन्दै भूकम्प पीडितले गाविसमा ताला लगाए

गोरखा- ताप्ले गाविसका स्थानीयले भूकम्प पीडितले घर बनाउन पाउने अनुदानमा आफ्नो नाम छुटेको भ्रन्दै गाविस कार्यालयमा शुक्रवार तालाबन्दी गरेका छन्। रातो कार्ड पाएका, विद्युतीय तथ्याङ्ककबाट गरिएको सर्वेक्षणमा नाम छुटेको भन्दै...

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

काठमाडौं-मासिक एक सय शुल्क लिएर अंग्रेजी माध्यममा नर्सरीदेखि स्नात्तोकोतरसम्म अध्ययन गराउँदै आएको समता शिक्षा निकेतन विद्यालयले यो वर्षको एसएलसीमा पनि उत्कृष्ट नतिजा ल्याएको छ।

विराटनगरका ३ डाक्टर पक्राउ

विराटनगर-नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका तीनजना चर्चित डाक्टरलाई शुक्रवार पक्राउ गरेको छ। वरिष्ठ फिजिशियन जावेद अख्तर अन्सारी, बालरोग विशेषज्ञ डा. सञ्जय दास र अर्थोपेडिक सर्जन डा. अबुल कलामलाई प्रहरीले...

सीआईबीद्वारा वीरगन्जका ९ चिकित्सक गिरफ्तार, सबैलाई काठमाडौं लगियो

वीरगन्ज– नेपाल प्रहरीको केन्द्रीय अन्सुन्धान ब्युरो(सीआईबी)को टोलीले वीरगन्जका ९ जना चिकित्सकलाई नियन्त्रणमा शुक्रबार बिहान गिरफ्तार गरेको छ।

नक्कली प्रमाणपत्र अभियोगमा चर्चित डा.जावेद पक्राउ

विराटनगर— नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका चर्चित फिजिशियन डाक्टर जावेद अख्तर अन्सारीलाई शुक्रवार पक्राउ गरेको छ। विराटनगरस्थित लाइफ गार्ड अस्पतालबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले उनलाई पक्राउ...

अवैध सुन तथा ९० थान हाते घडीसहित पक्राउ

काठमाडौं– सिन्धुपालचोक चौतारा– ३ बस्ने ३४ वर्षीय ताराबहादुर श्रेष्ठलाई प्रहरीले बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्किङ एरियाबाट ५० ग्राम सुन जस्तो देखीने पहेंलो धातुसहित पक्राउ गरेको छ।