Sunday 19 Mangshir, 2073 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

मन्त्रालयका डाक्टरले परीक्षण गरेपछि आफन्तले शव बुझे

(0 votes)


खोटाङ — उपचारका क्रममा अस्पतालमा मृत्यु भएका खोटाङका एक थुनुवाको शव चार दिनपछि आफन्तले बुझेका छन्। स्वास्थ्य मन्त्रालयबाट आएका डाक्टर युवराज पोखरेलले राष्ट्रिय मानव अधिकार आयोगका जीवन न्यौपाने र सरोकारवालाहरूको रोहबरमा शनिबार शव परीक्षण गरेपछि पाथेका–२ का १८ वर्षीय भूदेऊ राई भन्ने किरणका आफन्तले शव बुझेका हुन्।
nepali-patro-june
थुनामा राखिएका राईको प्रहरी यातनाका कारण मृत्यु भएको भन्दै आफन्तजनले शव नबुझ्ने अडान लिएपछि काठमाडौँबाट स्वास्थ्यकर्मी र मावन अधिकारकर्मी झिकाइएको थियो।

हत्याको आरोपमा गत जेठ–२८ गते पक्राउ परेर पुर्पक्षका लागि थुनामा राखिएका राईको दिक्तेलस्थित जिल्ला अस्पतालमा बुधबार बिहान ११ बजे मृत्यु भएको थियो ।

आफन्तले प्रहरीको चरम यातनाले उनको मृत्यु भएको दाबी गर्दै उच्चस्तरीय छानबिन समिति गठन, दोषीमाथि कारबाही र क्षतिपूर्तिको मागसहित राष्ट्रिय मानव अधिकार आयोग र जिल्ला प्रशासन कार्यालमा उजुरी दिएका थिए।

जिल्लास्थित प्रहरी, प्रशासन र चिकित्सकले राईको मृत्युको कारण निमोनिया भएको बताएपछि आफन्त आक्रोशित बनेका थिए। आफन्तले चिकित्सकसँग समेत अविश्वास भएको भन्दै अन्यत्रबाट चिकित्सक झिकाएर शव परीक्षण गराउनुपर्ने माग राखेका थिए।

राई बास्पानी–९ का अकिल राईसँग असार–२१ गते बिहान जिल्ला प्रहरी कार्यालय खोटाङको हिरासतबाट भागेका थिए। उनलाई भागेको दुई घन्टापछि जिल्लाको दक्षिणी गाविस बुइपास्थित कट्टीको जङ्गलबाट पक्राउ गरिएको थियो। सँगै फरार अकिललाई भने अझै फेला पार्न नसकिएको प्रहरीले जनाएको छ।

गत जेठ २० गते साकेला सिली प्रदर्शनीमा खार्मी–६ का ध्रुव श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा जेठ–२८ गते राई पक्राउ परेका थिए। असार–२३ गते अदालतले पुर्पक्षका लागि राईलाई थुनामा राख्ने आदेश दिएको थियो।

प्रतिक्रिया

रोल्पाका अधिकांश छात्र छात्रा सि ग्रेडमा

रोल्पा-प्रवेशिका परीक्षा एसएलसीमा जिल्लाका अधिकाश छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ। जिशिकाका अनुसार नियमित तर्फ एक हजार ३६ छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएका छन।

राष्ट्रिय परीक्षा बोर्ड छिट्टै गठन गरिने

काठमाडौँ-शिक्षा सचिव विश्वप्रकाश पण्डितले शिक्षा ऐन– २०७३ प्रमाणीकरण भएपछि राष्ट्रिय परीक्षा बोर्ड गठन गरिने बताएका छन्। उमावि सङ्घ (हिसान)ले आज आयोजना गरेको शिक्षा ऐनसम्बन्धी अन्तर्क्रियामा सचिव पण्डितले ऐन कार्यान्वयन गराउने...

नाम छुटेको भन्दै भूकम्प पीडितले गाविसमा ताला लगाए

गोरखा- ताप्ले गाविसका स्थानीयले भूकम्प पीडितले घर बनाउन पाउने अनुदानमा आफ्नो नाम छुटेको भ्रन्दै गाविस कार्यालयमा शुक्रवार तालाबन्दी गरेका छन्। रातो कार्ड पाएका, विद्युतीय तथ्याङ्ककबाट गरिएको सर्वेक्षणमा नाम छुटेको भन्दै...

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

काठमाडौं-मासिक एक सय शुल्क लिएर अंग्रेजी माध्यममा नर्सरीदेखि स्नात्तोकोतरसम्म अध्ययन गराउँदै आएको समता शिक्षा निकेतन विद्यालयले यो वर्षको एसएलसीमा पनि उत्कृष्ट नतिजा ल्याएको छ।

विराटनगरका ३ डाक्टर पक्राउ

विराटनगर-नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका तीनजना चर्चित डाक्टरलाई शुक्रवार पक्राउ गरेको छ। वरिष्ठ फिजिशियन जावेद अख्तर अन्सारी, बालरोग विशेषज्ञ डा. सञ्जय दास र अर्थोपेडिक सर्जन डा. अबुल कलामलाई प्रहरीले...

सीआईबीद्वारा वीरगन्जका ९ चिकित्सक गिरफ्तार, सबैलाई काठमाडौं लगियो

वीरगन्ज– नेपाल प्रहरीको केन्द्रीय अन्सुन्धान ब्युरो(सीआईबी)को टोलीले वीरगन्जका ९ जना चिकित्सकलाई नियन्त्रणमा शुक्रबार बिहान गिरफ्तार गरेको छ।

नक्कली प्रमाणपत्र अभियोगमा चर्चित डा.जावेद पक्राउ

विराटनगर— नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका चर्चित फिजिशियन डाक्टर जावेद अख्तर अन्सारीलाई शुक्रवार पक्राउ गरेको छ। विराटनगरस्थित लाइफ गार्ड अस्पतालबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले उनलाई पक्राउ...

अवैध सुन तथा ९० थान हाते घडीसहित पक्राउ

काठमाडौं– सिन्धुपालचोक चौतारा– ३ बस्ने ३४ वर्षीय ताराबहादुर श्रेष्ठलाई प्रहरीले बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्किङ एरियाबाट ५० ग्राम सुन जस्तो देखीने पहेंलो धातुसहित पक्राउ गरेको छ।