Tuesday 25 Mangshir, 2075 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

चार घन्टामा २८९ मिलिमिटर वर्षा

(0 votes)
चार घन्टामा २८९ मिलिमिटर वर्षा
पोखरा- अत्यधिक वर्षाकै कारण बुधबार राति कास्कीलगायत जिल्लामा पहिरो गएको मौसमविदको भनाइ छ। पश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालयका अनुुसार पोखराबाट करिब ३० किलोमिटर टाढाको लुम्लेमा २४ घन्टा अवधिमा २ सय ८९ मिलिमिटर वर्षा मापन भएको छ। भूगर्भविदका अनुसार नेपालका पहाडहरुमा २४ घन्टामा १ सय ४४ मिलिमिटरभन्दा बढी पानी पर्यो भने पहिरो जान सुरु हुन्छ।

nepali-patro-june
हावापानी कार्यालयले २४ घन्टाको वर्षामापन गरे पनि पानी परेको समय बुधबार मध्यरातको करिब चार घन्टा मात्र भएको उनीहरुले बताए। विज्ञका अनुसार करिब ४ घन्टा अवधिमा भएको यो वर्षा अत्यधिक हो।

पहिरो गएको ठाउँ त्यही लुम्ले हो जुन नेपालमै सबैभन्दा बढी पानी पर्ने ठाउँको रुपमा परिचित छ। बुधबार बेलुकी १० बजेपछि सुरु भएको वर्षा राति २ बजेसम्म परेको थियो। राति साढे २ बजेतिर ती गाउँमा पहिरो झरेको थियो। त्यस्तै पहिरो आएको अर्काे गाउँ भदौरेतामागी हो। भदौरेतामागगीकै सिरान पन्चासे हो।

बुधबार मध्यरात पन्चासेमा ३ सय १७ मिलिमिटर वर्षामापन भएको छ। त्यही वर्षाले पहिरो जाँदा भदौरेका बासिन्दाले ज्यान गुमाए। त्यही अवधिमा पोखरामा १ सय १६ मिलिमिटर वर्षामापन भएको छ।

पश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालयका प्रमुख राजाराम ढकालले लुम्ले र पन्चासेमा मापन नभएको वर्षा अत्यधिक रहेको बताए। २४ घन्टाको मापन भनिए पनि पानी परेको समय बढीमा ४ घन्टा भएको उनले बताए।

'छोटो समयमा भएको यो अत्यधिक वर्षा हो। यसले नै पहिरो ल्याएको हो,' उनले भने, 'छोटो समयमा अत्यधिक पानी परेको हो। मध्यरातमा परेकाले धेरैले यसको प्रत्यक्ष अनुभव गर्न नपाएका हुन्। दिनमा परेको भए अस्तव्यस्त हुन्थ्यो।' हावापानी कार्यालयले वर्षा मापन गरेको लुम्ले र पन्चासे उस्तै उचाइमा पर्छन्। करिब ३ किलोमिटर एरियल दुरीभित्रका यी दुई स्टेसनले वर्षामापन गरेका थिए। उत्तरी भेगमा बढी पानी परेको उनीहरुको भनाइ छ।

'२४ घन्टामा सिमसिम पानी परेको भए पनि यो अत्यधिक हुन्थ्यो तर बुधबार दिउँसो वर्षा भएको थिएन,' उनले भने, 'मध्यरातको वर्षाले बाढी र पहिरोको रुप ल्याएको हो।'

भदौरेतामागी पन्चासेको तल्लो भेगमा पर्छ। फेवातालको सिरान पनि पन्चासे क्षेत्र हो। त्यहीँबाट आएको बाढीले बिहीबार फेवातालमा जलाशय क्षेत्रसमेत बढाएको छ।

ढकालका अनुसार गएको अप्रिलमा बंगलादेशको ढाकामा भएको दक्षिण एसियाली मुलुकका विज्ञको सहभागितामा भएको जलवायु सम्मेलनले नेपालका पश्चिम क्षेत्रका केही पहाडी भेगमा भीषण वर्षा हुने प्रक्षेपण गरेको थियो। त्यही प्रक्षेपण अहिले मिलेको हुनसक्ने उनले बताए। उनका अनुसार अहिलेको वर्षा मनसुनकै अवधिभित्र हो। नियमित वर्षा हुने क्रममै यति धेरै पानी परेको उनले बताए।

'अहिलेको वर्षा मनसुनी हो। यसमा अरू कुनै कारण छैन,' उनले भने। भूकम्पले हल्लिएको र निरन्तर वर्षाले गलेको जमिनलाई भीषण वर्षाले बगाएर पहिरो ल्याएको उनले बताए। 'भूकम्पले हल्लाउँदा जमिन निकै कमजोर बनेको थियो। अहिले भिषण वर्षाले बाढी पहिरो ल्यायो। कमजोर बनेको जमिनमा पानी परेपछि बगेको हुनसक्छ,' ढकालले भने।

जलउत्पन्न प्रकोप नियन्त्रण विभागका सिनियर डिभिजनल इन्जिनियरिङ जिओलोजिस्ट श्रीकमल द्विवेदीले पनि बुधबार राति १० देखि बिहान २ बजेसम्म मात्र भीषण वर्षा भएको जानकारी दिए। उनले पनि चार घन्टामा परेको यो अत्यधिक वर्षा भएको बताए।

भूकम्पले हल्लिएकाले पहिरो ल्याउन केही सहयोग पुगे पनि वर्षा नै अत्यधिक रहेको उनले बताए। 'त्यसै पनि लुम्ले र पन्चासे बढी पानी पर्ने क्षेत्र हुन्। बुधबार राति दुवै क्षेत्रमा भीषण वर्षा भएको छ,' उनले भने, 'यसअघिको वर्षाले पनि जमिन गलेको थियो। मध्यरात वर्षाले गलेको भागलाई बगाएर पहिरो झरेको हो।'

वर्षामापन गर्ने स्टेसन र पहिरो गएको गाउँ दुरीका हिसाबले नजिक भए पनि वर्षा हुँदा फरक पर्न सक्ने उनले बताए। 'सबै गाउँमा वर्षामापन स्टेसन हुँदैन। पन्चासे र लुम्लेको मापनकेन्द्रभन्दा पहिरो गएको गाउँ दुरीका हिसाबले नजिक परे पनि वर्षा हुँदा फरक परेको पनि हुनसक्छ,' उनले भने, 'स्टेसनभन्दा पनि पहिरोस्थलमा वर्षा बढी भएको हुनसक्छ। तर छोटो समयको वर्षाले गर्दा पहिरो आएको हो।'

यसैबीच, मौसम पूर्वानुमान महाशाखाले बिहीबार साँझ विशेष बुलेटिन प्रकाशित गर्दै राति पश्चिम तथा मध्यपश्चिमका पहाडी तथा उच्च पहाडी क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुनसक्ने जनाएको छ।

प्रतिक्रिया

रोल्पाका अधिकांश छात्र छात्रा सि ग्रेडमा

रोल्पा-प्रवेशिका परीक्षा एसएलसीमा जिल्लाका अधिकाश छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ। जिशिकाका अनुसार नियमित तर्फ एक हजार ३६ छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएका छन।

राष्ट्रिय परीक्षा बोर्ड छिट्टै गठन गरिने

काठमाडौँ-शिक्षा सचिव विश्वप्रकाश पण्डितले शिक्षा ऐन– २०७३ प्रमाणीकरण भएपछि राष्ट्रिय परीक्षा बोर्ड गठन गरिने बताएका छन्। उमावि सङ्घ (हिसान)ले आज आयोजना गरेको शिक्षा ऐनसम्बन्धी अन्तर्क्रियामा सचिव पण्डितले ऐन कार्यान्वयन गराउने...

नाम छुटेको भन्दै भूकम्प पीडितले गाविसमा ताला लगाए

गोरखा- ताप्ले गाविसका स्थानीयले भूकम्प पीडितले घर बनाउन पाउने अनुदानमा आफ्नो नाम छुटेको भ्रन्दै गाविस कार्यालयमा शुक्रवार तालाबन्दी गरेका छन्। रातो कार्ड पाएका, विद्युतीय तथ्याङ्ककबाट गरिएको सर्वेक्षणमा नाम छुटेको भन्दै...

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

काठमाडौं-मासिक एक सय शुल्क लिएर अंग्रेजी माध्यममा नर्सरीदेखि स्नात्तोकोतरसम्म अध्ययन गराउँदै आएको समता शिक्षा निकेतन विद्यालयले यो वर्षको एसएलसीमा पनि उत्कृष्ट नतिजा ल्याएको छ।

विराटनगरका ३ डाक्टर पक्राउ

विराटनगर-नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका तीनजना चर्चित डाक्टरलाई शुक्रवार पक्राउ गरेको छ। वरिष्ठ फिजिशियन जावेद अख्तर अन्सारी, बालरोग विशेषज्ञ डा. सञ्जय दास र अर्थोपेडिक सर्जन डा. अबुल कलामलाई प्रहरीले...

सीआईबीद्वारा वीरगन्जका ९ चिकित्सक गिरफ्तार, सबैलाई काठमाडौं लगियो

वीरगन्ज– नेपाल प्रहरीको केन्द्रीय अन्सुन्धान ब्युरो(सीआईबी)को टोलीले वीरगन्जका ९ जना चिकित्सकलाई नियन्त्रणमा शुक्रबार बिहान गिरफ्तार गरेको छ।

नक्कली प्रमाणपत्र अभियोगमा चर्चित डा.जावेद पक्राउ

विराटनगर— नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका चर्चित फिजिशियन डाक्टर जावेद अख्तर अन्सारीलाई शुक्रवार पक्राउ गरेको छ। विराटनगरस्थित लाइफ गार्ड अस्पतालबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले उनलाई पक्राउ...

अवैध सुन तथा ९० थान हाते घडीसहित पक्राउ

काठमाडौं– सिन्धुपालचोक चौतारा– ३ बस्ने ३४ वर्षीय ताराबहादुर श्रेष्ठलाई प्रहरीले बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्किङ एरियाबाट ५० ग्राम सुन जस्तो देखीने पहेंलो धातुसहित पक्राउ गरेको छ।