×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Tuesday 25 Mangshir, 2075 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

२६ नगरपालिका थप

(0 votes)
काठमाडौं- सरकारले २६ नयाँ नगरपालिका र १ उपमहानगरपालिका घोषणा गरेको छ। मन्त्रिपरिषद बैठकले शुक्रबार २६ नयाँ नगरपालिका घोषणा गर्दै कैलालीको धनगढी नगरपालिकामा फूलबारी र उर्मा गाविस गाभेर उपमहानगरपालिका बनाएको हो। सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले दिएको जानकारीअनुसार सरकारले एक उपमहानगरपालिका र नौ नगरपालिकाको क्षेत्र विस्तार गरेको छ।

nepali-patro-june
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले २८ नगरपालिका घोषणाका लागि मन्त्रिपरिषदमा प्रस्ताव लगे पनि स्याङ्जाको प्रस्तावित गल्याङ नगरपालिका र तनहुँको भिमाद नगरपालिकामा विवाद देखिएपछि २६ नगरपालिका मात्रै घोषणा गरिएको हो। मन्त्रिपरिषद स्रोतका अनुसार स्थानीय विकास मन्त्रालयले लगेको उक्त प्रस्तावमा एमालेका मन्त्रीले असहमति जनाएपछि दुई नगरपालिकालाई थाँती राखेर २६ नगरपालिका घोषणा गरिएको हो।

शुक्रबार सरकारले घोषणा गरेका नयाँ नगरपालिकासहित अब नेपालमा नगरपालिकाको संख्या १ सय ९१ बाट बढेर २ सय १७ पुगेको छ। यसअघि मंसिरमा सरकारले ६१ नगरपालिका घोषणा गरेको थियो। नयाँ घोषणा भएका नगरपालिकामा झापाका गौरादह, महारानी झोडा, कोहवडा गाविस मिलाएर गौरादह नगरपालिका, तेह्रथुमका वसन्तपुर, फुलेक, दाकपा, सुडनाम र सोल्मा गाविस समेटेर लालीगुराँस नगरपालिका, सप्तरीका हनुमाननगर, योगानियाँ, गोबरगाडा, इनर्वा गाविस समेटेर हनुमाननगर योगिनीमाई, सिरहाका मोहनपुर, कमलपुर, विद्यानगर, कुसाहा, लक्ष्मीनियाँ, कबिलासी, सिर्लाेवा, पछवारी, सुखीपुर र बेल्ही गाविस मिलाएर सुखीपुर नगरपालिका बनाइएको छ। सिरहामै भवानीपुर, हनुमाननगर, फुल्काहाकट्टी, अयोध्यानगर, धनगढी र विष्णुपुरकट्टी गाविस समेटेर धनगढीमाई नगरपालिका घोषणा गरिएको छ। ललितपुरको चापागाउँ, झरुवारासी, ठेचो र लेले गाविस समेटेर बज्रवाराही नगरपालिका घोषणा गरिएको छ। ललितपुरमा नयाँ नगरपालिका घोषणा गरिएसँगै काठमाडौं उपत्यका गाविसविहीन बनेको छ।

सरकारले चितवनका पदमपुर, जुटपानी र शक्तिखोर गाविस मिलाएर कालिका नगरपालिका, चितवनकै पिप्ले, भण्डारा, वीरेन्द्रनगर गाविस मिलाएर राप्ती नगरपालिका, सर्लाहीका बरहथवा, मूर्तिया, हजारिया र लौकठ गाविस मिलाएर बरहथवा नगरपालिका, तनहुँका भानु र वरभन्ज्याङ गाविस मिलाएर भानु नगरपालिका र आँबुखैरेनी गाविसलाई आँबुखैरेनी नगरपालिका घोषणा गरिएको छ। नवलपरासीका तम्सरिया, नारायणी, कोल्हुवा गाविस मिलाएर मध्यविन्दु नगरपालिका, कपिलवस्तुका हरिहरपुर, बुड्ढी, राजपुर र बरकुलपुर गाविस मिलाएर भृकुटी नगरपालिका बनाइएको छ। स्याङ्जाका दार्सिङ, दहथुम, खिलुङ, देउराली, ढापुक, सिमलभन्ज्याङ, बानेथोक र देउराली गाविस मिलाएर भिर्काेट नगरपालिका घोषणा गरिएको छ।

लमजुङका तार्कुघाट, धमिलिकुवा, चक्रतीर्थ, भलायाखक्रे, प्यार्जुङ, राईनास मोहोरियाकोट गाविस मिलाएर राईनास नगरपालिका, बाँग्रे, भोर्लेटार, इशानेश्वर र करापु गाविस मिलाएर करापुटार नगरपालिका तथा तिजा, तान्द्राङ, टक्सार, रम्घा, सूर्यपाल, समिभन्ज्याङ गाविस मिलाएर मध्यनेपाल नगरपालिका घोषणा गरिएको छ।

जाजरकोटका खलंगा, पुन्मा, जगतीपुर, भुर गाविस मिलाएर भेरीमालिका नगरपालिका, रुकुमका विजयश्वरी र कोटजहारी गाविस मिलाएर चौरजहारी नगरपालिका, सल्यानका थारमारे, शिवरथ, कोटवारा, कोटेमौला र पिपलनेटा गाविस मिलाएर बागचौर नगरपालिका, सुर्खेतका मेहेलकुना, गुमी, दहचौर, घुमखहरे गाविस मिलाएर शुभाघाट गंगामाला नगरपालिका, अछामका वयला, ढाकु, चाल्सा, सेरा, मुली, मस्टकवण्डली गाविस मिलाएर मकलबजार नगरपालिका घोषणा गरिएको छ। कञ्चनपुरका बेलडाँडी, रौतेली, विचवा गाविस मिलाएर बेलडाँडी नगरपालिका, सुडा र दैजी गाविस मिलाएर वेदकोट नगरपालिका र गुलरिया क्षेत्र गाविसलाई कृष्णपुर नगरपालिका बनाइएको छ। बर्दियामा नेउलापुर र बगनाहा गाविस मिलाएर बबई नगरपालिका बनाइएको छ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव गोपी खनालले नयाँ नगरपालिका जतिसक्दो छिटो कार्यान्वयनमा अघि बढाउने बताए। उनले नगरपालिका घोषणा भएपछि त्यहाँ साधन–स्रोत बढी पुग्ने र विकास निर्माणमा अग्रसर हुनेसमेत दाबी गरे।

स्थानीय विकास मन्त्रालयले तराईमा २० हजार, पहाडमा १० हजार जनसंख्या भएको क्षेत्रलाई समेटेर नगरपालिका, १ लाखसम्म जनसंख्या भएको क्षेत्रलाई समेटेर उपमहानगरपालिका र ५ लाखभन्दा बढी जनसंख्या भएको क्षेत्रलाई समटेर महानगरपालिका बनाउने मापदण्ड छ। नगरपालिका बन्न विद्युत, सडक, विद्यालय, क्याम्पस, टेलिफोन, बजार पूर्वाधारको विकास पर्याप्त हुनुपर्ने भए पनि जनसंख्याका आधारमा मात्रै नगरपालिका घोषणा गरिएको छ।

नगरपालिका बनेपछि आत्मनिर्भर हुनुपर्ने, आन्तरिक स्रोत दह्रो हुनुपर्ने भए पनि अधिकांश नयाँ नगरपालिका ९० प्रतिशतसम्म सरकारको अनुदानमा भरपर्ने गरेका छन्।

प्रतिक्रिया

रोल्पाका अधिकांश छात्र छात्रा सि ग्रेडमा

रोल्पा-प्रवेशिका परीक्षा एसएलसीमा जिल्लाका अधिकाश छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ। जिशिकाका अनुसार नियमित तर्फ एक हजार ३६ छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएका छन।

राष्ट्रिय परीक्षा बोर्ड छिट्टै गठन गरिने

काठमाडौँ-शिक्षा सचिव विश्वप्रकाश पण्डितले शिक्षा ऐन– २०७३ प्रमाणीकरण भएपछि राष्ट्रिय परीक्षा बोर्ड गठन गरिने बताएका छन्। उमावि सङ्घ (हिसान)ले आज आयोजना गरेको शिक्षा ऐनसम्बन्धी अन्तर्क्रियामा सचिव पण्डितले ऐन कार्यान्वयन गराउने...

नाम छुटेको भन्दै भूकम्प पीडितले गाविसमा ताला लगाए

गोरखा- ताप्ले गाविसका स्थानीयले भूकम्प पीडितले घर बनाउन पाउने अनुदानमा आफ्नो नाम छुटेको भ्रन्दै गाविस कार्यालयमा शुक्रवार तालाबन्दी गरेका छन्। रातो कार्ड पाएका, विद्युतीय तथ्याङ्ककबाट गरिएको सर्वेक्षणमा नाम छुटेको भन्दै...

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

काठमाडौं-मासिक एक सय शुल्क लिएर अंग्रेजी माध्यममा नर्सरीदेखि स्नात्तोकोतरसम्म अध्ययन गराउँदै आएको समता शिक्षा निकेतन विद्यालयले यो वर्षको एसएलसीमा पनि उत्कृष्ट नतिजा ल्याएको छ।

विराटनगरका ३ डाक्टर पक्राउ

विराटनगर-नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका तीनजना चर्चित डाक्टरलाई शुक्रवार पक्राउ गरेको छ। वरिष्ठ फिजिशियन जावेद अख्तर अन्सारी, बालरोग विशेषज्ञ डा. सञ्जय दास र अर्थोपेडिक सर्जन डा. अबुल कलामलाई प्रहरीले...

सीआईबीद्वारा वीरगन्जका ९ चिकित्सक गिरफ्तार, सबैलाई काठमाडौं लगियो

वीरगन्ज– नेपाल प्रहरीको केन्द्रीय अन्सुन्धान ब्युरो(सीआईबी)को टोलीले वीरगन्जका ९ जना चिकित्सकलाई नियन्त्रणमा शुक्रबार बिहान गिरफ्तार गरेको छ।

नक्कली प्रमाणपत्र अभियोगमा चर्चित डा.जावेद पक्राउ

विराटनगर— नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका चर्चित फिजिशियन डाक्टर जावेद अख्तर अन्सारीलाई शुक्रवार पक्राउ गरेको छ। विराटनगरस्थित लाइफ गार्ड अस्पतालबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले उनलाई पक्राउ...

अवैध सुन तथा ९० थान हाते घडीसहित पक्राउ

काठमाडौं– सिन्धुपालचोक चौतारा– ३ बस्ने ३४ वर्षीय ताराबहादुर श्रेष्ठलाई प्रहरीले बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्किङ एरियाबाट ५० ग्राम सुन जस्तो देखीने पहेंलो धातुसहित पक्राउ गरेको छ।