Tuesday 25 Mangshir, 2075 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

कुम्भमेला लाग्ने भएपछि गोदावरीमा धमाधम संरचना निर्माण

  • आइतबार १९ पुष, २०७२
  • दिलबहादुर छत्याल
  • Be the first to comment!
(0 votes)
कुम्भमेला लाग्ने भएपछि गोदावरीमा धमाधम संरचना निर्माण
गोदावरी(कैलाली)–सुदूरपश्चिमको प्रवेशद्वारको रुपमा रहेको गोदावरीमा कुम्भ दर्शन मेला लाग्ने भएपछि धमाधम संरचना बनिरहेका छन्। विभिन्न संरचना निर्माणसँगै गोदावरी महत्वपूर्ण धार्मिक पर्यटकीय स्थल बन्ने भएको छ। स्थानीयसँगै नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवान संरचना निर्माणमा खटिएका छन्।
nepali-patro-june
गोदावरीमा माघ १ गतेदेखि एक महिनासम्म गोदावरी अृमत महास्नान दिव्य शहश्र कुम्भ दर्शन मेला २०७२ संचालन हुने भएको छ । अत्तरिया देखि ८ किलोमिटर उत्तरतर्फ भीमदत्त पन्त राजमार्गको छेउमा रहेको गोदावरीमा भौतिक संरचना निर्माण कार्य तिव्र रुपमा भइरहेको छ । कुम्भवाटिका निर्माण भएको छ। श्री यन्त्रमा स्थापना भएको यो वाटिकामा १ हजार ८ शिवलिँग स्थापना गरिने छ भने कुम्भका बेला १ हजार ८ घडामा जल राखिने छ। आकर्षक रुपमा निर्माण गरिएको वाटिकामा स्थापना गर्नका लागि आवश्यक १ हजार ८ शिवलिँग दिल्लीबाट ल्याइसकिएको कुम्भदर्शन मेला मुल समितिका संयोजक पदमराज जोशीले बताए । 'कुम्भ मेलामा १ हजार ८ घडा राखेको यो वाटिकाको दर्शनार्थीको मुख्य आकर्षण हुने छ,' संयोजक जोशीले भने। स्नान गरेपछि दर्शनार्थीले यसको दर्शन गर्ने छन्।

बिष्णु पादुका, पितृ मण्डप निर्माण भएका छन्। देव यज्ञ,विशेष मंच,स्नानका लागि सरोवरलगायतका संरचनाहरु निर्माण भइरहेका छन् भने सडक निर्माणले तीव्रता पाएको छ। सवै देवताको एकै थलोमा पूजा गर्न मिल्ने गरी गणेश,सूर्य,भगवती,बिष्णु र शिव का ५ मण्डप निर्माण भइरहेको छ। यसैगरी बिष्णु मन्दिर र गणेश मन्दिर पनि निर्माण गरिने आयोजकले जनाएको छ। विभिन्न संघसंस्था,व्यक्तिबाट दान प्रदान गरिएको रकम, श्रमदान बाट संरचना बनिरहेका छन्। सरकारले पनि संरचना निर्माणमा सहयोग गरेको छ । शहरी बिकास मन्त्रालयले संरचनाका लागि ४५ लाख बजेट बिनियोजन गरेको संयोजक जोशीले बताए।

संस्कृति मन्त्रालयबाट २ लाख, जिल्ला विकास समितिवाट ९ लाख प्रदान भएको छ । नेपाली सेना,शसस्त्र प्रहरी र नेपाल प्रहरी संरचना निर्माणमा खटिएका छन्। स्कन्दपुरानको मानसखण्डमा उल्लेख गरिएको ७ गोदावरी मध्यमा रहेको यो गोदावरी प्रचार प्रसारको अभावमा ओझेलमा परेको स्थानीय बताउँछन । विभिन्न संरचना निर्माणसँगै भारतका तीर्थस्थल जाने यस क्षेत्रका बासिन्दा पितृको श्राद्ध गर्ने,बिवाह लगायतका धार्मिक कार्य गर्न गोदावरीमा आउन थालेको स्थानीय टीकादत्त जोशी बताउँछन् ।

प्रतिक्रिया

रोल्पाका अधिकांश छात्र छात्रा सि ग्रेडमा

रोल्पा-प्रवेशिका परीक्षा एसएलसीमा जिल्लाका अधिकाश छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ। जिशिकाका अनुसार नियमित तर्फ एक हजार ३६ छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएका छन।

राष्ट्रिय परीक्षा बोर्ड छिट्टै गठन गरिने

काठमाडौँ-शिक्षा सचिव विश्वप्रकाश पण्डितले शिक्षा ऐन– २०७३ प्रमाणीकरण भएपछि राष्ट्रिय परीक्षा बोर्ड गठन गरिने बताएका छन्। उमावि सङ्घ (हिसान)ले आज आयोजना गरेको शिक्षा ऐनसम्बन्धी अन्तर्क्रियामा सचिव पण्डितले ऐन कार्यान्वयन गराउने...

नाम छुटेको भन्दै भूकम्प पीडितले गाविसमा ताला लगाए

गोरखा- ताप्ले गाविसका स्थानीयले भूकम्प पीडितले घर बनाउन पाउने अनुदानमा आफ्नो नाम छुटेको भ्रन्दै गाविस कार्यालयमा शुक्रवार तालाबन्दी गरेका छन्। रातो कार्ड पाएका, विद्युतीय तथ्याङ्ककबाट गरिएको सर्वेक्षणमा नाम छुटेको भन्दै...

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

काठमाडौं-मासिक एक सय शुल्क लिएर अंग्रेजी माध्यममा नर्सरीदेखि स्नात्तोकोतरसम्म अध्ययन गराउँदै आएको समता शिक्षा निकेतन विद्यालयले यो वर्षको एसएलसीमा पनि उत्कृष्ट नतिजा ल्याएको छ।

विराटनगरका ३ डाक्टर पक्राउ

विराटनगर-नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका तीनजना चर्चित डाक्टरलाई शुक्रवार पक्राउ गरेको छ। वरिष्ठ फिजिशियन जावेद अख्तर अन्सारी, बालरोग विशेषज्ञ डा. सञ्जय दास र अर्थोपेडिक सर्जन डा. अबुल कलामलाई प्रहरीले...

सीआईबीद्वारा वीरगन्जका ९ चिकित्सक गिरफ्तार, सबैलाई काठमाडौं लगियो

वीरगन्ज– नेपाल प्रहरीको केन्द्रीय अन्सुन्धान ब्युरो(सीआईबी)को टोलीले वीरगन्जका ९ जना चिकित्सकलाई नियन्त्रणमा शुक्रबार बिहान गिरफ्तार गरेको छ।

नक्कली प्रमाणपत्र अभियोगमा चर्चित डा.जावेद पक्राउ

विराटनगर— नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका चर्चित फिजिशियन डाक्टर जावेद अख्तर अन्सारीलाई शुक्रवार पक्राउ गरेको छ। विराटनगरस्थित लाइफ गार्ड अस्पतालबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले उनलाई पक्राउ...

अवैध सुन तथा ९० थान हाते घडीसहित पक्राउ

काठमाडौं– सिन्धुपालचोक चौतारा– ३ बस्ने ३४ वर्षीय ताराबहादुर श्रेष्ठलाई प्रहरीले बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्किङ एरियाबाट ५० ग्राम सुन जस्तो देखीने पहेंलो धातुसहित पक्राउ गरेको छ।