Sunday 16 Shrawn, 2073 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

किपट खोसिएको विरोधमा बन्द

(0 votes)
भद्रपुर - राष्ट्रिय जनमुक्ति पार्टीको जनवर्गीय सङ्गठन लिम्बूवान राज्य परिषद्ले आज पूर्वका नौ जिल्लामा गरेको बन्दको प्रभाव मेची अञ्चलमा बिहानैदेखि देखापरेको छ। बन्दका कारण पूर्वपश्चिम राजमार्ग, कोसी राजमार्ग र मेची राजमार्गमा कुनै पनि यातायातका साधन चलेका छैनन् भने त्यस क्षेत्रका कलकारखाना र शिक्षण संस्थासमेत ठप्प भएका छन्।
nepali-patro-june

विसं १८३१ मा आजकै दिन अर्थात साउन २२ गते पृथ्वीनारायण शाहले लिम्बूवान क्षेत्र नियन्त्रणमा लिएपछि लिम्बूवानीसँग जग्गाको कर उठाउनका लागि किपटको व्यवस्था गरिए थियो। सोअनुसार करको १६ आनामध्ये ६ आना लिम्बूवानले राख्ने र १० आना सरकारलाई बुझाउने सम्झौता भएको थियो।

विसं २०२१ मा राजा महेन्द्रले भूमिसुधार लागू गरेपछि किपट व्यवस्थासमेत खोसिएको विरोधमा सम्झनास्वरुप आज पूर्वका नौ जिल्ला बन्द गरिएको हो।

यसैगरी सत्र राजनीतिक दल सम्मिलित पूर्वाञ्चल विश्वविद्यालय सङ्घर्ष समितिद्वारा आज १२ बजेसम्मका लागि आह्वान गरिएको विराटनगर बन्दका कारण जनजीवत प्रभावित भएको छ।

पूर्वाञ्चल विश्वविद्यालयका भ्रष्ट पदाधिकारीको राजीनामाको माग गर्दै गरिएको बन्दका कारण उद्योग, कलकारखाना, सार्वजनिक यातायातका साधन सञ्चालन भएका छैनन् भने विराटनगर बजार बिहानदेखि बन्द भएको छ।

सामुदायिक एवम् निजी विद्यालय भने सुचारुरूपले सञ्चालन भएका छन्।

पूर्वाञ्चल विश्वविद्यालय सुधारका लागि दबाबस्वरूप आधा दिनको बन्दको आह्वान गरिएको नेकपा (एमाले) मोरङका अध्यक्ष महेश रेग्मीले बताए।

प्रतिक्रिया

रोल्पाका अधिकांश छात्र छात्रा सि ग्रेडमा

रोल्पा-प्रवेशिका परीक्षा एसएलसीमा जिल्लाका अधिकाश छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ। जिशिकाका अनुसार नियमित तर्फ एक हजार ३६ छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएका छन।

राष्ट्रिय परीक्षा बोर्ड छिट्टै गठन गरिने

काठमाडौँ-शिक्षा सचिव विश्वप्रकाश पण्डितले शिक्षा ऐन– २०७३ प्रमाणीकरण भएपछि राष्ट्रिय परीक्षा बोर्ड गठन गरिने बताएका छन्। उमावि सङ्घ (हिसान)ले आज आयोजना गरेको शिक्षा ऐनसम्बन्धी अन्तर्क्रियामा सचिव पण्डितले ऐन कार्यान्वयन गराउने...

नाम छुटेको भन्दै भूकम्प पीडितले गाविसमा ताला लगाए

गोरखा- ताप्ले गाविसका स्थानीयले भूकम्प पीडितले घर बनाउन पाउने अनुदानमा आफ्नो नाम छुटेको भ्रन्दै गाविस कार्यालयमा शुक्रवार तालाबन्दी गरेका छन्। रातो कार्ड पाएका, विद्युतीय तथ्याङ्ककबाट गरिएको सर्वेक्षणमा नाम छुटेको भन्दै...

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

काठमाडौं-मासिक एक सय शुल्क लिएर अंग्रेजी माध्यममा नर्सरीदेखि स्नात्तोकोतरसम्म अध्ययन गराउँदै आएको समता शिक्षा निकेतन विद्यालयले यो वर्षको एसएलसीमा पनि उत्कृष्ट नतिजा ल्याएको छ।

विराटनगरका ३ डाक्टर पक्राउ

विराटनगर-नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका तीनजना चर्चित डाक्टरलाई शुक्रवार पक्राउ गरेको छ। वरिष्ठ फिजिशियन जावेद अख्तर अन्सारी, बालरोग विशेषज्ञ डा. सञ्जय दास र अर्थोपेडिक सर्जन डा. अबुल कलामलाई प्रहरीले...

सीआईबीद्वारा वीरगन्जका ९ चिकित्सक गिरफ्तार, सबैलाई काठमाडौं लगियो

वीरगन्ज– नेपाल प्रहरीको केन्द्रीय अन्सुन्धान ब्युरो(सीआईबी)को टोलीले वीरगन्जका ९ जना चिकित्सकलाई नियन्त्रणमा शुक्रबार बिहान गिरफ्तार गरेको छ।

नक्कली प्रमाणपत्र अभियोगमा चर्चित डा.जावेद पक्राउ

विराटनगर— नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका चर्चित फिजिशियन डाक्टर जावेद अख्तर अन्सारीलाई शुक्रवार पक्राउ गरेको छ। विराटनगरस्थित लाइफ गार्ड अस्पतालबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले उनलाई पक्राउ...

अवैध सुन तथा ९० थान हाते घडीसहित पक्राउ

काठमाडौं– सिन्धुपालचोक चौतारा– ३ बस्ने ३४ वर्षीय ताराबहादुर श्रेष्ठलाई प्रहरीले बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्किङ एरियाबाट ५० ग्राम सुन जस्तो देखीने पहेंलो धातुसहित पक्राउ गरेको छ।