Thursday 3 Shrawn, 2075 |
Menu

republica-headerdiscount-subscribe1

istl

कोशीको भविष्यसँग चार करोड मानिस निर्भर

(0 votes)
कोशीको भविष्यसँग चार करोड मानिस निर्भर
ललितपुर- कोशी नदी र यसको तटीय क्षेत्रका बासिन्दा एकअर्कामा परनिर्भर रहेको तथ्यसहित तीन देशका दुई दर्जन विज्ञ र सरकारी अधिकारी भाबी रणनीति बनाउन जुटेका छन्। आधुनिक कृषि, जलविद्युत र खानेपानीको मुख्य स्रोत रहेको कोशी नदी भविष्यको खोजीमा शहर केन्द्रीत बसाईसराई, जलवायु परिवर्तन र पुस्तानान्तरका कारण दुबै खतरामा रहेको निश्कर्ष बिज्ञले निकालेका छन्।

nepali-patro-june
कोशी नदी र यसको तटीय क्षेत्रमा बसोबासगर्ने मानिस र बन्यजन्तुको बिषयमा समयमै दिर्घकालीन रणनीतिको आवश्यकता समेत बिज्ञले औँल्याएका हुन्।

तीन देशका चार करोड मानिसको गाँस, बाँस र कपाससँग प्रत्यक्ष जोडिएको कोशी नदीको आफ्नै भविष्यका बिषयमा गहन छलफल सुरु भएको हो। चीन, नेपाल र भारतका चार करोड मानिसका लागि पानी, जीविकोपार्जन र जलविद्युतको मुख्य आधार रहेको कोशी नदीमा जलवायु परिवर्तन, बसाईसराई र पुस्तानान्तरले समस्या उत्पन्न भएको निश्कर्षसहित बिज्ञहरु दुई दिन लामो छलफलमा जुटेका हुन्।

कोशी नदी र यसको तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयका बिषयमा दुई दशकमा देखिएको भिन्नताका बिषयमा चीन, नेपाल र भारतका बिज्ञको अध्ययन प्रतिवेदन र भाबी रणनीति निर्माणका लागि सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारी सम्मिलित दुई दिने कार्यशाला बिहीबारदेखि ललितपुरमा सुरु भएको हो। इसिमोडले अष्ट्रेलिया सरकारको सहयोगमा आधार दर्जन बढी सम्बन्धित संस्थाको संलग्नतामा कार्यशाला आयोजना गरेको हो।

कार्यशालाको उद्घाधटनसत्रमा नेपालका लागि अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाइटले आफ्नो देशमा नदीमा निर्भर आदीवासीको सभ्यता बसाईसराईका कारण हराएर गएको उदाहरण दिँदै कृषिमा निर्भर नेपालका लागि कोशी नदीको सभ्यता जोगाउन आवश्यक रहेको बताएका थिए। उनले खानेपानीको जोहो र कृषिमा प्रत्यक्ष संलग्न रहने महिलाको भविष्यका लागि समेत कोशी नदीको अध्ययन र रणनीतिमा जोड दिन आग्रह गरेका थिए। राजदूत ह्वाइटले नेपालमात्र नभई तीन देशसँग प्रत्यक्ष सरोकार राख्ने कोशी नदीका बिषयमा सबै सचेत र संवेदनशिल हुनपर्ने बताए।

'पानी आजको अर्थतन्त्र हो, अष्ट्रेलियामा नदिमा निर्भर सीमान्तकृतको वर्गको पतन मैले देखेको छु, सचेतना आवश्यक छ, हामी सहयोग गर्ने छौं,' उनले भने।

चीनको हिमालय क्षेत्रबाट उत्पत्ति भएर नेपाल हुँदै भारतको बिहार भएर गंगामा मिसिने कोशी नदी तटीय क्षेत्रमा सिचाई, खानेपानी, मत्स्य पालनको मुख्य स्रोत हो। यस्तै कोशीकै चरन क्षेत्रमा निर्भर दुर्लभ बन्यजन्तुसमेत कोशी नदीकै भविष्यमा निर्भर रहेको तथ्यसहितका अध्ययन प्रतिवेदन कार्यशालामा प्रस्तुत गरिएका थिए।

नेपालको पूर्वी र मध्य पहाडी तथा तराई क्षेत्रमा देखिएको पानीको समस्यासमेत कुनैरुपमा कोशीसँग जोडिएकाले त्यसको अध्ययन भैरहेको जानकारी विज्ञ एसएम बाहिदले दिए। उनले हालसम्म चीन, नेपाल र भारतमा कोशी नदी र तटीय क्षेत्रका बिषयमा भएका अध्ययन र निश्कर्षका आधारमा रणनीति बनाउन कार्यशाला आयोजना भएको बताए।

नेपालको कृषि, खानेपानी र जलविद्युतका लागि पूर्वी तथा मध्य क्षेत्रको आधार मानिएको कोशीमा आधारित ठूला योजना बाहेर पुरातन कृषिलाई आधुनिकीकरण गर्न सरकार प्रयासरत रहेको कृषि विभागका उपमहानिर्देशक सूर्य पौडेलले जानकारी दिए।

सिचाई विभागका उपमहानिर्देशक अशोक सिंहले कोशीमा आधारित रहेका सिचाई परियोजना र यसले तटीय क्षेत्रका बासिन्दालाई नगदेबालीमा अभिप्रेरित गर्ने योजना सरकारले ल्याएको बताए।

कोशी नदीको उत्पत्ति क्षेत्रमा जलवायु परिवर्तनले हिउ पग्लनेक्रम बढ्नाले नदीको बहाबमा आउने परिवर्तन र यसले ल्याउने बाढीका कारण तटीय क्षेत्रका बासिन्दा बसाईसराई गर्न बाध्य हुने गरेका छन्। यस्तै कोशी नदीको बहाब क्षेत्रमा भएका निर्माण र प्राकृतिक विपत्तिको चपेटमा समेत नदी पर्ने गरेको हो।

इसिमोडका महानिर्देशक डेभिड मोल्डनले पछिल्लो २५ वर्षमा कोशी नदी र यसको तटीय क्षेत्रको बसोबासमा देखिएको परिवर्तनका आधारमा रणनीति बनाउन आवश्यक रहेको बताए। उनले परिवर्तन भएको कृषिको स्वरुप, कृषि र पानीको जोहोमा देखिएको महिलाको संलग्नताका कारण समेत कोशीलाई संवेदनशिल बिषय मानिएको बताए।

'कोशी नदी खाद्य सुरक्षा, खानेपानी, ऊर्जा, जनजिविका र मानवीय संकटका लागि प्रत्यक्ष सरोकारको बिषय हो, यसका लागि आज हामी यहाँ जुटेका छौं,' मोल्डनले भने। कोशी नदी र यसको तटीय क्षेत्रमा बसोबास गर्ने मानिसका लागि भैरहेका कार्यमा एकरुपता ल्याउन कार्यशाला फलदायी रहने उनले बताए।

प्रतिक्रिया

रोल्पाका अधिकांश छात्र छात्रा सि ग्रेडमा

रोल्पा-प्रवेशिका परीक्षा एसएलसीमा जिल्लाका अधिकाश छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ। जिशिकाका अनुसार नियमित तर्फ एक हजार ३६ छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएका छन।

राष्ट्रिय परीक्षा बोर्ड छिट्टै गठन गरिने

काठमाडौँ-शिक्षा सचिव विश्वप्रकाश पण्डितले शिक्षा ऐन– २०७३ प्रमाणीकरण भएपछि राष्ट्रिय परीक्षा बोर्ड गठन गरिने बताएका छन्। उमावि सङ्घ (हिसान)ले आज आयोजना गरेको शिक्षा ऐनसम्बन्धी अन्तर्क्रियामा सचिव पण्डितले ऐन कार्यान्वयन गराउने...

नाम छुटेको भन्दै भूकम्प पीडितले गाविसमा ताला लगाए

गोरखा- ताप्ले गाविसका स्थानीयले भूकम्प पीडितले घर बनाउन पाउने अनुदानमा आफ्नो नाम छुटेको भ्रन्दै गाविस कार्यालयमा शुक्रवार तालाबन्दी गरेका छन्। रातो कार्ड पाएका, विद्युतीय तथ्याङ्ककबाट गरिएको सर्वेक्षणमा नाम छुटेको भन्दै...

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

काठमाडौं-मासिक एक सय शुल्क लिएर अंग्रेजी माध्यममा नर्सरीदेखि स्नात्तोकोतरसम्म अध्ययन गराउँदै आएको समता शिक्षा निकेतन विद्यालयले यो वर्षको एसएलसीमा पनि उत्कृष्ट नतिजा ल्याएको छ।

विराटनगरका ३ डाक्टर पक्राउ

विराटनगर-नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका तीनजना चर्चित डाक्टरलाई शुक्रवार पक्राउ गरेको छ। वरिष्ठ फिजिशियन जावेद अख्तर अन्सारी, बालरोग विशेषज्ञ डा. सञ्जय दास र अर्थोपेडिक सर्जन डा. अबुल कलामलाई प्रहरीले...

सीआईबीद्वारा वीरगन्जका ९ चिकित्सक गिरफ्तार, सबैलाई काठमाडौं लगियो

वीरगन्ज– नेपाल प्रहरीको केन्द्रीय अन्सुन्धान ब्युरो(सीआईबी)को टोलीले वीरगन्जका ९ जना चिकित्सकलाई नियन्त्रणमा शुक्रबार बिहान गिरफ्तार गरेको छ।

नक्कली प्रमाणपत्र अभियोगमा चर्चित डा.जावेद पक्राउ

विराटनगर— नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका चर्चित फिजिशियन डाक्टर जावेद अख्तर अन्सारीलाई शुक्रवार पक्राउ गरेको छ। विराटनगरस्थित लाइफ गार्ड अस्पतालबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले उनलाई पक्राउ...

अवैध सुन तथा ९० थान हाते घडीसहित पक्राउ

काठमाडौं– सिन्धुपालचोक चौतारा– ३ बस्ने ३४ वर्षीय ताराबहादुर श्रेष्ठलाई प्रहरीले बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्किङ एरियाबाट ५० ग्राम सुन जस्तो देखीने पहेंलो धातुसहित पक्राउ गरेको छ।