Sunday 19 Mangshir, 2073 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

१३ वर्षदेखि मलद्वारविहीन

  • आइतबार ९ भाद्र, २०७०
  • प्रवीण ढकाल
  • Be the first to comment!
(0 votes)
काठमाडौं - जन्मँदै मलद्वार नभएकी १३ वर्षे एक बालिकाको पेटबाट करिब १० केजी दिसा निकालिएको छ। दिसा निकालिएलगत्तै उनको मलद्वार बनाउने शल्यक्रिया पनि सुरु भएको छ।
nepali-patro-june
ओखलढुंगा पोखरे गाविस–४ घिमिरेडा“डाकी १३ वर्षे किशोरी लीला विकको जन्मजात मलद्वार नभएका कारण १३ वर्षदेखि पेटभित्र नै थुप्रिएर बसेको दिसा तथा अन्य फोहोर पदार्थ  शनिबार शल्यक्रियाद्वारा निकालिएको हो। शल्यक्रियाका क्रममा उनको पहिलो चरणमा अन्द्राबाट दिसा बाहिर जाने बाटो बनाइएको छ।
विकको बसुन्धरास्थित ग्रिनसिटी अस्पतालले शनिबार निःशुल्क शल्यक्रिया गरी दिसा जाने बाटो बनाएको हो। अस्पतालले पहिलो चरणमा दिसा जाने बाटो बनाएको र अबको चार महिनापछि पुनः अर्को शल्यक्रिया गरी मलद्वार नै बनाउने जनाएको छ। उनले हालसम्म खाएको खाना पेटमै जम्मा भएर पेट फुँलिदै गएको थियो।
बालिकाको शल्यक्रिया अस्पतालका पेडियाटि्रक सर्जन डाक्टर गेहराज दाहालको टोलीले गरेको हो। डा. दाहाल र डा. दिप्तेश अर्यालसहितको टोलीले शनिबार तल्लो पेटको देब्रेपट्टिबाट प्वाल पारी पाइपबाट दिसा गर्ने अस्थायी बाटो खुलाएका हुन्। चिकित्सक दाहालका अनुसार शल्यक्रियापछि बालिकाको तौल २२ केजी भएको छ। शल्यक्रिया गर्नुपूर्व उनको पेटमा भएको दिसाका कारण उनको तौल करिब ३२ केजी थियो।
'खाएको कानेकुरा शरीरबाट बाहिर जान नपाउँदा बालिकाको पेट फुलेर निकै ठूलो भएको थियो,' डा. दाहालले भने, 'शल्यक्रियापछि उनको पेट सबै घटेर सामान्य अवस्थामा आएको छ।' उनका अनुसार पहिलो चरणमा आन्द्राबाट दिसा बाहिर जाने बाटो बनाइए पनि मलद्वार बनाउन केही समय लाग्नेछ।
अस्पतालका अध्यक्ष एलबी टण्डनका अनुसार अस्पतालले बालिकाको सबै उपचार निःशुल्क गरेको छ। 'बालिकाको मलद्वार बनाउने काम बल्ल सुरु भएको छ,' टण्डनले भने, 'बालिकाको जीवन बचाउन अस्पतालले सबै खर्च निःशुल्क गरेको हो।' उनका अनुसार बालिका अस्पतालमा एक साताअघि उपचारका लागि भर्ना भएकी थिइन्।
उपचारमा संलग्न विशेषज्ञ डा. दाहालले लामो समयदेखिको खानेकुराले ती किशोरीको आमासयदेखि ठूलो आन्द्राको भाग पूरै भरिएको बताए। 'त्यही खानेकुरा भरिँदा आन्द्रा फुल्दै गएर पेट अस्वाभाविक रुपमा बढेको हो,' उनले भने, 'चिकित्सकीय भाषामा यो अवस्थालाई एनोरेक्टोल माल्फरमेसन भन्छौं, त्यसमध्ये पर्ने विभिन्न समस्यामध्ये यो समस्या 'रेक्टोभेजाइनल फिस्टुला' हो।'
डा. दाहालले ती बालिकाले खाएको खानाबाट निकै थोरै मात्रा पातलो रसका रुपमा पिसाबद्वारबाट बाहिरिने गरेको बताए। उनका अनुसार यो जन्मजात विकृति हो, मलद्वार र पिसाबद्वारबीचको दुई सेन्टिमिटर भागमा मसिनो नलीजस्तो बनी त्यसैबाट दिसा पातलो रसका रुपमा पिसाबद्वारबाट बाहिरिने गरेको छ। जन्मनासाथ उपचार पाएको खण्डमा एउटै अप्रेसनले सफल हुने त्यस्तो केस उमेर छिप्पिँदै जाँदा बढी समय लाग्ने भएको उनले बताए।
डा. अर्यालका अनुसार यो अप्रेसनपछि किशोरीले जति खाना पनि खान मिल्छ। उनको फुलेको अन्द्रा बिस्तारै सुक्दै जाने उनले बताए। 'शरीरका अन्य अंग बिस्तारै मोटाउनेछन्,' उनले भने, 'त्यसपछि उनको दोस्रो चरणको मलद्वार बनाउने अप्रेसन गरिनेछ।' उनका अनुसार हाल बनाइएको अस्थायी बाटोलाई बन्द गरी दोस्रो चरणको अप्रेसनमा बालिकाको मलद्वारबाटै दिसा गर्ने व्यवस्था मिलाइनेछ। यसका लागि किशोरीको उपचार सकिन करिब ६ महिना लाग्ने उनले बताए।
अध्यक्ष टण्डनका अनुसार तीन चरणमा उपचार हुने ती किशोरीको उपचारमा करिब २ लाख ५० हजार खर्च हुनेछ। बिरामी र आफन्तसहित दुई जनालाई खानबस्न, घरबाट आउने जाने व्यवस्थासहित सबै खर्च अस्पतालले व्यवस्था गरेको उनले बताए।

प्रतिक्रिया

रोल्पाका अधिकांश छात्र छात्रा सि ग्रेडमा

रोल्पा-प्रवेशिका परीक्षा एसएलसीमा जिल्लाका अधिकाश छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ। जिशिकाका अनुसार नियमित तर्फ एक हजार ३६ छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएका छन।

राष्ट्रिय परीक्षा बोर्ड छिट्टै गठन गरिने

काठमाडौँ-शिक्षा सचिव विश्वप्रकाश पण्डितले शिक्षा ऐन– २०७३ प्रमाणीकरण भएपछि राष्ट्रिय परीक्षा बोर्ड गठन गरिने बताएका छन्। उमावि सङ्घ (हिसान)ले आज आयोजना गरेको शिक्षा ऐनसम्बन्धी अन्तर्क्रियामा सचिव पण्डितले ऐन कार्यान्वयन गराउने...

नाम छुटेको भन्दै भूकम्प पीडितले गाविसमा ताला लगाए

गोरखा- ताप्ले गाविसका स्थानीयले भूकम्प पीडितले घर बनाउन पाउने अनुदानमा आफ्नो नाम छुटेको भ्रन्दै गाविस कार्यालयमा शुक्रवार तालाबन्दी गरेका छन्। रातो कार्ड पाएका, विद्युतीय तथ्याङ्ककबाट गरिएको सर्वेक्षणमा नाम छुटेको भन्दै...

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

काठमाडौं-मासिक एक सय शुल्क लिएर अंग्रेजी माध्यममा नर्सरीदेखि स्नात्तोकोतरसम्म अध्ययन गराउँदै आएको समता शिक्षा निकेतन विद्यालयले यो वर्षको एसएलसीमा पनि उत्कृष्ट नतिजा ल्याएको छ।

विराटनगरका ३ डाक्टर पक्राउ

विराटनगर-नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका तीनजना चर्चित डाक्टरलाई शुक्रवार पक्राउ गरेको छ। वरिष्ठ फिजिशियन जावेद अख्तर अन्सारी, बालरोग विशेषज्ञ डा. सञ्जय दास र अर्थोपेडिक सर्जन डा. अबुल कलामलाई प्रहरीले...

सीआईबीद्वारा वीरगन्जका ९ चिकित्सक गिरफ्तार, सबैलाई काठमाडौं लगियो

वीरगन्ज– नेपाल प्रहरीको केन्द्रीय अन्सुन्धान ब्युरो(सीआईबी)को टोलीले वीरगन्जका ९ जना चिकित्सकलाई नियन्त्रणमा शुक्रबार बिहान गिरफ्तार गरेको छ।

नक्कली प्रमाणपत्र अभियोगमा चर्चित डा.जावेद पक्राउ

विराटनगर— नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका चर्चित फिजिशियन डाक्टर जावेद अख्तर अन्सारीलाई शुक्रवार पक्राउ गरेको छ। विराटनगरस्थित लाइफ गार्ड अस्पतालबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले उनलाई पक्राउ...

अवैध सुन तथा ९० थान हाते घडीसहित पक्राउ

काठमाडौं– सिन्धुपालचोक चौतारा– ३ बस्ने ३४ वर्षीय ताराबहादुर श्रेष्ठलाई प्रहरीले बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्किङ एरियाबाट ५० ग्राम सुन जस्तो देखीने पहेंलो धातुसहित पक्राउ गरेको छ।