Sunday 4 Bhadra, 2074 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

चुरे बिनासले खानेपानी संकट

(0 votes)
चुरे बिनासले खानेपानी संकट
लहान- पूर्व–पश्चिम राजमार्गसँग टाँसिएको गाउँ हो लालपुर। तरकारी खेतीका लागि कहलिएको यो गाउँ हाल गोलबजार नगरपालिमा गाभिएको छ। गाउँले नगरपालिकाको स्वरूप धारण गरे पनि यहाँका बासिन्दाको जीवनमा कुनै परिवर्तन आएको छैन्।
nepali-patro-june
तरकारी खेतीबाट जीवनस्तर उकास्ने कसरतमा रहेका यहाँका बासिन्दा यतिबेला पानी नपाउँदा चिन्तित छन्। खेतमा पानी लगाउन गाडेको चापाकल, र बोरिङमा पानी आउन छाडेको छ। खेतमा पानी लगाउन त टाढाको कुरा खानेपानीका लागि पनि यहाँका बासिन्दा तड्पिरहेका छन्। इनार पनि सुक्न थालिसकेे।

यो गाउँका तीन सय दस घरधुरीको प्यास मेटाउने एकमात्र इनार पनि सुक्न थालेको छ। माधव थपलियाको उक्त इनार पनि सुके तड्पिनुबाहेक विकल्प नहुने स्थानीय प्रमोद यादवले सुनाए।

गाउँका अरु इनारमा पानी सुकेपछि सबै यही इनारमा आश्रित छन्। रातभर इनारमा जम्मा भएको थोरै पानी लिन बिहान गाउँभरिका मानिस झुम्मिन्छन्। भाडामा थोरै पानी लिएर प्यास मेटाउन घर फर्किन्छन्। यो हाहाकारबाट मुक्ति पाउँ भन्दै गाउँलेले भगवान पुकार्न थालेका छन् ।

'पहिला पहिला समयमै वर्षा हुन्थ्यो। चापाकल, इनार, पोखरी सुक्दैनथे,' गाउँका अग्रज झमनलाल यादव भन्छन्, 'अहिले राजनीति जस्तै प्रकृतिले पनि रूप बदलेजस्तो लाग्छ।' विगत सम्झँदै यादवले सुनाए, 'हामी आकाशतिर हेरेर अन्नबाली लगाउँथ्यौं। पानी पनि पर्थ्यो। अहिले त पानी पर्लाजस्तो हुन्छ पर्दैन, पानी नपरेर खेत बन्जर भइसक्यो।'

हरियाली हराउँदा प्रकृतिमा डरलाग्दो परिवर्तन आएको वातावरण तथा वनसम्बन्धी किताबी अध्ययन नगरेका उनले बताए। 'हरियालीले छपक्क छोपिएको पहाड अहिले नागिंएर उराठ देखिन्छ। पहाडमा रुख हराइसके। जहाँ आँखा दौडायो उराठलाग्दो ढिस्कोबाहेक हरियाली देख्न पाइँदैन,' उनले भने।

पछिल्ला केही वर्षमा चुरेक्षेत्रको व्यापक दोहन भयो। भारतको राष्ट्रिय राजमार्ग निर्माणमा आवश्यक निर्माण सामग्री (ढुंगा, गिटी) यहींबाट आपूर्ती भएको थियो। चुरेक्षेत्रमा क्रसर उद्योग राखेर उत्खन्न गरी निर्माण सामग्री तयार पारेर भारतमा आपूिर्त गरिन्थ्यो। त्यो बेला स्थानीय अगुवालाई लोभ दिएर चुरेको व्यापक दोहन गरिएको थियो।

त्यसको असर अहिले देखिन थालेको छ। पछिल्ला तीन वर्षदेखि दोहनको प्रभाव देखिँदैछ।

अनियन्त्रित चुरे दोहनले वाटर रिचार्ज एरिया खुम्चिएर चुरे फेदका बस्तीबाट सुरु भएको खानेपानीको हाहाकार यो वर्षदेखि राजमार्ग र दक्षिणवर्ती बस्तीसम्म फैलिएको छ। चुरे फेदमा इनार र चापाकलमा पानी आउन छाडेको एक वर्ष भयो। यी बस्तीका बासिन्दा खोला र कुलाको पानीबाट प्यास मेटाइरहेका छन्।

चुरे फेदको सिरहाको टोडकेमा तीन वर्षदेखि खानेपानीको हाहाकार छ। एकमात्र ओभरहेड ट्यांकीबाट गाउँका मानिसले तिर्खा मेटाउँछन्।

गत वर्षदेखि गोलबजार नगरपालिकामा पनि पानी हाहाकार छ। यहाँका बासिन्दा खाल्डो खनेर चापाकल गाडेका छन्। '१५ फिट गहिरो खाल्डो खनेर एक सय फिट गहिरो चापाकल धसाउँदा समेत राम्ररी पानी आउँदैन,' गोलबजारका प्रमोद यादवले सुनाए।

लहानका रामप्रसाद यादवको चापाकलमा पनि पानी आउन छाडेपछि उनले १५ फिट गहिरो खाल्डो खनेर कल गाडेको वर्ष दिन भयो। 'पहिला कलमा मोटर सेट गरेर पानी तान्थ्यांै,' उनले भने, '१५ दिन भयो पानी आउनै छोड्यो।'

लहानका वन तथा वातावरण विज्ञ दिनेश यादव भन्छन्, 'चुरेश्रृंखलामा भएको अनियन्त्रित र अप्राकृतिक दोहनले पानी चार्ज क्षेत्र खलबलिएको छ। जसको असर चुरे फेदका बस्ती हुँदै राजमार्ग दक्षिणको बस्तीसम्म फैलिँदैछ।' उनले भने, 'चुरे विनाशक्रम नरोकिए चौतर्फी संकट उत्पन्न हुने खतरा छ।'

भूमिगत जलस्रोत कार्यालय, लहानका अनुसार पहिला ४० देखि ६० फिटमुनि पानीको राम्रो लेयर पाइन्थ्यो। अहिले एक सय फिटमुनिसमेत पानीको लेयर नभेटिने कार्यालयले जनाएको छ।

प्रतिक्रिया

रोल्पाका अधिकांश छात्र छात्रा सि ग्रेडमा

रोल्पा-प्रवेशिका परीक्षा एसएलसीमा जिल्लाका अधिकाश छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ। जिशिकाका अनुसार नियमित तर्फ एक हजार ३६ छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएका छन।

राष्ट्रिय परीक्षा बोर्ड छिट्टै गठन गरिने

काठमाडौँ-शिक्षा सचिव विश्वप्रकाश पण्डितले शिक्षा ऐन– २०७३ प्रमाणीकरण भएपछि राष्ट्रिय परीक्षा बोर्ड गठन गरिने बताएका छन्। उमावि सङ्घ (हिसान)ले आज आयोजना गरेको शिक्षा ऐनसम्बन्धी अन्तर्क्रियामा सचिव पण्डितले ऐन कार्यान्वयन गराउने...

नाम छुटेको भन्दै भूकम्प पीडितले गाविसमा ताला लगाए

गोरखा- ताप्ले गाविसका स्थानीयले भूकम्प पीडितले घर बनाउन पाउने अनुदानमा आफ्नो नाम छुटेको भ्रन्दै गाविस कार्यालयमा शुक्रवार तालाबन्दी गरेका छन्। रातो कार्ड पाएका, विद्युतीय तथ्याङ्ककबाट गरिएको सर्वेक्षणमा नाम छुटेको भन्दै...

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

काठमाडौं-मासिक एक सय शुल्क लिएर अंग्रेजी माध्यममा नर्सरीदेखि स्नात्तोकोतरसम्म अध्ययन गराउँदै आएको समता शिक्षा निकेतन विद्यालयले यो वर्षको एसएलसीमा पनि उत्कृष्ट नतिजा ल्याएको छ।

विराटनगरका ३ डाक्टर पक्राउ

विराटनगर-नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका तीनजना चर्चित डाक्टरलाई शुक्रवार पक्राउ गरेको छ। वरिष्ठ फिजिशियन जावेद अख्तर अन्सारी, बालरोग विशेषज्ञ डा. सञ्जय दास र अर्थोपेडिक सर्जन डा. अबुल कलामलाई प्रहरीले...

सीआईबीद्वारा वीरगन्जका ९ चिकित्सक गिरफ्तार, सबैलाई काठमाडौं लगियो

वीरगन्ज– नेपाल प्रहरीको केन्द्रीय अन्सुन्धान ब्युरो(सीआईबी)को टोलीले वीरगन्जका ९ जना चिकित्सकलाई नियन्त्रणमा शुक्रबार बिहान गिरफ्तार गरेको छ।

नक्कली प्रमाणपत्र अभियोगमा चर्चित डा.जावेद पक्राउ

विराटनगर— नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका चर्चित फिजिशियन डाक्टर जावेद अख्तर अन्सारीलाई शुक्रवार पक्राउ गरेको छ। विराटनगरस्थित लाइफ गार्ड अस्पतालबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले उनलाई पक्राउ...

अवैध सुन तथा ९० थान हाते घडीसहित पक्राउ

काठमाडौं– सिन्धुपालचोक चौतारा– ३ बस्ने ३४ वर्षीय ताराबहादुर श्रेष्ठलाई प्रहरीले बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्किङ एरियाबाट ५० ग्राम सुन जस्तो देखीने पहेंलो धातुसहित पक्राउ गरेको छ।