Sunday 4 Bhadra, 2074 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

चुरेमा फेरि संकटःदोहन गर्न हतारिँदै जिविस

(0 votes)
देउखुरीस्थित राप्ती नदीबाट झिकेर थुपारिएको बालुवा । देउखुरीस्थित राप्ती नदीबाट झिकेर थुपारिएको बालुवा ।
दाङ–केही महिनाअघि कांग्रेस सभापति शेरबहादुर देउवा दाङको बाढीप्रभावित बस्ती पुगे । बाढीमा नांगेझार भएपछि गाँस र बास जुटाउनै समस्या परेका पीडितको गुनासो यसपालि अलि फरक थियो। खोलामा ढुंगाबालुवा थुप्रिएका कारण बस्तीमा बाढी पसेको भन्दै उनीहरूले रोकथामका लागि लिखित रूपमै देउवासँग आग्रह गरे।
nepali-patro-june
उनीहरूको माग थियो, 'खोलामा ढुंगाबालुवा थुप्रिएर बस्तीमा बाढी पस्यो, हाम्रो जीवनरक्षाका लागि खोला उत्खनन फुकुवा गरिदिनुप¥यो ।' बाढीपीडितले यही माग जिल्ला प्रशासन कार्यालयसमेत पुर्याए । चुरेक्षेत्रमा ढुंगाबालुवा झिक्न लगाइएको प्रतिबन्ध फुकुवा माग राख्दै निर्माण व्यवसायी पनि आन्दोलित भए । स्थानीय विकास अधिकारी रमेश गौतमको जोड पनि चुरे खोला उत्खननमा रहेको प्रतिबन्ध फुकुवा गराउनुमै रह्यो ।

अहिले उनी सरकारले नै अनुमति दिएको भन्दै चुरेमा उत्खनन गराउने योजनामा लागिपरेका छन् । उनका अनुसार अब उत्खननका लागि चुरे संरक्षण समितिको कार्यविधि पालना गर्नुपर्दैन न त चुरे संरक्षण समितिको अनुमति लिनुपर्छ । यसले चुरे दोहन थप बढ्ने भएको छ । 'अब यहाँका खोला उत्खननको सम्पूर्ण अधिकार जिविसले पाएको छ,' स्थानीय विकास अधिकारी गौतमले भने, 'चुरे संरक्षण समितिबाट अनुमति लिनुपर्ने झन्झट हटेको छ ।'

जिविसका अनुसार स्थानीय विकास मन्त्रालयले यो आशयको पत्र फागुन २८ मै पठाएको थियो । वैशाख २० मा यसलाई आधिकारिकता दिँदै सरकारले राजपत्रमा प्रकाशित गरेको गौतमले बताए । यसअघि चुरेक्षेत्रका खोला उत्खननका लागि प्रजिअ नेतृत्वको अनुगमन समितिले चुरे संरक्षण समितिमा सिफारिस गर्नुपर्ने प्रावधान थियो । समितिले जियोलोजिस्टसहित खोला अनुगमनपछि उत्खननका लागि स्वीकृति दिने वा नदिने निक्र्योल गथ्र्योे ।

स्थानीय विकास मन्त्रालय, वातावरण शाखाले गरेको पछिल्लो परिपत्रअनुसार चुरेका खोलामा जिविस आफंैले उत्खननसम्बन्धी निर्णय लिन पाउँछ । नयाँ व्यवस्थाअनुसार जिविसले जिल्लास्तरीय आइइई पुनरवलोकन तथा सिफारिस समिति बनाएर खोला उत्खननको निर्णय लिनेछ । जिल्ला प्राविधिक कार्यालयको संयोजकत्वमा यो समिति बन्नेछ ।

खोला उत्खननसम्बन्धी आफूमा निहित अधिकार कटौती गरिएको प्रति चुरे संरक्षण समितिले अनभिज्ञता दर्सायो । 'औपचारिक निर्णय भइसकेको छैन,' चुरे संरक्षण समिति आयोजना डिजाइन शाखाका नायब सुब्बा अनन्त नेपालले भने, 'त्यो निर्णय चुरेबाहेकका खोलामा लागू हुने हो, चुरेभित्रका खोलामा होइन ।' खोला उत्खननका लागि चुरे संरक्षण समितिले तोकेको पुरानो नियम र मापदण्ड कायमै रहने दाबी उनले गरे । तर, दाङका सबै खोला चुरेक्षेत्रभित्रै पर्छन् । 'यहाँका सबै खोला चुरेभित्रै त छन् नि,' गौतमले भने, 'सरकारको निर्णय सबै खोलामा कार्यान्वयन हुने हो ।'

व्यवसायीद्वारा आफूखुसी उत्खनन

देउखुरीको सतबरियास्थित एक घरमा एउटा ट्र्याक्टर दिनभर रोकिन्छ । त्यसको अघिल्लो भागमा डोजरको खन्ने भाग जोडिएको छ । त्यो ट्र्याक्टर राती राप्ती नदीमा पस्छ र मनपरी उत्खनन गर्छ । नजिकै रहेको क्रसर उद्योगका लागि बालुवा–ढुंगा जुटाउने जिम्मा यही ट्र्याक्टरको हो । यसले यहाँका खोलामा भइरहेको उत्खननको कहालीलाग्दो अवस्था देखाउँछ । निश्चित स्थान तोकेर उत्खनन अनुमति दिइए पनि व्यवसायीले आफूखुसी गर्दै आएका छन् । जिविसले अनियन्त्रित उत्खनन बेवास्ता गर्दै त्यसबापत उठ्ने राजस्वलाई मात्रै ध्यान दिइरहेको छ । 'प्रतिबन्ध लगाउँदा खोलाबाट चोरीनिकासी भयो, जिविसको राजस्व शून्य बन्यो,' स्थानीय विकास अधिकारी गौतमले भने, 'अब जिविसकै निर्णय हुने भएपछि राजस्व अझ धेरै उठ््छ ।'

जिविसले अब तल्लो तहका स्थानीय निकायमार्फत ठेक्का प्रक्रिया सुरु गर्ने जनाएको छ । गाविस वा नगरपालिकालाई उत्खनन जिम्मा दिने र त्यसबाट उठ्ने राजस्वको ६० प्रतिशत जिविस र ४० प्रतिशत सम्बन्धित गाविस वा नगरपालिकाले पाउने व्यवस्थापन गर्न लागिएको जिविस स्रोतले बताएको छ ।

प्रतिक्रिया

रोल्पाका अधिकांश छात्र छात्रा सि ग्रेडमा

रोल्पा-प्रवेशिका परीक्षा एसएलसीमा जिल्लाका अधिकाश छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ। जिशिकाका अनुसार नियमित तर्फ एक हजार ३६ छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएका छन।

राष्ट्रिय परीक्षा बोर्ड छिट्टै गठन गरिने

काठमाडौँ-शिक्षा सचिव विश्वप्रकाश पण्डितले शिक्षा ऐन– २०७३ प्रमाणीकरण भएपछि राष्ट्रिय परीक्षा बोर्ड गठन गरिने बताएका छन्। उमावि सङ्घ (हिसान)ले आज आयोजना गरेको शिक्षा ऐनसम्बन्धी अन्तर्क्रियामा सचिव पण्डितले ऐन कार्यान्वयन गराउने...

नाम छुटेको भन्दै भूकम्प पीडितले गाविसमा ताला लगाए

गोरखा- ताप्ले गाविसका स्थानीयले भूकम्प पीडितले घर बनाउन पाउने अनुदानमा आफ्नो नाम छुटेको भ्रन्दै गाविस कार्यालयमा शुक्रवार तालाबन्दी गरेका छन्। रातो कार्ड पाएका, विद्युतीय तथ्याङ्ककबाट गरिएको सर्वेक्षणमा नाम छुटेको भन्दै...

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

काठमाडौं-मासिक एक सय शुल्क लिएर अंग्रेजी माध्यममा नर्सरीदेखि स्नात्तोकोतरसम्म अध्ययन गराउँदै आएको समता शिक्षा निकेतन विद्यालयले यो वर्षको एसएलसीमा पनि उत्कृष्ट नतिजा ल्याएको छ।

विराटनगरका ३ डाक्टर पक्राउ

विराटनगर-नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका तीनजना चर्चित डाक्टरलाई शुक्रवार पक्राउ गरेको छ। वरिष्ठ फिजिशियन जावेद अख्तर अन्सारी, बालरोग विशेषज्ञ डा. सञ्जय दास र अर्थोपेडिक सर्जन डा. अबुल कलामलाई प्रहरीले...

सीआईबीद्वारा वीरगन्जका ९ चिकित्सक गिरफ्तार, सबैलाई काठमाडौं लगियो

वीरगन्ज– नेपाल प्रहरीको केन्द्रीय अन्सुन्धान ब्युरो(सीआईबी)को टोलीले वीरगन्जका ९ जना चिकित्सकलाई नियन्त्रणमा शुक्रबार बिहान गिरफ्तार गरेको छ।

नक्कली प्रमाणपत्र अभियोगमा चर्चित डा.जावेद पक्राउ

विराटनगर— नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका चर्चित फिजिशियन डाक्टर जावेद अख्तर अन्सारीलाई शुक्रवार पक्राउ गरेको छ। विराटनगरस्थित लाइफ गार्ड अस्पतालबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले उनलाई पक्राउ...

अवैध सुन तथा ९० थान हाते घडीसहित पक्राउ

काठमाडौं– सिन्धुपालचोक चौतारा– ३ बस्ने ३४ वर्षीय ताराबहादुर श्रेष्ठलाई प्रहरीले बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्किङ एरियाबाट ५० ग्राम सुन जस्तो देखीने पहेंलो धातुसहित पक्राउ गरेको छ।