Monday 9 Shrawn, 2074 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

यातायात व्यवसायीद्वारा दुर्घटनाका घाइते वा मृतकलाई दिनुपर्ने रकम घटाउन दवाब

(0 votes)
काठमाडौं— सडक अनुशासनविरुद्ध अराजक माग राखेर देशव्यापी आन्दोलनमा उत्रेका यातायात व्यवसायीले दुर्घटनापछि घाइतेलाई तत्कालै उपलब्ध गराउनुपर्ने उपचार खर्च र मृतकका परिवारलाई दिनुपर्ने कृया खर्चलाई घटाएर न्यूनतम रकम कायम गर्न सरकारलाई दबाब दिइरहेका छन्।
nepali-patro-june
व्यवसायीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदार, गृहमन्त्री शक्ति बस्नेतसहित विभिन्न दलका नेता त्थ्ँ उच्चपदस्थ कर्मचारीलाई भेटेर दुर्घटनापछि पीडित पक्षलाई दिनुपर्ने उपचार खर्च तथा दुर्घटनामा कसैको मृत्यु भए मृतकका परिवारलाई कृया खर्चबापत तिर्नुपर्ने रकमलाई १० गुणासम्म घटाउन दबाब दिँदै आएका हुन् ।

सरकारले सवारी तथा यातायात व्यवस्था ऐन ०४९ को दफा १६३ मा भएको सजायको व्यवस्थालाई गत वर्षको असोज १४ गते संशोधन गरी क्षतिपूर्ति रकम बढाएको थियो । सरकारले दुर्घटनापछि पीडित पक्षलाई दिने उपचार तथा कृया खर्च निकै कम भएको भन्दै १० गुणासम्म क्षतिपूर्तिबापतको रकमलाई बढाएको थियो ।

गत वर्ष बढाइएको क्षतिपूर्ति रकमअनुसार सडक दुर्घटनामा घाइते भएका व्यक्तिलाई चालक तथा सवारी धनीले घाइतेलाई तत्कालै उपचार खर्चका लागि अवस्था हेरेर २५ देखि ५० हजार रुपैयाँसम्म रकम उपलब्ध गराउनुपर्ने हुन्छ । यो सँगै पीडितलाई तेस्रो पक्ष बिमाअनुसार पाउने रकमसमेत क्षतिपूर्तिमार्फत पाउनेछन् । त्यस्तै, दुर्घटनामा कसैको मृत्यु भए मृतक परिवारका आफन्तलाई कृया खर्चबापत ५० हजार रुपैयाँ दिनुपर्ने व्यवस्था छ ।

दुर्घटनामा घाइते भएकालाई तत्कालै औषधि खर्चबापत प्रमुख जिल्ला अधिकारीले चोटपटकको स्थिति विचार गरी चालक, सवारीधनी वा व्यवस्थापकबाट उपचार खर्च दिलाउने कानुनी व्यवस्था छ । त्यस्तो चोटपटक लाग्ने व्यक्तिले पछि बढी रकम क्षतिपूर्ति पाउने भए त्यसरी औषधि खर्चबापत दिएको रकम कट्टी गरी बाँकी रकमसमेत उपलब्ध गराइनेछ ।

दुर्घटनामा कसैको मृत्यु भए चालकलाई ज्यान मुद्दा लगाउने व्यवस्थासमेत सरकारले गरिसकेको छ । विगतमा दुर्घटनामा घाइतेलाई ५ हजार र कृया खर्चका रुपमा १० हजार मात्र दिनुपर्ने व्यवस्था थियो ।

हाल ल्याइएको नयाँ व्यवस्था कार्यान्वयनमा आए दुर्घटनामा घाइते भएकालाई चालकले जानाजान सवारी पछाडि ल्याएर मार्ने घटनामा समेत कमी आउने विज्ञले बताएका छन् । दुर्घटनापछि चालकलाई हुने कारबाहीका साथै उपचार र कृया खर्चको रकम घटाउन दबाब दिनुको पछाडि व्यवसायीले सडकमा अराजक रुपमा सवारी चलाउन पाउनुपर्ने र दुर्घटना गराइरहन पाउनुपर्ने आसय देखिएको सरकारी कर्मचारी बताउँछन् ।

यातायात व्यवस्था विभागका प्रवक्ता बसन्त अधिकारीले सरकारले ल्याएको कानुन मान्दिनँ भन्न नमिल्ने बताए । 'संसदबाट पास भएको कानुन आन्दोलन गरेको भरमा मान्दिनँ भन्नु गलत हो,' उनले भने, 'नियम मिच्दैनौं र दुर्घटना पनि गराउँदैनौं भन्दै यातायात अनुशासन कायम गर्न व्यवसायीले सहयोग गर्नुपर्नेमा विरोध गर्नुका पछाडि नियम मिचेर चलाउँछौं भन्ने आसय देखिन्छ ।' उनले सरकारले ल्याएको कानुन कार्यान्वयन गराउन विभाग तयार रहेको बताए ।

व्यवसायीले गत वर्ष बढाइएको रकमलाई घटाएर पुनः विगतकै व्यवस्था कार्यान्वयन गर्न सरकारलाई दबाब दिँदै आएका हुन् । मन्त्री तथा सरकारी कर्मचारीलाई भेटेर आफू अनुकूल कानुन बनाउन दबाब दिएका व्यवसायीले उक्त रकम नघटाए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । अघिल्लो साता देशव्यापी चक्काजामका क्रममा व्यवसायीले उक्त रकम घटाउन माग गरेका थिए । उपचार र कृया खर्चको क्षतिपूर्ति रकम नघटाए व्यवसायीले पुनः आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

क्षतिपूर्ति रकम घटाउन र नियमविपरीत सवारी चलाउन पाउनुपर्ने माग राख्दै आन्दोलनमा जाने तयारी गरिरहेका व्यवसायीको नेतृत्व नेपाल यातायात राष्ट्रिय महासंघले गरिरहेको छ । महासंघलाई नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ, अखिल नेपाल क्रान्तिकारी मजदुर संघ, ढुवानी व्यवसायी महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ र पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पनि साथ दिएका छन् ।

महासंघका महासचिव सरोकारवालासँग छलफलै नगरी ल्याइएको नियम कुनै पनि हालतमा नमान्ने बताउँछन् । 'ढोकाबाट ल्याउनुपर्ने नियम झ्यालबाट ल्याइएका कारण हामीले विरोध गरेका हौं,' उनले भने, 'एकपक्षीय ढंगले ल्याइएको उक्त कानुनविरुद्ध हामी पुनः विरोधका कार्यक्रम ल्याउनेछौं ।'

सिन्डिकेटका बलमा सडकमा अराजकता मच्चाइरहेका यातायात व्यवसायीले नियमविपरीत सवारी चलाउन पाउनुपर्छ भन्दै एक साताअघि पहिलो चरणको आन्दोलन गरेका थिए । व्यवसायीले सडकमा नियम मिचेर सवारी चलाउँदा ट्राफिक प्रहरीले लिने जरिवाना रकम बढाएको विरोधमा नाजायाज माग राखेर आन्दोलन गरेका हुन् ।

सरकारले जेठ १ बाट लागू हुने गरी सवारी नियम मिच्ने चालकलाई न्यूनतम ५ सय, त्यसपछि हजार र १५ सय रुपैयाँसम्म जरिवाना गर्ने कानुन कार्यान्वयनमा ल्याएको छ । सडकमा चालकको अराजकता बढ्दै गएसँगै दुर्घटना दर पनि बढेपछि सरकारले चालकलाई नियममा राख्न र सडक अनुशासन कायम गर्न ऐन संशोधन गर्दै जरिवानाको मात्रालाई २० गुणासम्म बढाएको हो । विगतमा नियम मिच्ने चालकलाई न्यूनतम २५ रुपैयाँ कारबाही हुने जरिवानाको दरलाई बढाएर न्यूनतम ५ सय रुपैयाँ हुने कानुन ल्याइएको हो ।

बढेको जरिवाना रकम कार्यान्वयनमा आएपछि सडकमा नियम मान्ने चालक संख्यासमेत बढेको छ । ट्राफिक प्रहरीले बढेको जरिवाना रकमकै चिट काट्न थालेपछि नियम मिच्ने प्रवृत्तिमा उल्लेख्य कमी आएको ट्राफिक प्रहरी बताउँछन् । उपत्यकाका सडकमा नियम उल्लंघन गर्ने चालक संख्यामा तीन गुणाले कमी आएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

देशभर कुल २१ लाख ४३ हजार एक सय ८६ सवारी साधन दर्ता छन् । तीमध्ये यात्रुवाहक सवारी साधन र ट्रक, ट्यांकर तथा टिपर दुई लाख हाराहारी छन् । तर, सडकमा मनपरी ढंगले सवारी हाँक्नेको दर भने अन्य सवारी साधनका तुलनामा सार्वजनिक सवारी साधन नै बढी देखिन्छन् । चालकको यस्तै मनपरी चलाइका कारण नेपालमा एक वर्ष अवधिमा झन्डै १५ हजार सडक दुर्घटना हुने र दुर्घटनामा २ हजारभन्दा बढीको ज्यान गरेको छ ।

प्रतिक्रिया

रोल्पाका अधिकांश छात्र छात्रा सि ग्रेडमा

रोल्पा-प्रवेशिका परीक्षा एसएलसीमा जिल्लाका अधिकाश छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ। जिशिकाका अनुसार नियमित तर्फ एक हजार ३६ छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएका छन।

राष्ट्रिय परीक्षा बोर्ड छिट्टै गठन गरिने

काठमाडौँ-शिक्षा सचिव विश्वप्रकाश पण्डितले शिक्षा ऐन– २०७३ प्रमाणीकरण भएपछि राष्ट्रिय परीक्षा बोर्ड गठन गरिने बताएका छन्। उमावि सङ्घ (हिसान)ले आज आयोजना गरेको शिक्षा ऐनसम्बन्धी अन्तर्क्रियामा सचिव पण्डितले ऐन कार्यान्वयन गराउने...

नाम छुटेको भन्दै भूकम्प पीडितले गाविसमा ताला लगाए

गोरखा- ताप्ले गाविसका स्थानीयले भूकम्प पीडितले घर बनाउन पाउने अनुदानमा आफ्नो नाम छुटेको भ्रन्दै गाविस कार्यालयमा शुक्रवार तालाबन्दी गरेका छन्। रातो कार्ड पाएका, विद्युतीय तथ्याङ्ककबाट गरिएको सर्वेक्षणमा नाम छुटेको भन्दै...

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

काठमाडौं-मासिक एक सय शुल्क लिएर अंग्रेजी माध्यममा नर्सरीदेखि स्नात्तोकोतरसम्म अध्ययन गराउँदै आएको समता शिक्षा निकेतन विद्यालयले यो वर्षको एसएलसीमा पनि उत्कृष्ट नतिजा ल्याएको छ।

विराटनगरका ३ डाक्टर पक्राउ

विराटनगर-नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका तीनजना चर्चित डाक्टरलाई शुक्रवार पक्राउ गरेको छ। वरिष्ठ फिजिशियन जावेद अख्तर अन्सारी, बालरोग विशेषज्ञ डा. सञ्जय दास र अर्थोपेडिक सर्जन डा. अबुल कलामलाई प्रहरीले...

सीआईबीद्वारा वीरगन्जका ९ चिकित्सक गिरफ्तार, सबैलाई काठमाडौं लगियो

वीरगन्ज– नेपाल प्रहरीको केन्द्रीय अन्सुन्धान ब्युरो(सीआईबी)को टोलीले वीरगन्जका ९ जना चिकित्सकलाई नियन्त्रणमा शुक्रबार बिहान गिरफ्तार गरेको छ।

नक्कली प्रमाणपत्र अभियोगमा चर्चित डा.जावेद पक्राउ

विराटनगर— नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका चर्चित फिजिशियन डाक्टर जावेद अख्तर अन्सारीलाई शुक्रवार पक्राउ गरेको छ। विराटनगरस्थित लाइफ गार्ड अस्पतालबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले उनलाई पक्राउ...

अवैध सुन तथा ९० थान हाते घडीसहित पक्राउ

काठमाडौं– सिन्धुपालचोक चौतारा– ३ बस्ने ३४ वर्षीय ताराबहादुर श्रेष्ठलाई प्रहरीले बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्किङ एरियाबाट ५० ग्राम सुन जस्तो देखीने पहेंलो धातुसहित पक्राउ गरेको छ।