Sunday 4 Bhadra, 2074 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

कमिसनमा चल्छन् शिक्षाकै कर्मचारी

  • आइतबार २३ जेष्ठ, २०७३
  • उपेन्द्र यादव
  • Be the first to comment!
(0 votes)
बारा–शिक्षा कार्यालय, बाराले भौतिक पूर्वाधार निर्माणका लागि विद्यालय छनोट र रकम निकासा दिँदा कमिसन लिने गरेको खुल्न आएको छ ।
nepali-patro-june
विद्यालय छनोट गर्दा, छनोटमा परेका विद्यालयसँग सम्झौता गर्दा, रकम निकासा गर्दा र भौतिक पूर्वाधार निर्माणमा खर्चिएको रकमको प्राविधिक मूल्यांकन गराउँदा शिक्षा कार्यालयका कर्मचारीलाई कमिसन दिनुपर्ने बाध्यता रहेको खुलासा शिक्षकहरूले गरेका हुन् । शिक्षकका अनुसार कमिसन नदिए विद्यालय पूर्वाधार निर्माणका लागि रकम पाइँदैन ।

भौतिक पूर्वाधार निर्माणका लागि रकम पाउने विद्यालयका पदाधिकारीले जिल्ला शिक्षा अधिकारी, शिक्षा समितिका सदस्य र शिक्षा कार्यालयका प्राविधिकलाई कमिसन दिनुपरेको शिक्षकहरू बताउँछन् । उनीहरूका अनुसार कमिसन दिनुपर्दा निर्माणका लागि रकम अपुग हुन्छ । जसोतसो निर्माण गरिने विद्यालय संरचना पनि सरकारी मापडण्डअनुसार नहुने शिक्षक बताउँछन् ।

चालु आर्थिक वर्षमा पनि विद्यालय भौतिक पूर्वाधार निर्माणका लागि छनोटमा परेका धेरै विद्यालयसँग प्राविधिक र बिचौलियाले कमिसन उठाएको शिक्षक युनियन, बाराका अध्यक्ष भरत साह बताउँछन् । उनका अनुसार सुरुमा छनोटमा पर्नका लागि दिएको कमिसनले मात्र पुग्दैन, हरेक पटक रकम निकासा गर्दा पनि दिनुपर्छ । यस कार्यामा बिचौलिया पनि सक्रिय छन् । बिचौलियाँसँग मिलेर विद्यालयहरूसँग कमिसन उठाउने केही प्राविधिकको अहिले सरुवा भएकाले हल्का नियन्त्रण भएको साहको भनाइ छ ।

बारामा चालु आर्थिक वर्षका लागि आठ कोठे विद्यालय भवन निर्माण गर्न ६० लाख , ६ कोठे भवन निर्माण गर्न ४८ लाख, चार कोठे भवन निर्माण गर्न ३२ लाख, तीन कोठे भवन बनाउन १९ लाख ५० हजार र दुई कोठे भवन बनाउन १३ लाख ५० हजार रुपैयाँ केन्द्रबाट प्राप्त भएको शिक्षा कार्यालय, बाराले जनाएको छ ।

जिल्लामा ६ वटा आठ कोठे, ६ वटा ६ कोठे, १० वटा चार कोठे, २३ वटा तीन कोठे र २३ वटा दुई कोठे विद्यालय भवन निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको शिक्षा अधिकारी धनप्रसाद पोखरेलले बताए । पूर्वाधार निर्माणका लागि छनोटमा परेका विद्यालयले कमिसनबापत शिक्षा कार्यायलका कर्मचारी, प्राविधिक र बिचौलियालाई तीनदेखि चार लाख रुपैयाँसम्म बुझाउनुपर्नेे एक शिक्षकले बताए ।

भौतिक पूर्वाधारका लागि रकम दिने विद्यालय छनोट गर्दा इन्जिनियर नवीन सिंह, ओभरसियरहरू तेजनाराण यादव, सत्यनाराण चौधरी, बिचौलिया दिनेश पाललगायतको नाम कमिसन माग्नेमा मुछिएको शिक्षा कार्यालयकै एक अधिकृतले बताए । कमिसन उठाउने कार्यमा मुछिएपछि शिक्षा विभागले इन्जिनियर सिंह र ओभरसियर यादवलाई केही दिन विभागमा तानेर सरुवा गरेको थियो ।

विद्यालय भौतिक पूर्वाधार निर्माणमा कमिसन मागेको जानकारीमा आएपछि सिह, यादव, र चौधरीलाई सरुवा गरिएको जानकारी शिक्षा अधिकारी पोखरेलले दिए । उनले यस विषयमा आफ्नो कुनै संलग्नता नभएको बताए । सरुवा भनिएका यादवले अहिले पनि विद्यालयमा पुगेर कमिसन रकम उठाउने गरेको शिक्षकहरूले बताएका छन् । एक महिना पहिला नै सरुवा भएका यादवलाई शिक्षा अधिकारी पोखरेलले रमाना नदिएर विद्यालयहरुबाट रकम असुली गराउने कार्यमा लगाएको एक शिक्षकले बताए ।

'ओभरसियर यादवले शिक्षा कार्यालयका कागजपत्र नबुझाएका कारणले उनलाई रमाना नदिएको हो,' अधिकारी पोखरेलले भने, 'अहिले पनि विद्यालयहरूबाट कमिसन उठाउने गरेको सुनिन आएकाले यादवसँग कुनै सम्पर्क र कारोबार नगर्न विद्यालयका पदाधिकारीहरूलाई भनेको छु ।'

कमिसनको विषयमा ओभरसियर यादव र बिचौलिया पालबीच वीरगन्जस्थित न्यू चन्द्रिका फर्निचरको पसलमा केही दिनअघि झगडा भएपछि शिक्षा अधिकरी पोखरेलले आफैं गएर मिलाएका थिए । पोखरेलल झगडाका विषयमा बुझ्नमात्र आफू त्यहाँ गएको बताए ।

यसरी निर्माण गरिएका भवन मापदण्डविपरीत पाइएको छ । शिक्षा अधिकरी पोखरेलले अनुगमन गर्दा धेरै विद्यालयले पुरानै इटा प्रयोग गरेको र मापडण्ड पनि पूरा नगरेको पाइएको बताए । मापडण्ड पूरा नगरेका विद्यालयलाई कारबाही गरिने उनको भनाइ छ ।

चालु आर्थिक वर्षमा विद्यालयहरूलाई भौतिक पूर्वाधार निर्माणका लागि १६ करोड रुपैयाँ वितरण गरिएको शिक्षा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

रोल्पाका अधिकांश छात्र छात्रा सि ग्रेडमा

रोल्पा-प्रवेशिका परीक्षा एसएलसीमा जिल्लाका अधिकाश छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ। जिशिकाका अनुसार नियमित तर्फ एक हजार ३६ छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएका छन।

राष्ट्रिय परीक्षा बोर्ड छिट्टै गठन गरिने

काठमाडौँ-शिक्षा सचिव विश्वप्रकाश पण्डितले शिक्षा ऐन– २०७३ प्रमाणीकरण भएपछि राष्ट्रिय परीक्षा बोर्ड गठन गरिने बताएका छन्। उमावि सङ्घ (हिसान)ले आज आयोजना गरेको शिक्षा ऐनसम्बन्धी अन्तर्क्रियामा सचिव पण्डितले ऐन कार्यान्वयन गराउने...

नाम छुटेको भन्दै भूकम्प पीडितले गाविसमा ताला लगाए

गोरखा- ताप्ले गाविसका स्थानीयले भूकम्प पीडितले घर बनाउन पाउने अनुदानमा आफ्नो नाम छुटेको भ्रन्दै गाविस कार्यालयमा शुक्रवार तालाबन्दी गरेका छन्। रातो कार्ड पाएका, विद्युतीय तथ्याङ्ककबाट गरिएको सर्वेक्षणमा नाम छुटेको भन्दै...

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

काठमाडौं-मासिक एक सय शुल्क लिएर अंग्रेजी माध्यममा नर्सरीदेखि स्नात्तोकोतरसम्म अध्ययन गराउँदै आएको समता शिक्षा निकेतन विद्यालयले यो वर्षको एसएलसीमा पनि उत्कृष्ट नतिजा ल्याएको छ।

विराटनगरका ३ डाक्टर पक्राउ

विराटनगर-नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका तीनजना चर्चित डाक्टरलाई शुक्रवार पक्राउ गरेको छ। वरिष्ठ फिजिशियन जावेद अख्तर अन्सारी, बालरोग विशेषज्ञ डा. सञ्जय दास र अर्थोपेडिक सर्जन डा. अबुल कलामलाई प्रहरीले...

सीआईबीद्वारा वीरगन्जका ९ चिकित्सक गिरफ्तार, सबैलाई काठमाडौं लगियो

वीरगन्ज– नेपाल प्रहरीको केन्द्रीय अन्सुन्धान ब्युरो(सीआईबी)को टोलीले वीरगन्जका ९ जना चिकित्सकलाई नियन्त्रणमा शुक्रबार बिहान गिरफ्तार गरेको छ।

नक्कली प्रमाणपत्र अभियोगमा चर्चित डा.जावेद पक्राउ

विराटनगर— नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका चर्चित फिजिशियन डाक्टर जावेद अख्तर अन्सारीलाई शुक्रवार पक्राउ गरेको छ। विराटनगरस्थित लाइफ गार्ड अस्पतालबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले उनलाई पक्राउ...

अवैध सुन तथा ९० थान हाते घडीसहित पक्राउ

काठमाडौं– सिन्धुपालचोक चौतारा– ३ बस्ने ३४ वर्षीय ताराबहादुर श्रेष्ठलाई प्रहरीले बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्किङ एरियाबाट ५० ग्राम सुन जस्तो देखीने पहेंलो धातुसहित पक्राउ गरेको छ।