Thursday 7 Mangshir, 2074 |
Menu

republica-headerdiscount-subscribe1

istl

पाँच हजारको लोभमा पर्दा...

(0 votes)
पाँच हजारको लोभमा पर्दा...
नेपालगन्ज-पाँच हजार रुपैयाँको प्रलोभनमा पर्दा रुकुमका एक युवक कानुनी सजायँको भागिदार बनेका छन्। अर्काको भरिया बनेर अफिम ओसार्दै गरेको अवस्थामा रुकुम, स्यालापाखा–२ भुरंगा निवासी २४ बर्षिय दिलबहादुर रावत भारतको रुपैडिहामा पक्राउ परेका हुन्।
nepali-patro-june
तीन किलो अफिम बोकेर नेपालगन्जबाट भारततर्फ जादै गरेको अवस्थामा भारतीय सीमा सुरक्षा बल एसएसबीले सोमबार राती साढे १० बजे उनलाई पक्राउ गरेको थियो।

एसएसबी सातौं बाहिनीका सहायक सेना नायक रबि शंकर कुमारका अनुसार विशेष सुराकीका आधारमा नेपाली युवकलाई पक्राउ गरिएको हो। 'अफिम बोकेर युवक भारततर्फ आउँदै गरेको भन्ने सूचना आएपछि सादा पोशाकमा हामीहरु तैनाथ भयौं, निलो ज्याकेट लगाएका युवक सीमा प्रवेश गरिसकेपछि हामीलाई शंका लागेर खानतलासी गर्दा अफिम भेटियो,' एसएसबी स्रोतले भन्यो।

युवकले तीन किलो अफिम पिठ्यु, छाती र थाईमा बाँधेर राखेको अवस्थामा फेला परेको एसएसबीले जनाएको छ। बरामद गरिएको अफिमको अन्तराष्ट्रिय बजार मुल्य ६० लाख रुपैयाँ रहेको एसएसबीको दाबी छ। पक्राउ परेका दिलबहादुरलाई आवश्यक अनुसन्धानका लागि भारतीय 'नारकोटिक्स कन्ट्रोल व्यूरो' ले लखनउ लगेको सहायक सेना नायक रबि शंकरले जानकारी दिएका छन्।

युवकले प्रारम्भिक बयानका क्रममा नेपालगन्ज निवासी गोपाल पुनमगरले अफिम दिएको बताएका छन्। 'गोपाल पुन मगरले मलाई एक होटलमा लगे, त्यहाँ मेरो शरिरमा उनैले अफिम बाँधिदिए,' युवकलाई उद्धृत गर्दै एसएसबी स्रोतले भन्यो 'यो अफिम भारतको सिमला पुर्याउइदिए वापत ५ हजार रुपैयाँ मलाई उसले दिने पक्का पक्की भएको थियो।' पक्राउ परेका युवकलाई भारतीय कानुन अनुसार सजाय हुने भएपनि के, कस्तो सजाय हुन्छ भन्ने विषयमा एसएसबीले खुलाएको छैन।

नेपालगन्ज–रुपैडिहा खण्डमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले झण्डै पाँच स्थानमा सुरक्षा चेकजाँच गर्छन्। ठूलो परिमाणको अफिम बोकेका युवक प्रहरी र सशस्त्र प्रहरीको पोष्टबाट भने सहजै उम्किन सफल भए। उक्त घटनाले प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा चेकजाँचप्रति सर्वसाधारणमा आशंका जगाएको छ ।

इलाका प्रहरी कार्यालयका इन्चार्ज एवम् प्रहरी निरीक्षक प्रमोद क्षेत्रीले अफिम बोकेर ती युवक कसरी सीमा प्रवेश गर्न सफल भए, भन्नेबारे आश्चर्यमा परेको बताए। उनले नागरिकसँग भने, 'युवकले मुख्य सडक भन्दा बाहिर पट्टीबाट सीमा प्रवेश गरेको जस्तो देखिन्छ।'

प्रतिक्रिया

रोल्पाका अधिकांश छात्र छात्रा सि ग्रेडमा

रोल्पा-प्रवेशिका परीक्षा एसएलसीमा जिल्लाका अधिकाश छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ। जिशिकाका अनुसार नियमित तर्फ एक हजार ३६ छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएका छन।

राष्ट्रिय परीक्षा बोर्ड छिट्टै गठन गरिने

काठमाडौँ-शिक्षा सचिव विश्वप्रकाश पण्डितले शिक्षा ऐन– २०७३ प्रमाणीकरण भएपछि राष्ट्रिय परीक्षा बोर्ड गठन गरिने बताएका छन्। उमावि सङ्घ (हिसान)ले आज आयोजना गरेको शिक्षा ऐनसम्बन्धी अन्तर्क्रियामा सचिव पण्डितले ऐन कार्यान्वयन गराउने...

नाम छुटेको भन्दै भूकम्प पीडितले गाविसमा ताला लगाए

गोरखा- ताप्ले गाविसका स्थानीयले भूकम्प पीडितले घर बनाउन पाउने अनुदानमा आफ्नो नाम छुटेको भ्रन्दै गाविस कार्यालयमा शुक्रवार तालाबन्दी गरेका छन्। रातो कार्ड पाएका, विद्युतीय तथ्याङ्ककबाट गरिएको सर्वेक्षणमा नाम छुटेको भन्दै...

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

काठमाडौं-मासिक एक सय शुल्क लिएर अंग्रेजी माध्यममा नर्सरीदेखि स्नात्तोकोतरसम्म अध्ययन गराउँदै आएको समता शिक्षा निकेतन विद्यालयले यो वर्षको एसएलसीमा पनि उत्कृष्ट नतिजा ल्याएको छ।

विराटनगरका ३ डाक्टर पक्राउ

विराटनगर-नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका तीनजना चर्चित डाक्टरलाई शुक्रवार पक्राउ गरेको छ। वरिष्ठ फिजिशियन जावेद अख्तर अन्सारी, बालरोग विशेषज्ञ डा. सञ्जय दास र अर्थोपेडिक सर्जन डा. अबुल कलामलाई प्रहरीले...

सीआईबीद्वारा वीरगन्जका ९ चिकित्सक गिरफ्तार, सबैलाई काठमाडौं लगियो

वीरगन्ज– नेपाल प्रहरीको केन्द्रीय अन्सुन्धान ब्युरो(सीआईबी)को टोलीले वीरगन्जका ९ जना चिकित्सकलाई नियन्त्रणमा शुक्रबार बिहान गिरफ्तार गरेको छ।

नक्कली प्रमाणपत्र अभियोगमा चर्चित डा.जावेद पक्राउ

विराटनगर— नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका चर्चित फिजिशियन डाक्टर जावेद अख्तर अन्सारीलाई शुक्रवार पक्राउ गरेको छ। विराटनगरस्थित लाइफ गार्ड अस्पतालबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले उनलाई पक्राउ...

अवैध सुन तथा ९० थान हाते घडीसहित पक्राउ

काठमाडौं– सिन्धुपालचोक चौतारा– ३ बस्ने ३४ वर्षीय ताराबहादुर श्रेष्ठलाई प्रहरीले बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्किङ एरियाबाट ५० ग्राम सुन जस्तो देखीने पहेंलो धातुसहित पक्राउ गरेको छ।