Thursday 7 Mangshir, 2074 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

एसएलसी नतिजा भोलि अाउँदै, ग्रेस कसैले नपाउने कोही फेल नहुने

(1 Vote)
काठमाडौं— एसएलसी परीक्षाको परीक्षाफल भोलि बिहीबार सार्वजनिक हुने भएको छ। एसएलसी सुरुवातको ८२ वर्षपछि पहिलो पटक परीक्षा नियन्त्रक कार्यालय सानोठिमीले ग्रेस माक्र्स दिने ब्यवस्था हटाउँदैछ।
nepali-patro-june
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले भोलि बिहीबार सार्वजनिक गर्ने एसएलसी नतिजा अक्षरांकन पद्धतिमा प्रकासित हुने भएपछि विद्यार्थीहरु उत्तीर्ण वा अनुत्तीर्ण नहुने भएकोले ग्रेस माक्र्सको व्यवस्था हटाइएको परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले नागरिकन्युजलाई बताए।

गत वर्षसम्म नतिजा प्रकाशनको समयमा एसएलसी परीक्षा समिति बोर्ड बैठकले निर्णय गरी बढीमा दुई विषयमा ५ नम्बर ग्रेस माक्र्स थपेर विद्यार्थीलाई पास गराउँदै आएको थियो। परीक्षा नियन्त्रक काप्रीका अनुसार बिहीबार प्रकाशित हुने एसएलसी नतिजा ७ तहको अक्षरांकन प्रणालीबाट हुनेछ। त्यसका लागि टर्निङ पोइन्ट २० देखि ९० प्रतिशतसम्म भएकोले ग्रेस नम्बर दिन नमिलेको हो। गत वार्षसम्म एसएलसीको उत्तीर्ण प्वाइन्ट ३२ मात्र थियो । विगतमा टर्निङ प्वाइन्ट ३२ हँदा ५ नम्बर ग्रेस दिँदा २७ नम्बर ल्याउनेले लाभ लिन्थे।

'विहिबार प्रकासित हुने एसएलसी नतिजा अक्षराङ्कन प्रणालीबाट हुँदा यसमा उत्तीर्ण अनुत्तीर्ण भन्ने हुँदैन,' परीक्षा नियन्त्रक काप्रिले नागरिकन्युजसँग भने 'त्यसैले ग्रेस नम्बर थप्ने ब्यवस्था हटाइएको हो।'

बढीमा दुई विषयमा डि र ई प्राप्त गर्ने परीक्षार्थीले सोही वर्ष ग्रेड वृद्धिको लागि 'ग्रेड वृद्धि' परीक्षा दिन सक्नेछन्। एसएलसी परीक्षाको सुरुवातको ८२ वर्षपछि पहिलो पटक यस वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको मापदण्डका आधारमा नतिजा ग्रेडिङ प्रणालीबाट गर्दैछ।

विद्यार्थीले एसएलसीको नतिजापछि प्राप्त गरेको एसएलसी ग्रेड सिटमा बढीमा दुई विषयमा डि र ई अक्षरांकन छ भने उसले एक पटकलाई मौकाको रुपमा ग्रेड बृद्धि गर्न ग्रेडबृद्धि परीक्षा दिन सक्ने ब्यवस्था पनिकाले गरेको हो।

'परीक्षार्थीले ग्रेडसिटाम बढीमा दुई विषयमा डी र ई वा डी र डी,वा ई र ई प्राप्त गरेको छ भने उसले एक पटकलाई आफनो ग्रेड वृद्धि गर्न सोही वर्ष ग्रेडवृद्धि परीक्षामा सामेल हुनसक्ने नयाँ ब्यवस्था गरिएको छ,' परीक्षा नियन्त्रक काप्रीले भने। पहिले फेल विद्यार्थीलाई एक वर्ष खेर जान नदिन पास गराउने पुरक परीक्षा हुन्थ्यो। अब फेल र पासको प्रवधान हटाइएको अवस्थामा यो नयाँ व्यवस्था गरिएको हो।

यसैगरी दुई भन्दा बढी विषयमा डि र ई प्राप्त गर्ने परीक्षार्थीहरुकोलागि अर्को वर्षको मूल परीक्षामा सामेल हुने व्यवस्था समेत पनिकाले गरेको छ। विद्यार्थीले आफू अनुकुल हुनेगरी कुन परीक्षा रोज्नेमा भर पर्ने समेत उनले प्रष्ट्याए।

एसएलसी नतिजा पत्रिकामा नआउने
यो वर्षदेखि एसएलसी परीक्षाको परीक्षाफल पत्रिकामा प्रकाशन गरिने छैन। ६ लाख सहभागी सबै पास हुने हुँदा सबैको सिम्बोल नम्बर पत्रिकामा छाप्न गाह्रो हुने भकाले वेबसाइट तथा एसएमएसमार्फत् पनिाकाले रिजल्ट प्रकाशन गर्न लागेको हो।

यो वर्षको एसएसली परीक्षामा कूल ६ लाख १५ हजार ५ सय ५३ जना सहभागी छन्।

प्रतिक्रिया

रोल्पाका अधिकांश छात्र छात्रा सि ग्रेडमा

रोल्पा-प्रवेशिका परीक्षा एसएलसीमा जिल्लाका अधिकाश छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ। जिशिकाका अनुसार नियमित तर्फ एक हजार ३६ छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएका छन।

राष्ट्रिय परीक्षा बोर्ड छिट्टै गठन गरिने

काठमाडौँ-शिक्षा सचिव विश्वप्रकाश पण्डितले शिक्षा ऐन– २०७३ प्रमाणीकरण भएपछि राष्ट्रिय परीक्षा बोर्ड गठन गरिने बताएका छन्। उमावि सङ्घ (हिसान)ले आज आयोजना गरेको शिक्षा ऐनसम्बन्धी अन्तर्क्रियामा सचिव पण्डितले ऐन कार्यान्वयन गराउने...

नाम छुटेको भन्दै भूकम्प पीडितले गाविसमा ताला लगाए

गोरखा- ताप्ले गाविसका स्थानीयले भूकम्प पीडितले घर बनाउन पाउने अनुदानमा आफ्नो नाम छुटेको भ्रन्दै गाविस कार्यालयमा शुक्रवार तालाबन्दी गरेका छन्। रातो कार्ड पाएका, विद्युतीय तथ्याङ्ककबाट गरिएको सर्वेक्षणमा नाम छुटेको भन्दै...

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

काठमाडौं-मासिक एक सय शुल्क लिएर अंग्रेजी माध्यममा नर्सरीदेखि स्नात्तोकोतरसम्म अध्ययन गराउँदै आएको समता शिक्षा निकेतन विद्यालयले यो वर्षको एसएलसीमा पनि उत्कृष्ट नतिजा ल्याएको छ।

विराटनगरका ३ डाक्टर पक्राउ

विराटनगर-नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका तीनजना चर्चित डाक्टरलाई शुक्रवार पक्राउ गरेको छ। वरिष्ठ फिजिशियन जावेद अख्तर अन्सारी, बालरोग विशेषज्ञ डा. सञ्जय दास र अर्थोपेडिक सर्जन डा. अबुल कलामलाई प्रहरीले...

सीआईबीद्वारा वीरगन्जका ९ चिकित्सक गिरफ्तार, सबैलाई काठमाडौं लगियो

वीरगन्ज– नेपाल प्रहरीको केन्द्रीय अन्सुन्धान ब्युरो(सीआईबी)को टोलीले वीरगन्जका ९ जना चिकित्सकलाई नियन्त्रणमा शुक्रबार बिहान गिरफ्तार गरेको छ।

नक्कली प्रमाणपत्र अभियोगमा चर्चित डा.जावेद पक्राउ

विराटनगर— नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका चर्चित फिजिशियन डाक्टर जावेद अख्तर अन्सारीलाई शुक्रवार पक्राउ गरेको छ। विराटनगरस्थित लाइफ गार्ड अस्पतालबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले उनलाई पक्राउ...

अवैध सुन तथा ९० थान हाते घडीसहित पक्राउ

काठमाडौं– सिन्धुपालचोक चौतारा– ३ बस्ने ३४ वर्षीय ताराबहादुर श्रेष्ठलाई प्रहरीले बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्किङ एरियाबाट ५० ग्राम सुन जस्तो देखीने पहेंलो धातुसहित पक्राउ गरेको छ।