×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

Error loading component: com_content, Component not found

Error loading component: com_content, Component not found

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Tuesday 10 Ashwin, 2074 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

सीआईबीद्वारा वीरगन्जका ९ चिकित्सक गिरफ्तार, सबैलाई काठमाडौं लगियो

(0 votes)
वीरगन्ज– नेपाल प्रहरीको केन्द्रीय अन्सुन्धान ब्युरो(सीआईबी)को टोलीले वीरगन्जका ९ जना चिकित्सकलाई नियन्त्रणमा शुक्रबार बिहान गिरफ्तार गरेको छ।
nepali-patro-june

बिहान ९ देखि १० बजेको बीचमा उनीहरुलाई बेग्लाबेग्लै स्थानबाट नियन्त्रणमा लिएको मेडिकल एशोसिएशन नारायणीका उपाध्यक्ष डा. प्रमोदकुमार सर्राफले बताए।

गिरफ्तारीमा पर्नेहरुमा चिकित्सकहरु कुशराज गिरि, सरोज सिंह, पन्नालाल पटेल, अरुणकुमार गुप्ता, दिनेश साह, रहुल्लाह, इरसाद र निमेषरमण पाल रहेका छन् भने एक जनाको नाम खुल्न सकेको छैन।

पूर्व जानकारी तथा विना कुनै पक्राउ पुर्जी चिकित्सकहरुलाई पक्राउ गरिएको र पक्राउको कारणबाट हालसम्म केही नखुलाईएको भन्दै डा. सरोज सिंहकी श्रीमति मोनिका सिंहले गिरफ्तारीप्रति आपत्ती जनाइन् ।

यस घटनाविरुद्ध नारायणी उपक्षेत्रीय अस्पताल, नेशनल मेडिकलकलेजलगायत वीरगन्ज क्षेत्रमा सञ्चालित सबै अस्पतालहरुले ओपीडी सेवा बन्द गरेका छन्।

मेडिकल एशोसिएशन नारायणीका निर्वतमान अध्यक्ष रवीन्द्र सिंहले दिउँसोको ३ बजेसम्म पनि उक्त गिरफ्तारीको कारण नबताइए आफूहरुले यस क्षेत्रका सम्पूर्ण अस्पतालको आकस्मिक सेवासमेत बन्द गर्ने चेतावनी दिएका छन्।

यता, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले केन्द्रबाटै आएको सीआईबी टोलीले उक्त गिरफ्तारी गरेकोले आफूहरुलाई पनि यस विषयमा जानकारी नभएको र सीआईबीसँग समन्वय गरेर कारण बुझ्ने काम भइरहेको जानकारी दिए। उनले दिउँसो ३ बजेसम्म गिरफ्तारीको कारण बाहिर आउन सक्ने बताए।

पक्राउ परेका ९ जना चिकित्सकहरुलाई सिआइवीको टोलीले काठमाडौं लगेको छ। पक्राउ परेका १ जनाको नाम भने खुल्न सकेको छैन। डिएसपी फिरोज बस्नेतको नेतृत्वमा आएको टोलीले उनीहरुलाई काठमाडौं लगेको हो। उनीहरुलाई पक्राउ गरिएको शैली प्रति चिकित्सक संघले विरोध जनाएको छ। चिकित्स संघको अहिले वैठक वसिरहेको छ। उनीहरुले चिकित्सासँग सम्वन्धि सबै सेवा बन्न गर्ने चेतावनी दिएका छन्।

'हामी आकस्मिक बैठक बस्दै छौं बैठकबाट निर्णय हुनासाथ सवै सेवा ठप्प हुने छ', चिकित्सक सँघका निवर्तमान अध्यक्ष डा. रविन्द्र सिंहले भने, 'हाम्रो छानविन प्रति आपत्ति होइन तर पक्राउको शैली प्रति आपत्ति छ।' डाक्टरहरुले जिल्ला प्रहरी कार्यालय परिसरमा चर्को नारावाजी समेत गरेका थिए।

प्रतिक्रिया

रोल्पाका अधिकांश छात्र छात्रा सि ग्रेडमा

रोल्पा-प्रवेशिका परीक्षा एसएलसीमा जिल्लाका अधिकाश छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ। जिशिकाका अनुसार नियमित तर्फ एक हजार ३६ छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएका छन।

राष्ट्रिय परीक्षा बोर्ड छिट्टै गठन गरिने

काठमाडौँ-शिक्षा सचिव विश्वप्रकाश पण्डितले शिक्षा ऐन– २०७३ प्रमाणीकरण भएपछि राष्ट्रिय परीक्षा बोर्ड गठन गरिने बताएका छन्। उमावि सङ्घ (हिसान)ले आज आयोजना गरेको शिक्षा ऐनसम्बन्धी अन्तर्क्रियामा सचिव पण्डितले ऐन कार्यान्वयन गराउने...

नाम छुटेको भन्दै भूकम्प पीडितले गाविसमा ताला लगाए

गोरखा- ताप्ले गाविसका स्थानीयले भूकम्प पीडितले घर बनाउन पाउने अनुदानमा आफ्नो नाम छुटेको भ्रन्दै गाविस कार्यालयमा शुक्रवार तालाबन्दी गरेका छन्। रातो कार्ड पाएका, विद्युतीय तथ्याङ्ककबाट गरिएको सर्वेक्षणमा नाम छुटेको भन्दै...

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

काठमाडौं-मासिक एक सय शुल्क लिएर अंग्रेजी माध्यममा नर्सरीदेखि स्नात्तोकोतरसम्म अध्ययन गराउँदै आएको समता शिक्षा निकेतन विद्यालयले यो वर्षको एसएलसीमा पनि उत्कृष्ट नतिजा ल्याएको छ।

विराटनगरका ३ डाक्टर पक्राउ

विराटनगर-नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका तीनजना चर्चित डाक्टरलाई शुक्रवार पक्राउ गरेको छ। वरिष्ठ फिजिशियन जावेद अख्तर अन्सारी, बालरोग विशेषज्ञ डा. सञ्जय दास र अर्थोपेडिक सर्जन डा. अबुल कलामलाई प्रहरीले...

सीआईबीद्वारा वीरगन्जका ९ चिकित्सक गिरफ्तार, सबैलाई काठमाडौं लगियो

वीरगन्ज– नेपाल प्रहरीको केन्द्रीय अन्सुन्धान ब्युरो(सीआईबी)को टोलीले वीरगन्जका ९ जना चिकित्सकलाई नियन्त्रणमा शुक्रबार बिहान गिरफ्तार गरेको छ।

नक्कली प्रमाणपत्र अभियोगमा चर्चित डा.जावेद पक्राउ

विराटनगर— नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका चर्चित फिजिशियन डाक्टर जावेद अख्तर अन्सारीलाई शुक्रवार पक्राउ गरेको छ। विराटनगरस्थित लाइफ गार्ड अस्पतालबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले उनलाई पक्राउ...

अवैध सुन तथा ९० थान हाते घडीसहित पक्राउ

काठमाडौं– सिन्धुपालचोक चौतारा– ३ बस्ने ३४ वर्षीय ताराबहादुर श्रेष्ठलाई प्रहरीले बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्किङ एरियाबाट ५० ग्राम सुन जस्तो देखीने पहेंलो धातुसहित पक्राउ गरेको छ।