Tuesday 29 Shrawn, 2075 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

महानगरीय प्रहरी ऐन ३ वर्षदेखि मन्त्रिपरिषदमा

(0 votes)
काठमाडौं– महानगरीय प्रहरीलाई अद्र्धन्यायिक अधिकार दिन प्रस्ताव गरिएको ऐन तीन वर्षदेखि मन्त्रिपरिषद्मा थन्किएको छ । २०६३ मंसिर १ मा काठमाडौं उपत्यकाका तीन जिल्लामा महानगरीय प्रहरी अवधारणा कार्यान्वयन गरिए पनि हतियार दर्ता, सार्वजनिक अपराध, रेस्टुरेन्ट लगायतका व्यवसाय दर्ता र अनुगमन लगायतका अधिकार महानगरीय प्रहरीमा आएको छैन ।


nepali-patro-june
ग्रामीण तह, सहरउन्मुख क्षेत्र र शहरी क्षेत्रको प्रहरी परिचालन पद्धतिमा आधुनिकीकरण गर्न सरकारले २०६३ कात्तिक ३ गते काठमाडौं, ललितपुर र भक्तपुरमा महानगरीय प्रहरीको अवधारणा लागु गर्ने निर्णय गरेको थियो । प्रहरीलाई अद्र्धन्यायिक अधिकार आवश्यक पर्ने र सोको गृहकार्य गरी प्रस्ताव मन्त्रिपरिषद्मा ल्याउन गृहमन्त्रालयलाई तोकिए पनि हालसम्म सो कार्यान्वयनमा आउन सकेको छैन ।

प्रस्तावित अवधारणालाई कार्यान्वयन गर्न तीन वर्षअगाडि नै गृह मन्त्रालयले महानगरीय प्रहरी सञ्चालनसम्बन्धी ऐन–२०६९ बनाएर प्रक्रिया अगाडि बढाउन मन्त्रिपरिषद्मा पठाए पनि ऐन त्यतै अड्कियो ।

अद्र्धन्यायिक अधिकारबारे अदालतले पटक–पटक प्रश्न उठाएकाले अहिले सीमित न्यायिक अधिकार भन्ने शब्दको प्रयोग उत्तम हुने भन्दै तात्कालीन मुख्यसचिव लीलामणि पौडेलले महानगरीय प्रहरी कार्यालयद्वारा आयोजित अन्तरसंवाद कार्यक्रममा मुलुक संघीय संरचनामा प्रवेश गरेकाले प्रस्तावित ऐन पुनः संशोधन गर्नुपर्ने बताए ।

अधिकारसँगै उत्तरदायित्व भएन भने त्यस्तो अधिकारले तानाशाह बनाउने भन्दै उनले ऐनमा समयानुकूल संशोधन गरी पारित गर्ने प्रक्रिया अगाडि बढाउन सुझाव दिए ।

नेपाल प्रहरीका एआइजी अमरसिंह शाहले बेलायत हुँदै भारत आएको महानगरीय अवधारणा २०६३ मा नेपालमा कार्यान्वनयमा ल्याइए पनि अधिकार नपाउँदा महानगरीय प्रहरीको अवधारणा नाममा मात्रै सीमित भएको टिप्पणी गरे ।

प्रशासनिक, अपराध अनुसन्धान, व्यवसायीको अनुमतिपत्र र अनुगमन सहितको अद्र्धन्यायिक अधिकार सहितको अवधारणा मन्त्रिपरिषद्बाट पारित भए पनि विभिन्न २४ कानुन संशोधन हुन नसक्दा महानगरीय अवधारणा पूर्ण रुपमा कार्यान्वयनमा नआएको उनले बताए ।

सुरक्षा विश्लेषक गेजा शर्मा वाग्लेले महानगरीय अवधारणा लागु गरे पनि उपत्यकाको प्रहरीले परम्परागत पद्धति छाड्न नसकेको टिप्पणी गर्दै कानुनसँगै व्यवहारसमेत सुधार गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागी अर्थविद् विश्वम्भर प्याकुरेल, नेपाल चेम्बर्स अफ कर्मशका अध्यक्ष राजेशकाजी श्रेष्ठ, सञ्चारकर्मी बबिता बस्नेत, सुजित महत, बद्रिकाजी गुरुङ लगायकातले प्रहरीको प्रभावकारिता र विश्वसनीयता बढाउन महानगरीय अवधारणासँगै संस्थागत स्वायत्तता, उत्तरदायित्व बहन गर्नसक्ने नेतृत्व, क्षमता अभिवृद्धि र आचरणमा सुधार गर्न आवश्यक रहेकोमा जोड दिएका थिए ।

प्रतिक्रिया

रोल्पाका अधिकांश छात्र छात्रा सि ग्रेडमा

रोल्पा-प्रवेशिका परीक्षा एसएलसीमा जिल्लाका अधिकाश छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ। जिशिकाका अनुसार नियमित तर्फ एक हजार ३६ छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएका छन।

राष्ट्रिय परीक्षा बोर्ड छिट्टै गठन गरिने

काठमाडौँ-शिक्षा सचिव विश्वप्रकाश पण्डितले शिक्षा ऐन– २०७३ प्रमाणीकरण भएपछि राष्ट्रिय परीक्षा बोर्ड गठन गरिने बताएका छन्। उमावि सङ्घ (हिसान)ले आज आयोजना गरेको शिक्षा ऐनसम्बन्धी अन्तर्क्रियामा सचिव पण्डितले ऐन कार्यान्वयन गराउने...

नाम छुटेको भन्दै भूकम्प पीडितले गाविसमा ताला लगाए

गोरखा- ताप्ले गाविसका स्थानीयले भूकम्प पीडितले घर बनाउन पाउने अनुदानमा आफ्नो नाम छुटेको भ्रन्दै गाविस कार्यालयमा शुक्रवार तालाबन्दी गरेका छन्। रातो कार्ड पाएका, विद्युतीय तथ्याङ्ककबाट गरिएको सर्वेक्षणमा नाम छुटेको भन्दै...

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

काठमाडौं-मासिक एक सय शुल्क लिएर अंग्रेजी माध्यममा नर्सरीदेखि स्नात्तोकोतरसम्म अध्ययन गराउँदै आएको समता शिक्षा निकेतन विद्यालयले यो वर्षको एसएलसीमा पनि उत्कृष्ट नतिजा ल्याएको छ।

विराटनगरका ३ डाक्टर पक्राउ

विराटनगर-नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका तीनजना चर्चित डाक्टरलाई शुक्रवार पक्राउ गरेको छ। वरिष्ठ फिजिशियन जावेद अख्तर अन्सारी, बालरोग विशेषज्ञ डा. सञ्जय दास र अर्थोपेडिक सर्जन डा. अबुल कलामलाई प्रहरीले...

सीआईबीद्वारा वीरगन्जका ९ चिकित्सक गिरफ्तार, सबैलाई काठमाडौं लगियो

वीरगन्ज– नेपाल प्रहरीको केन्द्रीय अन्सुन्धान ब्युरो(सीआईबी)को टोलीले वीरगन्जका ९ जना चिकित्सकलाई नियन्त्रणमा शुक्रबार बिहान गिरफ्तार गरेको छ।

नक्कली प्रमाणपत्र अभियोगमा चर्चित डा.जावेद पक्राउ

विराटनगर— नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका चर्चित फिजिशियन डाक्टर जावेद अख्तर अन्सारीलाई शुक्रवार पक्राउ गरेको छ। विराटनगरस्थित लाइफ गार्ड अस्पतालबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले उनलाई पक्राउ...

अवैध सुन तथा ९० थान हाते घडीसहित पक्राउ

काठमाडौं– सिन्धुपालचोक चौतारा– ३ बस्ने ३४ वर्षीय ताराबहादुर श्रेष्ठलाई प्रहरीले बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्किङ एरियाबाट ५० ग्राम सुन जस्तो देखीने पहेंलो धातुसहित पक्राउ गरेको छ।