Tuesday 25 Mangshir, 2075 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

पाठ्यक्रममै तेल–मालिस परम्परा

(0 votes)
बनेपा-नवजात शिशुलाई तेल–मालिस गर्ने नेवार समुदायको परम्परागत शैली अब पाठ्यक्रममा समेटिने भएको छ। काठमाडौं विश्वविद्यालय (केयु) स्कुल अफ मेडिकल साइन्सेजअन्तर्गतको प्रस्तावित ब्याचलर अफ नर्सिङ (मिडवाइफरी) को पाठ्यक्रममा 'बेबी–मसाज' समावेश गर्न लागिएको हो।


nepali-patro-june
नेवार समुदायमा हजुरआमाबाट आमा हुँदै पछिल्लो पुस्तासम्म आइपुगेको परम्परागत तेल–मालिसको तरिका पहिलोपटक केयुले पाठ्यक्रममै समावेश गर्न लागेको मेडिकल साइन्सेजका सहायक डिन डा. राजेन्द्र कोजूले जानकारी दिए ।

'बेबी मसाजबारे युरोप र नेपालमा थुप्रै प्रामाणिक अनुसन्धान भएका छन् । यसलाई पहिले विषयगत समितिले पारित गर्छ । एकेडेमिक काउन्सिलबाट स्वीकृत भएपछि केयुको आफ्नै मेडिकल स्कुलमा लागू हुन्छ,' उनले भने ।

तेल–मालिसको परम्परागत शैलीलाई केयुअन्तर्गतको धुलिखेल अस्पतालले विभिन्न तालिममा यसअघि नै समावेश गर्दै आएको छ । अस्पतालका नर्स, समुदायमा कार्यरत तालिमप्राप्त सुडेनी, महिला स्वास्थ्य स्वयंसेविका र आमा समूहलाई यस्ता तालिम उपलब्ध गराइँदै आएको हो ।

तेल–मालिसको परम्परागत शैली प्रवद्र्धनमा नेपाली चेली नाज्मा साइब्लर श्रेष्ठ वर्षौंदेखि मेहनत गरिरहेकी छन् । नेवारी परम्परालाई युरोपसम्म पुर्याउन सफल उनी पछिल्ला वर्षमा नेपालमै परिष्कृत तरिकाले प्रचारप्रसार र उपयोगमा ल्याउन सक्रिय छिन् । स्विस नागरिक डा. जियोभानी साइब्लरसँग बिहे गरेकी उनले युरोपका विभिन्न मुलुकमा तेल–मालिको नेपाली विधिबारे तालिम दिइसकेकी छिन् ।

साइब्लर दम्पतीले १९८६ मा स्थापना गरेको भोकेसनल स्कुल फर बेबी मसाजमा तालिम लिनेमा युरोपका मिडवाइफ, पेडिएट्रिक नर्स, फिजियोथेरापिस्टसम्म छन् । 'स्विट्जरल्यान्डका नवजात शिशुमा लामो समयसम्म पेट दुख्ने, खाना नखाने र नपच्ने समस्या देखिएपछि आमाबाबु चिन्तित थिए । मैले नेवारी परम्पराअनुसार तेल मालिसको विधि सिकाएपछि उनीहरूले त्यो समस्या झेल्नुपरेन,' नाज्माले भनिन् ।

सुरुमा नपत्याए पनि यो विधिले काम गरेपछि त्यहाँका डाक्टर, नर्ससमेत आफूसँग सिक्न आएको नाज्मा बताउँछिन् । 'अहिले यो पद्धति युरोपमा अत्यन्तै लोकप्रिय छ, हामीले चलाएको भोकेसनल स्कुलमा तालिम लिनेको संख्या १ सय ७० पुगेको छ ।'

सुत्केरीलाई तेल मालिस गर्दा उनमा पछि बाथजस्ता रोग नलाग्ने र बच्चा पनि स्वस्थ हुने परम्परागत विश्वास नेवार समुदायमा रहेको उनी बताउँछिन् । 'शिशुलाई मेसिनले मालिस गरेर हुँदैन । यसका लागि त्याग र सीप चाहिन्छ । भक्तपुरका सुडेनीले परम्परादेखि गर्दै आएको तेल–मालिस प्रक्रिया विज्ञबाट अनुसन्धान गराइसकिएको छ, वैज्ञानिक दृष्टिले पनि त्यो उपयुक्त देखिएको छ,' नाज्माले भनिन् ।

नेपालमै भने यो परम्परागत शैली भुल्न थालिएको प्रति उनी चिन्ता व्यक्त गर्छिन् । '९० को दशकसम्म यहाँ नवजात शिशुलाई नेवारी तरिकाले नै तेल मालिस गरिन्थ्यो । पछिल्लो समय नेपाली आमाहरूले यसलाई झन्झट मान्न थालेको पाएको छु,' भीमफेदीमा हुर्केर हाल स्विट्जरल्याण्डको जुरिकमा बस्दै आएकी नाज्माले भनिन् । सन् १९८३ मा जुरिकमा पहिलो छोरी जन्मेलगत्तै नेपालबाट आमा हरिदेवी श्रेष्ठलाई बोलाएर आफूले तेल–मालिसको परम्परागत शैली सिकेको उनी बताउँछिन् ।

नाज्माले हालै स्विस दूतावासको सहयोग र धुलिखेल अस्पतालको समन्वयमा चार महिना लामो चरणबद्ध तालिममा काभ्रे, धादिङ, सिन्धुपाल्चोक, ललितपुरका २० स्वास्थ्यकर्मी लाई सैद्धान्तिक र प्रयोगात्मक ज्ञान बाँडेकी छन् । उनले तेल–मालिसबारे वृत्तचित्र पनि प्रदर्शन गरेकी छिन् ।

प्रतिक्रिया

रोल्पाका अधिकांश छात्र छात्रा सि ग्रेडमा

रोल्पा-प्रवेशिका परीक्षा एसएलसीमा जिल्लाका अधिकाश छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ। जिशिकाका अनुसार नियमित तर्फ एक हजार ३६ छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएका छन।

राष्ट्रिय परीक्षा बोर्ड छिट्टै गठन गरिने

काठमाडौँ-शिक्षा सचिव विश्वप्रकाश पण्डितले शिक्षा ऐन– २०७३ प्रमाणीकरण भएपछि राष्ट्रिय परीक्षा बोर्ड गठन गरिने बताएका छन्। उमावि सङ्घ (हिसान)ले आज आयोजना गरेको शिक्षा ऐनसम्बन्धी अन्तर्क्रियामा सचिव पण्डितले ऐन कार्यान्वयन गराउने...

नाम छुटेको भन्दै भूकम्प पीडितले गाविसमा ताला लगाए

गोरखा- ताप्ले गाविसका स्थानीयले भूकम्प पीडितले घर बनाउन पाउने अनुदानमा आफ्नो नाम छुटेको भ्रन्दै गाविस कार्यालयमा शुक्रवार तालाबन्दी गरेका छन्। रातो कार्ड पाएका, विद्युतीय तथ्याङ्ककबाट गरिएको सर्वेक्षणमा नाम छुटेको भन्दै...

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

काठमाडौं-मासिक एक सय शुल्क लिएर अंग्रेजी माध्यममा नर्सरीदेखि स्नात्तोकोतरसम्म अध्ययन गराउँदै आएको समता शिक्षा निकेतन विद्यालयले यो वर्षको एसएलसीमा पनि उत्कृष्ट नतिजा ल्याएको छ।

विराटनगरका ३ डाक्टर पक्राउ

विराटनगर-नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका तीनजना चर्चित डाक्टरलाई शुक्रवार पक्राउ गरेको छ। वरिष्ठ फिजिशियन जावेद अख्तर अन्सारी, बालरोग विशेषज्ञ डा. सञ्जय दास र अर्थोपेडिक सर्जन डा. अबुल कलामलाई प्रहरीले...

सीआईबीद्वारा वीरगन्जका ९ चिकित्सक गिरफ्तार, सबैलाई काठमाडौं लगियो

वीरगन्ज– नेपाल प्रहरीको केन्द्रीय अन्सुन्धान ब्युरो(सीआईबी)को टोलीले वीरगन्जका ९ जना चिकित्सकलाई नियन्त्रणमा शुक्रबार बिहान गिरफ्तार गरेको छ।

नक्कली प्रमाणपत्र अभियोगमा चर्चित डा.जावेद पक्राउ

विराटनगर— नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका चर्चित फिजिशियन डाक्टर जावेद अख्तर अन्सारीलाई शुक्रवार पक्राउ गरेको छ। विराटनगरस्थित लाइफ गार्ड अस्पतालबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले उनलाई पक्राउ...

अवैध सुन तथा ९० थान हाते घडीसहित पक्राउ

काठमाडौं– सिन्धुपालचोक चौतारा– ३ बस्ने ३४ वर्षीय ताराबहादुर श्रेष्ठलाई प्रहरीले बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्किङ एरियाबाट ५० ग्राम सुन जस्तो देखीने पहेंलो धातुसहित पक्राउ गरेको छ।