Sunday 4 Bhadra, 2074 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

ठगको हतियार 'निषेधाज्ञा'

(0 votes)
काठमाडौं— डिभिजन सहकारी कार्यालयले महानगरीय प्रहरी परिसर, काठमाडौंलाई वीरबहादुर खत्रीलाई कारबाही गर्न बारम्बार पत्राचार गरिरहेको छ। प्रहरी खत्रीलाई खोजिरहेछौं त भन्छ तर भेटे पनि पक्राउ गरेर हिरासतमा राख्न सक्दैन। किनकि खत्री सधैँ आफ्नो साथमा गैरन्यायिक हुने आदेश (निषेधाज्ञा) बोकेर हिँडिरहेका छन्। त्यही आधारमा प्रहरी उनलाई भेटे पनि पक्रन सक्दैन।
nepali-patro-june
सिटी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक खत्री बचतकर्ताको लाखौं रकम पचाएर खुलेआम घुमिरहेका छन् । खत्रीले पुनरावेदन अदालतबाट आफूलाई पक्राउ गरे गैरन्यायिक हुने आदेश बोकेर बसेपछि प्रहरी अलमलमा परेको छ ।

काठमाडौं प्रहरी परिसरका अनुसार काठमाडौंकी माधुरी शाहले जग्गा कारोबारका नाममा दर्जनाैं मानिसबाट लिएको करोडौं रकम प्राप्त गर्न पीडितहरु दिनहुँ प्रहरी कार्यालय पुगिरहेका हुन्छन् । यस्तै, सरकारी जागिर लगाइदिने बहानामा सर्वसाधारणबाट रकम असुली गरेका देवेन्द्र बर्तौला पनि अदालतको आदेशका भरमा ढुक्क छन्। प्रफुल्ल पन्त, रोशन श्रेष्ठ, रुमी वानु, रन्जना पिया खत्री र बलराम उप्रेती यस्ता उदाहरण हुन् जसका विरुद्ध प्रहरीमा उजुरी त छ तर प्रहरीले पक्रन सक्दैन । किनकि उनीहरुले अदालतले दिएको निषेधाज्ञा आदेशलाई हतियार बनाइरहेका छन् ।

खत्रीजस्तै काठमाडौं प्रहरी परिसरले व्यावसायिक ठगहरुविरुद्धको कारबाही तीव्र रुपमा अगाडि बढाए पनि अदालतबाट प्राप्त गरेका निषेधाज्ञा, उत्प्रेषण र परमादेश आदेशको दुरुपयोग गर्दै कारबाहीबाट बच्दै आएका हुन् ।

परिसरका एसपी प्रद्युम्न कार्की अदालतमा पर्ने रिटले कारबाही केही समय अलमलमा पर्ने र पीडितले न्याय पाउने बाटो अवरुद्ध हुने बताए । उनले यसरी कानुनी प्रक्रियाबाटै व्यावसायिक ठगी समूहले धेरै दिन फाइदा लिन नसक्ने बताए । 'केही दिन उन्मुक्ति निश्चय होला, अदालतको फैसला पर्खनुको विकल्प रहँदैन, अलमल होला तर अपराधीले उन्मुक्ति पाउने सोच नराख्दा हुन्छ,' एसपी कार्कीले भने ।

व्यावसायिक र चिनजानका लागि काम चलाउन नगद दिएका विनोद लामा प्रहरी कार्यालयमा पैसा दिने बोलकबोल गरेकी दुर्गा लिम्बु बाहिर आउनासाथ प्रहरीसहित उनलाई पनि विपक्षी बनाएर काठमाडौं जिल्ला अदालतबाट उत्प्रेषणको आदेश लिएर बसेकी छन् ।

आफूले कारोबार गरेको नगद पाउन भन्दा पनि अहिले कैलालीका लामालाई अदालती प्रक्रियाको खर्च जुटाउने तनाव छ । सल्लाह गर्न परिसर आएका उनले भने, 'परिवारकै सदस्यको सिफारिसमा गाह्रो परेको भनेर रकम दिएको, यस्तो आपत प¥यो ।'

परिसरका अनुसार व्यावसायिक रुपमा चर्को ब्याज लिएर कर्जा दिने, सरकारी जागिर र काममा लागि भन्दै रकम असुल्ने, घरजग्गा कारोबारका नाममा ठगी गर्ने, सरसापटका नाममा नगद लिने र पैसा नभएको चेक दिने, सहकारीको निक्षेप अपचलन गर्ने समूहले नै अदालती प्रक्रियालाई बचाउको हतियार बनाएका छन् ।

परिसरका साउन १ देखि जेठ १८ सम्म तीज सय पचास थान निषेधाज्ञा, उत्प्रेषण र परमादेश परेका छन् । मुद्दाका प्रहरी अधिकारी र उजुरीकर्ता दुवैलाई विपक्षी बनाएर जिल्ला अदालत, पुनरावेदन र सर्वोच्चबाट आदेश लिने चलन नै भएको छ । आदेश लिएपछि पेसीको मिति सार्दै आदेशलाई पक्राउ पुर्जीविरुद्धको बलियो हतियार बनाउने समूहकै पत्रको संख्या मासिक ३२ भन्दा बढी हुने गरेको छ । परिसरका अनुसार मासिक ३२ वटा यस्ता ठग समूहले हालेका रिटको जवाफ काठमाडौं प्रहरीले दिँदै आएको छ ।

सर्वोच्च अदालतका सहायक प्रवक्ता विश्व पौडेल अदालतले सेवाग्राहीले ल्याउने रिट प्रक्रियाअनुसार दर्ता गर्ने बताए । उनले अदालतमा एकै प्रकारका रिट दोहरिन नदिन हरसम्भव प्रयास गरे पनि कतै त्यस्तो भए अनुसन्धान हुने बताए । उनका अनुसार नागरिकको न्यायिक अधिकार सुरक्षाका लागि बनेका ऐनमा टेकेर कसैले अपराधबाट उन्मुक्ति पाउन नसक्ने बताए ।

उजुरी नपर्दै रिट
ललितपुर, धलायचाका अमन महर्जनले ललितपुर जिल्ला अदालतबाट वैशाख २७ गते नै उजुरी हाल्न सक्ने सम्भावित तीन जनासहित प्रहरीलाई विपक्षी बनाएर उत्प्रेषणको आदेश लिए । ललितपुर प्रहरी परिसरले सरकारी वकिल कार्यालयको सहयोगमा अदालतलाई जेठ १२ गते पत्र लेख्दासम्म महर्जनविरुद्ध ललितपुर प्रहरीमा कसैले कुनै उजुरी गरेको छैन । आफूले कारोबार गरेका शम्भु श्रेष्ठ, फणिन्द्र श्रेष्ठ र भक्तबहादुर श्रेष्ठसहित प्रहरीलाई विपक्षी बनाएर महर्जनले रिट हालेका थिए ।

ललितपुर प्रहरीका डिएसपी ईश्वर कार्कीले केही उजुरी नपर्दै रिट आदेश आउने केही घटना भएको बताए । उनले आफू कुनै पनि समय प्रहरी हिरासतमा पुग्ने निश्चित रहेका व्यक्ति र समूहले यस्ता रिट हाल्ने गरेको बताए । 'केही घटनामा हामीलाई कुनै उजुरी नआउँदै समेत रिट आदेश आएका छन्, हामीले जवाफ लेखेका छौं,' डिएसपी कार्कीले भने ।

ठग, गुन्डा र व्यवसायी रिटमा
प्रहरीमा मिटर ब्याजका नाइके, आपराधिक समूहका नाइके र सदस्यदेखि नाम चलेका व्यवसायीसमेत यतिबेला रिटलाई बचाउको हतियारका रुपमा प्रयोग गर्न सिपालु भएका छन् । काठमाडौं उपत्यकाका तीनवटै परिसर, मातहतका वृत्त र अपराध महाशाखा समेतलाई विपक्षी बनाएर रिट दर्ता गर्ने गरेको पाइएको हो । सबैभन्दा बढी काठमाडौं प्रहरी र अपराध महाशाखालाई विपक्षी बनाएर रिट दर्ता हुने गरेका हुन्।

काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार धु्रव उप्रेती रिटको संख्या बढेको बताउँछन् । उनले एउटै व्यक्ति र प्रकृतिका मुद्दामा रिट दोहरिने सम्भावना कम भएको बताउँछन् ।' रिट कमै दोहरिएका छन्, कुनै दुरुपयोग भएजस्तो हामीलाई लाग्दैन,' उप्रेतीले भने।

बैंकिङ कारोबार, घरजग्गा कारोबार र होटल तथा रेस्टुरेन्ट व्यवसायीले समेत आफ्ना विपक्षीले कुनै पनि समय अदालतमा रिट हाल्ने सम्भावनाकै भरमा निषेधाज्ञा र उत्प्रेषणको आदेश लिएर मुद्दालाई अलमलाउने र गिरफ्तारीबाट बच्ने गरेका छन्।

पुनरावेदन अदालत पाटनका श्रेष्तेदारले रिट निवेदन लिएर आउने सेवाग्राहीलाई अदालतले फिर्ता पठाउन नमिल्ने बताउँछन् । उनले रिटको प्रकृति र संवेदनशीलतादेखि ऐन नियमअनुसार नै व्यक्तिका रिट दर्ता हुने र सोहीअनुसार प्रक्रिया अघि बढेको बताए।

प्रतिक्रिया

रोल्पाका अधिकांश छात्र छात्रा सि ग्रेडमा

रोल्पा-प्रवेशिका परीक्षा एसएलसीमा जिल्लाका अधिकाश छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ। जिशिकाका अनुसार नियमित तर्फ एक हजार ३६ छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएका छन।

राष्ट्रिय परीक्षा बोर्ड छिट्टै गठन गरिने

काठमाडौँ-शिक्षा सचिव विश्वप्रकाश पण्डितले शिक्षा ऐन– २०७३ प्रमाणीकरण भएपछि राष्ट्रिय परीक्षा बोर्ड गठन गरिने बताएका छन्। उमावि सङ्घ (हिसान)ले आज आयोजना गरेको शिक्षा ऐनसम्बन्धी अन्तर्क्रियामा सचिव पण्डितले ऐन कार्यान्वयन गराउने...

नाम छुटेको भन्दै भूकम्प पीडितले गाविसमा ताला लगाए

गोरखा- ताप्ले गाविसका स्थानीयले भूकम्प पीडितले घर बनाउन पाउने अनुदानमा आफ्नो नाम छुटेको भ्रन्दै गाविस कार्यालयमा शुक्रवार तालाबन्दी गरेका छन्। रातो कार्ड पाएका, विद्युतीय तथ्याङ्ककबाट गरिएको सर्वेक्षणमा नाम छुटेको भन्दै...

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

काठमाडौं-मासिक एक सय शुल्क लिएर अंग्रेजी माध्यममा नर्सरीदेखि स्नात्तोकोतरसम्म अध्ययन गराउँदै आएको समता शिक्षा निकेतन विद्यालयले यो वर्षको एसएलसीमा पनि उत्कृष्ट नतिजा ल्याएको छ।

विराटनगरका ३ डाक्टर पक्राउ

विराटनगर-नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका तीनजना चर्चित डाक्टरलाई शुक्रवार पक्राउ गरेको छ। वरिष्ठ फिजिशियन जावेद अख्तर अन्सारी, बालरोग विशेषज्ञ डा. सञ्जय दास र अर्थोपेडिक सर्जन डा. अबुल कलामलाई प्रहरीले...

सीआईबीद्वारा वीरगन्जका ९ चिकित्सक गिरफ्तार, सबैलाई काठमाडौं लगियो

वीरगन्ज– नेपाल प्रहरीको केन्द्रीय अन्सुन्धान ब्युरो(सीआईबी)को टोलीले वीरगन्जका ९ जना चिकित्सकलाई नियन्त्रणमा शुक्रबार बिहान गिरफ्तार गरेको छ।

नक्कली प्रमाणपत्र अभियोगमा चर्चित डा.जावेद पक्राउ

विराटनगर— नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका चर्चित फिजिशियन डाक्टर जावेद अख्तर अन्सारीलाई शुक्रवार पक्राउ गरेको छ। विराटनगरस्थित लाइफ गार्ड अस्पतालबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले उनलाई पक्राउ...

अवैध सुन तथा ९० थान हाते घडीसहित पक्राउ

काठमाडौं– सिन्धुपालचोक चौतारा– ३ बस्ने ३४ वर्षीय ताराबहादुर श्रेष्ठलाई प्रहरीले बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्किङ एरियाबाट ५० ग्राम सुन जस्तो देखीने पहेंलो धातुसहित पक्राउ गरेको छ।