9 Mangshir, 2074 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

सवारी चालकले कुन कुन नियम बढी मिच्छन्?

(0 votes)

काठमाडौं— ट्राफिक प्रहरीले उपत्यकाका सडकमा बुधबार लेन अनुशासन मिचेर सवारी चलाउने २ सय ६५ जना र मादक पदार्थ सेवन गरेर सवारी चलाउने ६१ जनालाई कारबाही गर्यो। ट्राफिक कारबाहीमा पर्नेमध्ये अधिकांश चालक एकभन्दा बढीपटक एउटै कसुरमा कारबाहीमा परेका थिए।

nepali-patro-june
लेन अनुशासन र मापसे मात्र होइन, उपत्यकाका सडकमा गुड्ने अधिकांश सवारीका चालकले पटक–पटक नियम मिच्न थालेपछि ट्राफिकले प्रमुख १० कसुरलाई विशेष निगरानीमा राख्न थालेको छ।

महाशाखाले पटके कारबाहीमा परेका चालकको अभिलेख केलाउने क्रममा धेरै नियम मिच्ने १० प्रमुख कसुर फेला पारेको हो । महाशाखाका अनुसार पछिल्लो समय सबैभन्दा धेरै चालक लेन मिच्ने कसुरमा कारबाहीमा पर्ने गरेका छन् । लेन अनुशासनपछि मापसे गरी सवारी चलाउने, निषेधित स्थानमा सवारी रोक्ने, जथाभावी यात्रु चढाउने, जेब्रा क्रसिङमा रोक्ने, यात्रु चढाउने बहानामा अस्वस्थ प्रतिस्पर्धा गर्दै जिकज्याक गरी चलाउने, मोबाइल फोनमा कुरा गर्दै चलाउने, गलत ढंगले मोड्ने, तीव्र रफ्तार र ट्राफिक संकेत नटेर्ने कसुरमा धेरै चालक पटक–पटक कारबाहीमा पर्ने गरेका छन् ।

महाशाखाको तथ्यांकअनुसार पटके कारबाहीमा एउटै चालक ३० पटकसम्म परेको भेटिएको छ । महाशाखा प्रमुख डिआइजी प्रकाश अर्यालका अनुसार विगतमा जरिवानाको दर निकै कम हुँदा पटके कारबाहीमा पर्ने चालकको संख्या बढी भएको हो । 'तर जेठ १ यता नयाँ जरिवाना लागू भएपछि पटके कारबाहीमा पर्ने चालकको संख्या घटिरहेको छ,' उनले भने, 'क्रमशः चालकमा जरिवानाको डरले विगतमा जस्तो धेरै कसुरमा कारबाहीमा पर्ने क्रम पनि घट्दै गइरहेको छ ।'

डिआइजी अर्यालका अनुसार उपत्यकाका सडकमा ६ लाख सवारी आवतजावत गर्छन् । सवारी संख्याका आधारमा हेर्दा एक वर्षमा कारबाहीमा पर्नेको संख्या ६ लाखभन्दा बढी हुन्छ । तीमध्ये अधिकांश पटके कारबाहीमा परेका छन् ।

महाशाखाको तथ्यांकअनुसार धेरै चालकले मिच्ने प्रमुख १० कसुरसहित उपत्यकाका सडकमा लाइसेन्स तथा आवश्यक कागजपत्र नबोकी सवारी चलाउने, छतमा यात्रु बोक्ने, एकतर्फी सडकमा चलाउने, अवस्था ठिक नभएको सवारी चलाउने, हेलमेट नलगाइ चलाउने, निर्धारित दरभन्दा बढी भाडा लिने, सडकमा अरु सवारीलाई खतरा हुने किसिमले सवारी साधन राख्नेजस्ता कसुरमा समेत कारबाहीमा पर्ने गरेका छन् ।

उपत्यकाका सडकमा नियम मिच्ने चालकको संख्यासँगै दुर्घटनाको दर बढेपछि महाशाखाले गत वर्ष एक अध्ययनसमेत गरेको थियो । अध्ययनक्रममा अधिकांश सार्वजनिक सवारीले जिकज्याक चलाउँदा, यात्रु लिन तीव्र गतिमा ओभरटेक गर्दा, लेन अनुशासन मिच्दा, गलत ओभरटेक र गलत ढंगले मोड्दा, अरू सवारी साधनलाई बाटो नदिँदा र पेलेर चलाउन खोज्दा दुर्घटना हुने गरेको पाइएको थियो ।

उक्त अनुसन्धानले चोक तथा अन्य सडकमा सवारीको दुर्घटना र मनपरी बढ्नुमा निÈेध गरिएका स्थानमा सवारी रोक्ने, जथाभावी यात्रु चढाउन र ओराल्न अस्वस्थ प्रतिस्पर्धा गर्ने, Ôमताभन्दा बढी यात्रु कोच्ने, चालकले गाडी कुदाउँदा–कुदाउँदै मोबाइल फोन प्रयोग गर्ने, सहचालकले जीउ बाहिर निकाल्ने, ट्राफिक संकेत नटेर्ने, जथाभावी हर्न बजाउने, ट्राफिकसँगै अनावश्यक विवाद गर्ने, यात्रुस"ग मुखामुख लाग्ने, भाडामा विवाद भए झोक्किएर गाडी कुदाउने गरेको पनि फेला परेको थियो ।

सोही आधारमा महाशाखाले दुर्घटना न्यूनीकरण गर्न र चालकलाई अनुशासनमा राख्न मापसे र लेन अनुशासनलाई थप कडाइका साथ लागू गरेको थियो । त्यसपछि नियममा बस्ने चालकको संख्यामा केही सुधार आएको थियो । तर, उल्लेख्य सुधार आउन नसकेपछि ट्राफिक प्रहरीले जरिवानाको दर बढाउन माग राख्दै आएको थियो । ट्राफिक प्रहरीसँगै अन्य सरोकारवालाको सुझावको आधारमा सरकारले नियम मिच्ने चालकबाट लिने जरिवानाको दरसमेत बढाएको छ । जरिवानाको दर बढाएपछि उपत्यकाका सडकमा नियम मिच्नेको संख्यामा तीनगुणाले कमी आइसकेको छ ।

प्रतिक्रिया

रोल्पाका अधिकांश छात्र छात्रा सि ग्रेडमा

रोल्पा-प्रवेशिका परीक्षा एसएलसीमा जिल्लाका अधिकाश छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ। जिशिकाका अनुसार नियमित तर्फ एक हजार ३६ छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएका छन।

राष्ट्रिय परीक्षा बोर्ड छिट्टै गठन गरिने

काठमाडौँ-शिक्षा सचिव विश्वप्रकाश पण्डितले शिक्षा ऐन– २०७३ प्रमाणीकरण भएपछि राष्ट्रिय परीक्षा बोर्ड गठन गरिने बताएका छन्। उमावि सङ्घ (हिसान)ले आज आयोजना गरेको शिक्षा ऐनसम्बन्धी अन्तर्क्रियामा सचिव पण्डितले ऐन कार्यान्वयन गराउने...

नाम छुटेको भन्दै भूकम्प पीडितले गाविसमा ताला लगाए

गोरखा- ताप्ले गाविसका स्थानीयले भूकम्प पीडितले घर बनाउन पाउने अनुदानमा आफ्नो नाम छुटेको भ्रन्दै गाविस कार्यालयमा शुक्रवार तालाबन्दी गरेका छन्। रातो कार्ड पाएका, विद्युतीय तथ्याङ्ककबाट गरिएको सर्वेक्षणमा नाम छुटेको भन्दै...

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

काठमाडौं-मासिक एक सय शुल्क लिएर अंग्रेजी माध्यममा नर्सरीदेखि स्नात्तोकोतरसम्म अध्ययन गराउँदै आएको समता शिक्षा निकेतन विद्यालयले यो वर्षको एसएलसीमा पनि उत्कृष्ट नतिजा ल्याएको छ।

विराटनगरका ३ डाक्टर पक्राउ

विराटनगर-नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका तीनजना चर्चित डाक्टरलाई शुक्रवार पक्राउ गरेको छ। वरिष्ठ फिजिशियन जावेद अख्तर अन्सारी, बालरोग विशेषज्ञ डा. सञ्जय दास र अर्थोपेडिक सर्जन डा. अबुल कलामलाई प्रहरीले...

सीआईबीद्वारा वीरगन्जका ९ चिकित्सक गिरफ्तार, सबैलाई काठमाडौं लगियो

वीरगन्ज– नेपाल प्रहरीको केन्द्रीय अन्सुन्धान ब्युरो(सीआईबी)को टोलीले वीरगन्जका ९ जना चिकित्सकलाई नियन्त्रणमा शुक्रबार बिहान गिरफ्तार गरेको छ।

नक्कली प्रमाणपत्र अभियोगमा चर्चित डा.जावेद पक्राउ

विराटनगर— नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका चर्चित फिजिशियन डाक्टर जावेद अख्तर अन्सारीलाई शुक्रवार पक्राउ गरेको छ। विराटनगरस्थित लाइफ गार्ड अस्पतालबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले उनलाई पक्राउ...

अवैध सुन तथा ९० थान हाते घडीसहित पक्राउ

काठमाडौं– सिन्धुपालचोक चौतारा– ३ बस्ने ३४ वर्षीय ताराबहादुर श्रेष्ठलाई प्रहरीले बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्किङ एरियाबाट ५० ग्राम सुन जस्तो देखीने पहेंलो धातुसहित पक्राउ गरेको छ।